January 2019 – विदेश प्रसारण प्रभाग अल इन्डिया रेडियो

आईएनएफ सन्धिलाई लिएर रसिया र अमेरिका बीच विवाद


अक्टोबर २०१८-मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्गटन ‘इन्टरमिडिएट रेञ्ज न्यूक्लियर फोर्सेस ट्रिटी’ वा आईएनएफ सन्धिबाट बाहिरिँदै छ भनी उद्घोषणा गर्नुभएको थियो। धरातलबाट प्रहार गर्नसक्ने मध्य-दूरीका प्रक्षेपास्त्रहरूमाथि प्रतिबन्ध लगाउन सन् १९८७-मा अमेरिकाका पूर्व राष्ट्रपति रोनाल्ड रिएगन तथा सोभियत संघका तत्कालीन महासचिव मिखेल गोर्बाशेभले यो सन्धिमा हस्ताक्षर गर्नुभएको थियो। सन्धिअन्तर्गत…

युनिभर्सल बेसिक इन्कम: भारतमा एक परीक्षण


भारत आगामी वर्षहरूमा आफ्ना केही वा सम्पूर्ण नागरिकहरूका निम्ति युनिभर्सल बेसिक इन्कम (यूबीआई) वा यसका अन्य रूपहरू लागू गर्ने दिशामा आर्थिक परीक्षणहरूको एक प्रयोगशाला बन्न गइरहेको छ। युनिभर्सल बेसिक इन्कम (यूबीआई) एक कल्याणकारी योजना हो जसमा राज्यले सबै नागरिकहरूलाई जीवनको एक न्यूनतम स्तर कायम गर्न सकोस् भनी सब्सिडी भुक्तान गर्दछ।…

‘बीबीआईएन’ उप-क्षेत्रीय सहयोगको क्षमता


आर्थिक एकीकरण धेरै जस्ता मुलुकहरूका लागि प्राथमिकता बनिरहेकै बेला क्षेत्रीय सहयोगलाई एक यस्तो वाहकको रूपमा हेरिँदैछ जोसित क्षेत्रका मुलुकहरूलाई एउटै साझा मञ्चमा ल्याइ रूपान्तरित गर्ने क्षमता रहेको छ। सम्पर्कतालाई भू-राजनीतिको चस्माद्वारा हेर्ने गरेको हुनाले क्षेत्र भित्रै आवश्यक सम्पर्कता कसरी विफल भएको छ भन्ने कुरा दक्षिण एसियाले देखेको छ। उप-क्षेत्रीय सहयोगलाई…

भेनेजुएलामा संकट गहिरियो


भेनेजुएला पछिल्ला केहि समयदेखि राजनीतिक संकट, हिंसा, महंगाइ र खाद्यान्न तथा औषधीको संकटसित जुझिरहेको छ। विगत केही वर्षमा  लगभग ३० लाख मानिसहरू मुलुक छाडेर गएका छन् जसमा १२ भेनेजुएलावासीमध्ये एक रहेका छन्। तीमध्ये कोलम्बियाले एक लाख मानिसहरूलाई शरण दिएको छ। पेरु, इक्वाडोर, चिली सबैले भेनेजुएलाका शरणार्थीहरूलाई बस्ने अनुमति दिएको छ।…

भारतले दक्षिण अफ्रिकासित आफ्ना सम्बन्ध मजबुत पार्दैछ


प्रधान मन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दक्षिण अफ्रिकाका राष्ट्रपति सीरिल रामाफोसा भारतको राजकीय यात्रामा आउनुभएको थियो। उहाँ गणतन्त्र दिवस समारोह २०१९-मा प्रमुख अतिथि पनि रहनुभयो। राष्ट्रपति रामाफोसाका साथ दक्षिण अफ्रिकाकी प्रथम महिला डक्टर त्सेपो मोत्सेपे र नौ मन्त्रीहरू, उहाँको सरकारका वरिष्ठ अधिकारीहरू र कारोबारीहरूको ५० सदस्यीय शिष्टमण्डल पनि भारत आएको थियो।…

भारतीय गणतन्त्रको गौरवमय यात्रा


भारतले ७०-औँ गणतन्त्र दिवसको पालना गरिरहेको छ र यस अवसरमा गणतन्त्रका प्रयत्न, समस्याहरू तथा हर्ष सम्बन्धमा आत्म-निरीक्षण गर्नु अनुकूल हुनेछ। महात्मा गान्धीको अदभूत नेतृत्वमा लामो समयको स्वतन्त्रता सङ्ग्रामपछि जब देशको जन्म भयो, त्यो समय महाद्वीपीय अनुपात भएको भारतले असंख्य समस्याहरूको सामना गर्नुपरेको थियो। १९५०-मा गणतन्त्रको उद्घोषणाद्वारा सम्पूर्ण एसिया अनि अफ्रिकामा…

भारतको सफल अन्तरिक्ष अभियान जारी छ


भारतको अन्तरिक्ष अभियान सफल प्रक्षेपणहरूकासाथ जारी छ। यसमा पछिल्लो प्रक्षेपण माइक्रोस्याट आर र कलामस्याट उपग्रहको प्रक्षेपण हो। इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन छोटकरीमा इसरो-को पोलर स्याटालाइट लाउन्च ह्विकल (पिएसएलभि) सि४४ बिहीवार अबेर राति भारतको सैन्य उपग्रह माइक्रोस्याट आर र विद्यार्थीहरूद्वारा निर्मित कलामस्याट उपग्रह बोकेर आन्ध्र प्रदेशमा सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण…

भारतको विकास गाथा जारी रहनेछ


“विश्व अर्थव्यवस्था परिदृश्य” शीर्षकमा अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात आइ.एम.एफ.को पछिल्लो प्रतिवेदनअनुसार भारतको वर्ष २०१८-१९-का लागि वास्तविक सकल घरायसी उत्पादन अर्थात् जिडिपि ७.३ प्रतिशतमा कायम छ जबकि वर्ष २०१९-२०-मा विकास तुलनात्मक रूपले उच्च छ। आइ.एम.एफ.-को प्रतिवेदनअनुसार भारतको आर्थिक विकास दर चीनको भन्दा धेरै हुने बताइएको छ।  आइ.एम.एफ. प्रतिवेदनअनुसार दुवै वर्षमा चीनको…

१५औँ प्रवासी भारतीय दिवस


१५औँ प्रवासी भारतीय दिवस अत्यन्तै हर्षोल्लासका साथ वाराणसीमा आयोजित गरियो। मरिशसका प्रधान मन्त्री प्रविन्द जगनाथ यस वर्ष प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो र उहाँले बीज भाषणपनि दिनुभयो। प्रधान मन्त्री नरेन्द्र मोदीले आफ्नो उद्घाटन भाषणमा यो अवसरले विश्वका सबै भारतीयहरूमाझ वार्तालापमा संलग्न हुने अवसर प्रदान गर्दछ भन्नुभयो। उहाँले भारतवंशीहरूलाई भारतका…

भारत र उसको डायसपोराबीच बढदो सम्पर्क


भारत आफ्नो डायसपोरा अर्थात्  विदेशमा बस्ने भारतीय मूलका मानिसहरूका योगदान र उपलब्धिहरूले धेरै आनन्दित छ जो विश्वमा सर्वाधिक ठूलो संख्यामा छ र समग्र विश्वमा फैलिएको छ। डायसपोरा शब्द ग्रीकको फैलिएको अर्थात् छरपुस्ट शब्दबाट आएको हो जो मूल रूपमा स्थानीयकृत एउटा छरपुस्ट  जनसंख्यासित सम्बन्धित छ। विभिन्न कारणहरूले विश्वभरि बेग्ला-बेग्लै स्थानहरूमा बस्दै…