भारत र उसको डायसपोराबीच बढदो सम्पर्क

भारत आफ्नो डायसपोरा अर्थात्  विदेशमा बस्ने भारतीय मूलका मानिसहरूका योगदान र उपलब्धिहरूले धेरै आनन्दित छ जो विश्वमा सर्वाधिक ठूलो संख्यामा छ र समग्र विश्वमा फैलिएको छ। डायसपोरा शब्द ग्रीकको फैलिएको अर्थात् छरपुस्ट शब्दबाट आएको हो जो मूल रूपमा स्थानीयकृत एउटा छरपुस्ट  जनसंख्यासित सम्बन्धित छ। विभिन्न कारणहरूले विश्वभरि बेग्ला-बेग्लै स्थानहरूमा बस्दै आएको एक समान विरासत वा जन्मभूमि भएका प्रवासीहरूको एउटा ठूलो समूहलाई डायसपोरा भनिन्छ।

भारतीय मूलका मानिसहरूले वा प्रवासी भारतीयहरूले एउटा छुट्टै पहिचान बनाएका छन्।  चाहे राजनीतिमा होस् वा त प्रौद्योगिकी, वित्त एवम् सार्वजनिक सेवाका क्षेत्रमा होस् भारतीय डायसपोराले हरेक क्षेत्रमा नेतृत्वको भूमिका निर्वाह गरिरहेको छ।

अमेरिकामा २०२० हुने राष्ट्रपति चुनाउमा एकजना भारतीय अमेरिकीले राष्ट्रपति डोनल्ड ट्रम्पलाई चुनौती दिने योजना बनाइरहेकी छन्। ५४ वर्षिया सीनेटर कमला हैरिस अमेरिकामा भारतीय मूलकी प्रथम सीनेटर हुनुहुन्छ। अमेरिकाका दुइ शीर्ष बहुराष्ट्रिय प्राविधिक कम्पनीमा महत्त्वपूर्ण पदमा रहेका सुन्दर पिचाई र सत्य नडेलाले एउटा नयाँ लहरको नेतृत्व गरिरहेका छन्।

भारत जस्ता प्राचीन राष्ट्रका लागि आफ्नो डायसपोराप्रति कृतज्ञ हुने कैयौँ कारण छन्। तत्कालीन वर्णभेद मुलुक दक्षिण अफ्रिकाबाट फिर्ता भएको भारतीय मूलका एकजना व्यक्तिले विगत शताब्दीमा भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व गरेका थिए। यो स्वाभाविक  थियो किनकि महात्मा गान्धी राष्ट्रपिता बन्नुभयो।

लगभग दुइ शताब्दी पहिले मरिशस जस्ता केही मुलुकहरूमा भारतीयहरू श्रमिकको रूपमा काम गर्न गएका थिए र वर्तमानमा एक लोकतान्त्रिक व्यवस्थामा शासक पनि बनेका छन्।  पश्चिम एसियामा आफ्नो कडा मेहनत र दृढताले भारतीय डायसपोराले वास्तवमा कैयौँ मुलुकहरूमा आधुनिकीकरणको घडेरी निर्माण गरेको छ।

चीन पछि विश्वमा भारतीय डायसपोराको जनसंख्या दोस्रो स्थानमा छ। भारतका ३ करोड १० लाख प्रवासीहरू विश्वका १३६ मुलुकहरूमा फैलिएका छन् र ठूलो संख्यामा थुप्रै कारणहरूले पलायन भएका मानिसहरूका विभिन्न समूह छन्। यसैले विगत दुइ दशकदेखि भारतले आफ्ना प्रवासीहरूका साथ सम्पर्क बनाइराख्नका लागि सम्मेलनहरूको आयोजना गरिरहेको छ।

यसपटक प्रवासी भारतीय दिवस- भारतीय डायसपोरा सम्मेलन पवित्र शहर वाराणसीमा २१ देखि २३ जनवरीसम्म आयोजना हुनेछ र ७ हजार पञ्जीकरणको कारण हालसम्मकै सबैभन्दा ठूलो आयोजना हुने सम्भावना छ।

प्रमुख अतिथिको रूपमा भारत आउनुभएको मरिशसका प्रधान मन्त्री प्रविन्द जुगनाथ र प्रधान मन्त्री नरेन्द्र मोदीले सम्मेलनको उद्घघाटन गर्नुहुनेछ । वैश्वीकरणको गतिका साथ डायसपोरा आर्थिक, राजनीतिक र सामरिक उद्देश्य भएको विदेश नीतिको एक महत्त्वपूर्ण हिस्सा बनेको छ।

विशेषज्ञहरूको विचारमा लामो समयदेखि भारतीय डायसपोरा  भारतको सांस्कृतिक कुटनीतिमा अस्वीकृत र उपेक्षित रहिआएको थियो तर हालका वर्षहरूमा  स्थानीय समुदाय र सरकारमा उनीहरूको पर्याप्त योगदान र विशेषतालाई मान्यता दिइएको छ।

भारत सरकारले भारतीय डायसपोराका साथ सम्पर्क स्थापित गर्नका लागि कैयौँ उपाय गरिरहेको छ साथै भारतको विकास गाथामा र आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा साझेदारी बनाएको छ। विश्व एक वैश्विक गाउँ बनिरहेको छ र प्रवासी भारतीयहरूको संख्या बढदै गइरहेकोले विशेषज्ञहरूले के सुझाउ दिएका छन् भने वैश्विक श्रम बजारमा पूर्ण सम्भावनाको लाभ  उठाउन र प्रवासी मजदूरहरूका अधिकारहरू सुनिश्चित गर्न र शिकायतहरूको समाधानका लागि एउटा डेटाबेस तयार गर्नुपर्नेछ।

विश्व बैंकको आँकडाअनुसार विदेशमा काम गर्ने भारतीय डायसपोराबाट २०१८-मा फेरि अधिकतम रेमिट्यान्स प्राप्त भयो। डिसेम्बर २०१८-को अन्त्य सम्ममा भारतीयहरूले ८० अर्ब अमेरिकी डलरको एउटा विशाल राशि आफ्नो घर पठाउने सम्भावना छ। चीन, मेक्सिको, फिलीपीन्स र इजिप्टलाई उछिनेर भारत विश्वमा धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुक बन्नेछ।

यो भारत र भारतीय मूलका मानिसहरूका लागि एउटा सुखद स्थिति हो।  भारतीय डायसपोराले नियमित रूपले रेमिट्यान्स पठाएको छ, लगानी गरेको छ, महत्त्वपूर्ण मामिलाहरूमा भारतको पैरवी गरेको छ, भारतीय संस्कृतिलाई बढुवा दिएको छ र  आफ्नो बुद्धिमता, कडा मेहनत र उद्यमशीलताका गुणहरूको माध्यमले भारत र भारतीयहरूको  एक सकारात्मक छवि बनाएको छ। यसबाट भारतको ब्रान्ड मूल्यमा बढोत्तरी भएको छ।

भारतले भारतीय मूलका मानिसहरूको समस्या समाधान गर्न वा  उनीहरूसित हुने भेदभाव समाप्त गर्न र युद्ध वा द्वन्द्वले जर्जरित क्षेत्रमा फसेका मानिसहरूलाई बचाउन आपतकालीन अभियानहरू चलाएर आफ्नो तर्फबाट सक्रियताका साथ कार्य गरेको छ।

आलेखसुनील गताडे, राजनीतिक टिप्पणीकार

अनुवाद एवम् वाचन : रञ्जना खवास