भारत-मोरक्को सम्बन्धलाई हैंसे

उत्तर अफ्रिकासित सम्बन्धता बढाउने भारतका प्रयासहरूको हिस्साको तवरमा परराष्ट्र मामिला सम्बन्धी मन्त्री सुषमा स्वराज आफ्नो सबैभन्दा पहिलो मोरक्को यात्रामा जानुभएको थियो। उक्त अधिराज्यसित भारतको सम्बन्धतालाई अघि बढाउनु तथा जोसिलो पार्नु अनि क्षेत्रको परिवर्तनशील भू-राजनीतिक परिदृश्यमा नयाँ दिल्लीको सामरिक साझेदारीलाई सुदृढ तुल्याउनुनै उहाँको यस यात्राको उद्देश्य थियो। अफ्रिकी मुलुकहरूले सामुना गरीराखेका विभिन्न खतरा र चुनौतीहरूको मुकाबिला गर्ने दिशामा अफ्रिकी मुलुकहरूबीच नौलो संयुक्त क्रियाकलाप कायम गर्नमा मोरक्कोले एउटा प्रमुख भूमिका खेली राखेको छ।

मोरक्को अधिराज्य अतलान्तिक महासागर र भूमध्य सागरको सामरिकरूपले  महत्त्वपूर्ण मिलनस्थलमा अवस्थित रहेको छ जसले गर्दा सो मुलुक क्षेत्रमा एउटा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने स्थितिमा रहेको छ। यसलाई वृद्धि उन्मुख राष्ट्रहरू मध्ये अफ्रिकी सिंहको रूपमा समेत वर्णन गरिन्छ।

मोरक्कोले क्षेत्रमा कट्टरता र उग्रवादीकरणसित जुझ्न महत्त्वपूर्ण कदमहरू चाली राखेको छ। अफ्रिकी मुलुकहरूको विचारमा यस अधिराज्यले ‘मघरेब क्षेत्र’-मा एउटा महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेछ। आतङ्कवाद र उग्रवादको मुकाबिला गर्नमा यस अधिराज्यको भूमिकाको स्वयं प्रधान मन्त्री नरेन्द्र मोदीले समेत स्वीकार गर्नुभएको छ। प्रधान मन्त्री मोदीले अगष्ट २०१५-मा संयुक्त अरब अमिरातको भ्रमण गर्नुभएको बेलामा भारत-संयुक्त अरब अमिरात-मोरक्को-को त्रिपक्षीयतालाई भारत सरकारको ‘पश्चिमोन्मुख कार्य नीति-को’ आधार बताउनु भएको थियो। क्षेत्रमा आतङ्कवादको मुकाबिला गर्ने क्रममा सुरक्षा सहयोगको सम्बन्धमा उहाँले भन्नुभएको थियो, “मोरक्को त्यो मुलोक हो जसले मध्यपूर्व र उत्तर अफ्रिकामा व्याप्त उग्रवादी प्रवाहलाई शीध्र बुझ्न सकेको थियो। परिणास्वरूप, मोरक्कोले आज आतङ्कवादसित समग्ररूपले जुझ्ने क्रममा एउटा बहुआयामी रणनीतिलाई हैंसे प्रदान गरी राखेको छ।” भारतका प्रधान मन्त्रीले भन्नुभएको थियो, ‘मरोक्कोले अफ्रिकाका साहारा र साहेल क्षेत्रका असंख्य  देशहरूसित आर्थिक सहयोग बढाएको छ।’ भारत र मोरक्को बीच १४-औं शताब्दि देखिनै सम्बन्धहरू कायम रहिआएका छन्।

मोरक्को कै प्रयासहरूको परिणामस्वरूप आतङ्कवादको मुकाबिला गर्ने राष्ट्रसंघीय गतिविधिहरूमा असल समन्वय कायम गर्न राष्ट्रसंघमा ‘आतङ्कवाद विरोधी मित्रहरूको समूह’-को स्थापना भएको छ जसको भारत पनि एउटा सदस्य हो। यस मुलुकले आधुनिक इस्लामको प्रचार गर्ने गरेको छ र यसलाई धर्मान्धवादीहरूद्वारा प्रचार गरिराखिएको अतिवादी किसिमको ईस्लामको प्रतिव्यवस्थाको रूपमा हेर्न सकिन्छ।

मोरक्को-का नरेश मोहम्मद-छैठौं र प्रधान मन्त्री मोदी बीच मोरक्को अधिराज्य र भारतीय गणतन्त्र बीच विद्यमान सामरिक साझेदारीको स्तरलाई उकास्ने सहमति समेत भएको थियो। नौलो महत्त्वाकांक्षा पूरा गर्ने क्रममा संयुक्त परियोजना र अग्रसरताहरू बारे विचार-विमर्श गर्न दुई मुलुकका विदेश मन्त्रीहरूको समन्वयनमा एउटा कार्य समिति गठन गर्न पनि दुवै मुलुकहरू सहमत भएका छन्।

भारत-मोरक्को सामरिक साझेदारीलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यका साथ परराष्ट्र मन्त्रीले उहाँका समकक्षी परराष्ट्र मामिला एवम् अन्तर्राष्ट्रिय सहयोग मन्त्री नासेर बौरितासित बैठक गर्नुभयो। उहाँले नरेश मोहम्मद-छैठौं र सरकार प्रमुख श्री साद डाइन एल ओटमानीसित पनि भेटघाट गर्नुभयो। उग्रवाद र आतङ्कवादको मुकाबिला गर्ने क्रममा सहयोगमा वृद्धिनै विचार विमर्षहरूको मुख्य विषय रहेको थियो।

आतङ्कवादको मुकाबिला, आवास तथा मानव बस्ती, युवा मामिलाहरू र व्यवसायीक भिसा प्रदान गर्ने पद्धतिहरूमा पारस्परिक सुविधा सरहका क्षेत्रहरूमा सहयोगको लागि चार सहमति पत्रहरूमा पनि हस्ताक्षर गरियो। परराष्ट्र मामिला मन्त्रीले दुइ मुलुकहरूबीच सशक्त सांस्कृतिक सम्पर्क निर्माण गर्नको लागि रबातमा भारतीय समुदायसित अन्तरक्रिया पनि गर्नुभयो। श्रीमती स्वराजले आतङ्कवादको प्रतिकार गर्नमा उक्त अधिराज्यका प्रयासहरू र यस प्रकार यस क्षेत्रमा भारतको सम्बन्धता बढेको तथ्यलाई पनि स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, “आतङ्कवाद विरोधी प्रयासहरूमा मोरक्को एउटा नेता हो र कट्टरपनासित जुझ्नमा यो अग्रगामी रहिआएको छ।”

दुवै मुलुकहरू सीमापार आतङ्कवाद, आतङ्की समूहद्वारा सामाजिक सञ्जालहरू सहित इन्टरनेटको दुरूपयोग, आतङ्कारीहरूको वित्त पोषण, आतङ्की समूहका सदस्यहरूको भर्ना लगायत, आतङ्कवादरूपि व्याधिको मुकाबिला गर्ने क्रममा एउटा व्यापक दृष्टिकोण विकसित गर्ने उद्देश्यका साथ आतङ्कवादको प्रतिकारमाथि एउटा संयुक्त कार्यदल गठन गर्न सहमत भएका छन्।

आर्थिक क्षेत्रहरूमा सम्बन्धताको लागि पनि मोरक्कोले प्रचुर अवसरहरू प्रदान गर्दछ। मोरक्कोको फस्फेट र यसबाट उत्पादित हुने सरसामानको भारत एउटा प्रमुख बजार हो। मोरक्कोबाट निर्यात गरिने अन्य प्रमुख सामग्रीहरूमा खनिज धातु र धातुका कबाड,  अर्धनिर्मित उत्पादनहरू र अजैविक रसायनहरू सामेल रहेका छन्। कपासको धागो, कृत्रिम रेशा, परिवहन उपकरण, औषधी उत्पानहरू, कृषि औजारहरू, रसायनहरू, मसाला, धातुका उत्पादनहरू आदी मोरक्कोलाई भारतबाट गरिने प्रमुख निर्यात सामग्रीहरू हुन्।

यस प्रकार भारतीय परराष्ट्र मामिला मन्त्रीको मोरक्को यात्रालाई दुइ मुलुकहरूबीच सहयोगको एउटा नौलो युगको थालनीको रूपमा हेर्न सकिन्छ। साथै यो उत्तर अफ्रिका क्षेत्रसित सम्पर्क कायम गर्ने र मजबुत सम्बन्धताको निर्माण गर्ने भारतको इमानदारीपूर्ण प्रयास पनि हो।

आलेखः ड. मीना सिंह रॉय, उत्तर अफ्रिका सम्बन्धी सामरिक विश्लेषक

अनुवादक एवम् वाचकः एम एन उपाध्याय