अर्जेन्टिनाका राष्ट्रपतिको भारत भ्रमण

अर्जेन्टिना फुटबल र टैन्गोको पर्याय हो। यस दक्षिण अमेरिकी मुलुकमा फुटबल इश्वर हो र यसले आनन्द दिनुका साथै अभिभूत पनि तुल्याउँछ। माराडोना, मेस्सी र बतिस्तुताका मूर्तिहरूले ब्यूनस आयर्स र अन्य शहरहरूको शोभा बढाएको छ। फुटबल खेलले यसका प्रेमीहरूमाझ समर्पणको भावना जगाउँछ। अर्जेन्टिना एक टैन्गो राष्ट्र पनि हो। अर्जेन्टिनाले ‘टैन्गो राष्ट्रिय दिवस’ पनि मनाउँछ। यहाँ टैन्गो स्मारक छ र टैन्गोलाई यूनेस्को-को ‘सांस्कृतिक विश्व धरोहर’-को रूपमा घोषित गरिएको छ। एक प्रमुख ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिनाको आवाज क्षेत्रिय मामिलामा महत्त्वपूर्ण छ र उसको विदेश नीतिले उसलाई वैश्विक मामिलामा प्रतिष्ठा र सम्मान दिएको छ।

राष्ट्रपति मौरिसियो मैक्रीको शासनमा अर्जेन्टिनाले थुप्रै मुलुकहरूका साथ आफ्नो व्यापार सम्बन्ध बढाउनका लागि  कार्य गरिरहेको छ। अर्जेन्टिना बहुपक्षीय कुटनीतिका मार्गहरूमा अगाडि बढिरहेको छ। केही महिना पहिले अर्जेन्टिनाले सफलताका साथ जी-२० शिखर बैठकको आयोजना गऱ्यो। विश्वमा आर्थिक र राजनीतिक शक्ति  पश्चिमदेखि पूर्वमा बदलिरहेकोलाई ध्यानमा राख्दै एसियाली शक्तिहरूको निकटमा जानका लागि अर्जेन्टिनाले एक जागरूक नीति अपनाएको छ।

यस पृष्ठभूमिको विपरित राष्ट्रपति मैक्रीको भारत भ्रमणलाई बुझ्ने र विश्लेषण गर्ने आवश्यकता छ। श्री मैक्रीले लगानीको वातावरणमा सुधार ल्याउनका लागि पाइला सार्नुभएको छ जसबाट आवश्यक पुँजीलाई आकर्षित गर्नुका साथै रचनात्मक र परस्परिक हितहरूका लागि लाभकारी साझेदारी पनि बनाउन सकिनेछ। भारतको बढदो अन्तर्राष्ट्रिय छवि र उसको प्रभावशाली आर्थिक प्रदर्शनलाई ध्यानमा राख्दै अर्जेन्टिनाले भारतलाई एक सम्भावित सहयोगीको रूपमा हेरिरहेको छ।  २०१९-मा दुइ मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ७०औँ वर्ष पुग्दैछ। यसैले राष्ट्रपति मैक्रीको यो भ्रमण धेरै महत्त्वपूर्ण छ। उहाँका साथ १००  व्यापार प्रतिनिधिहरू पनि भारत भ्रमणमा आएका छन् र उनीहरूले मुम्बईमा भारतका मुख्य कार्यकारी अधिकारीहरूका साथ बैठक गरे। यो बैठकको एजेन्डामा शीर्षमा थियो।

अधिकांश ल्याटिन अमेरिकी मुलुकहरूको तुलनामा भारत र अजेन्टिनाबीच नियमित रूपमा उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू भएका छन्। पोहोर नोभेम्बरमा प्रधान मन्त्री नरेन्द्र मोदी जी-२० शिखर बैठकमा भाग लिन ब्युनस आयर्स जानुभएको थियो। उहाँहरूले थुप्रै अवसरहरूमा भेट गर्नुभएकोले दुइ नेताहरूबीच राम्रो तालमेल छ छ। अर्जेन्टिनाले अत्यन्त प्रतिष्ठित परमाणु आपूर्तिकर्ता समूह, एनएसजी-मा भारतको सदस्यताको कडा समर्थन गर्दै आएको छ।

राष्ट्रपति मैक्री र प्रधान मन्त्री मोदीबीच भएको वार्ताले संयुक्त वक्तव्यमा सकरात्मकतालाई दर्शाएको छ। दुइ मुलुकबीच भएको वार्तामा के कुरा उल्लेखनीय छ भने दुइ मुलकहरूले रक्षा, परमाणु र अन्तरिक्ष जस्ता क्षेत्रहरूमा सहयोगका नयाँ मार्गहरू खोज्ने दिशामा वचनबद्ध  छन्।

अर्जेन्टिनाले भारतका साथ आफ्नो व्यापारमा सब्जी, फल, मत्स्य र मदिरा जस्ता क्षेत्रहरूमा सम्भावित लाभको सम्भावनालाई स्वीकार गरेको छ। आधिकारिक रिपोर्टका अनुसार श्री मैक्रीको एजेन्डामा लिथियम सर्वोपरी छ किनकि भारत नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो पहिचान बनाउन धेरै उत्सुक छ। अर्जेन्टिनामा लिथियमको विशाल भण्डार छ जो भारतका लागि महत्त्वपूर्ण छ किनकि भारत इलेक्ट्रिक वाहन क्षेत्रमा धेरै अगाडि बढिरहेको छ।

दुवै पक्षले ऊर्जा, खनन, कृषि व्यवसाय एवम् खाद्य सुरक्षा, अन्तरिक्ष र परमाणु सहयोग जस्ता प्रमुख क्षेत्रहरूमा द्विपक्षीय रणनीतिक साझेदारीलाई मजबुत पार्ने प्रतिबद्धता देखाएका छन्। दुइतर्फे लगानीको प्रवाहले हालका वर्षहरूमा उत्साहजनक सङ्केत देखाएको छ। यसैले दुइ मुलुकहरूले द्विपक्षीय निवेश सन्धि र दोहोरो कराधानदेखि बँच्ने सम्झौतामा चाडो हस्ताक्षर गरी राम्रो काम गरेका छन्। टिसिएस, विप्रो, क्रिसिल, बजाज, कग्निजेन्ट तकनीक जस्ता प्रमुख भारतीय कम्पनीहरू हाल अर्जेन्टिनमा सफलताकासाथ आफ्नो व्यवसाय गरिरहेका छन्। फार्मा क्षेत्रमा अर्जेन्टिना एक प्रमुख सहयोगी हुन सक्छ किनकि अर्जेन्टिनाका फार्मा कम्पनीहरूले बहुराष्ट्रिय कम्पनीहरूको तुलनामा धेरै कारोबार गरिरहेका छन्।

ल्याटिन अमेरिकाका साथ व्यापार सम्बन्धलाई अगाडि बढाउने दिशामा भारतले प्रशंसनीय काम गरेको छ किनकि यो क्षेत्र भारतका साथ सम्बन्ध बढाउन समानरूपले उत्सुक छ। खुसीको कुरा के छ भने यस क्षेत्रका साथ व्यापारमा धेरै उछाल आएको छ। ल्याटिन अमेरिकी मुलुकका साथ चीनको व्यापार ३०० अर्ब डलर भन्दा बढी भएको छ। ल्याटिन अमेरिकी मुलुकका साथ भारतको सम्बन्धमा ध्यान दिनुपर्ने कुरा के छ भने दुइ मुलुकको व्यापार वा निर्यातको परिमाण भन्दा धेरै संयोजन महत्त्वपूर्ण छ। भारतले हालका वर्षहरूमा कुल निर्यातमा सेवाहरूको बढदो र असामान्य उच्च साझेदारी देखाइरहेको छ जो चीनको भन्दा अलग छ।

वैश्विक स्तरमा भारतको बढदो पदचिन्हले अब ल्याटिन अमेरिकाको नीति चर्चाहरूमा महत्व पाएको छ। यसले क्षेत्रका साथ भारतको सम्बन्धको भविष्यबारे थाहा लागेको छ। तर भारतले  व्यापार र वाणिज्यिक सम्बन्ध बढाउनु आवश्यक छ।

आलेखः सामाजिक विज्ञान संस्थानका निदेशक डा. आश नारायण रॉय

अनुवादक एवम वाचनः रञ्जना खवास