भारतद्वारा दक्षिण कोरियासितका सम्बन्धहरूको सुदृढीकरण

जुन उत्साह र ऊर्जाका साथ २०१४-मा भारतको पूर्वान्मूखी कार्य नीति सुरु गरिएको थियो, त्यो अझै पनि सुदृढ मात्र रहिरहेको छैन अपितु त्यसले भारत-प्रशान्त क्षेत्रसित गहिरो सम्बन्धहरूको दिशातर्फ समेत डोऱ्याएको छ। प्रधान मन्त्री नरेन्द्र मोदी स्वयंले नै अघि बढेर पूर्वान्मूखी कार्यनीतिको नेतृत्व गरिराख्नुभएको तथ्य उहाँको भर्खरै सम्पन्न सोल यात्राबाट प्रदर्शित हुन्छ।

श्री मोदी सोलको दुइ दिने यात्रामा जानुभएको थियो जुन उहाँद्वारा गरिएको वर्षको प्रथम विदेश यात्रा हो। प्रधान मन्त्रीको यस भ्रमणको लक्ष्य राजनीतिक सम्बन्धहरूलाई बढाउनका साथै दुइ मुलुकहरू बीच व्यावसायीक स्तरमा रहेका मजबुत सम्बन्धहरूलाई अझ उकास्नु रहेको थियो।

उहाँको यात्राले विश्वमा ‘शान्ति’ सर्वोपरी रहेको तथ्य तर्फ पनि ध्यान पुऱ्याएको  थियो जुन दुइ विषयहरूबाट अभिव्यक्त भएको छ। सन् २०१९ शान्ति प्रेमी लोकतान्त्रिक मुलुक दक्षिण कोरियामा समेत समान सम्मान प्राप्त राष्ट्रपिता महात्मा गान्धीको १५०-औं जन्म जयन्ती हो। यस उपलक्ष्यमा प्रधान मन्त्रीले सोलको योनसे विश्व विद्यालयमा ‘बापु’-को सालिकको अनावरण गर्नुभयो।

आफ्नो यात्रा अवधिमा श्री मोदीले सो शान्ति पुरस्कार प्रतिष्ठानद्वारा प्रदत्त सोल शान्ति पुरस्कार ग्रहण गर्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार, यस  पुरस्कारबाट “अन्तर्राष्ट्रिय सहयोगमा सुधार, भूमण्डलीय आर्थिक विकासको अभिवृद्धि, विश्वको सबैभन्दा द्रुतगतिका साथ वृद्धि उन्मूख बृहत अर्थव्यवस्थाको आर्थिक विकासलाई हैंसे प्रदान गर्दै भारतका जनताको मानव विकासलाई तीव्र पार्न तथा भ्रष्टाचार विरोधी र सामाजिक संगठनकारी प्रयासहरू मार्फत् लोकतन्त्रको विकासलाई प्रोत्साहन प्रदान गर्न प्रति उहाँको समर्पणलाई स्वीकृति प्रदान गरिएको छ।” स्पष्ट रुपले नै भारत ती मूल्यहरूको लागि सुविदित छ जुन बापुले भारत र यसका सम्पूर्ण जनतामा मनोगत गराउन चाहनुहुन्थ्यो; र दुवै घटनाहरूबाट गान्धीजी अनि शान्ति, दीगो विकास र अहिंसासित सम्बन्धित उहाँका मूल्यहरूको आधारभूत महत्त्व प्रदर्शित हुन्छ।

प्रधान मन्त्रीको यात्रा अवधिमा ६ सम्झौताहरूमा हस्ताक्षर गरियो। ‘स्टार्ट अप’ सहयोग सम्बन्धी सम्झौता विशेष रुपले उल्लेख गरिनु पर्ने सम्झौताहरू मध्ये एक रहेको छ। यस सम्झौता अन्तर्गत भारतमा कोरिया स्टार्ट अप केन्द्रको स्थापना गरिने छ। दक्षिण कोरिया नवोन्मेषी प्रविधिको क्षेत्रमा एक अग्रणी मुलुक हो। यो भारतको एउटा महत्त्वपूर्ण आर्थिक साझेदार पनि हो। भारत र कोरिया बीचको दुइ तर्फे व्यापारको परिमाण २०१३-१४ को १६.६७ अरब डलरबाट बढेर २०१७-१८ मा २०.८२ अरब डलरमा पुग्न गयो। ‘मेक इन इन्डिया’ अभियानका साथै भारतमा दक्षिण कोरियाको निवेश पनि उकालो तर्फ लागेको छ। विगत चार वर्षहरूमा दक्षिण कोरियाले भारतमा २५० अरब डलरको निवेश गरिसकेको छ।

दक्षिण कोरिया भारतको लागि एउटा अत्यन्तै महत्त्वपूर्ण साझेदार हो। श्री मोदीले मई २०१५-मा गर्नुभएको यात्रा अवधिमा दुइ मुलुकहरू बीचको विशेष रणनीतिक साझेदारीमा हस्ताक्षर गरिएको थियो। भारतको लागि यो यात्रा विभिन्न कारणहरूले महत्त्वपूर्ण रहेको छ। पुलवामा आतङ्की हमलापछि यो भारतका प्रधान मन्त्रीको प्रथम विदेश यात्रा थियो र यो यसै वर्ष मई महिनामा हुने आम निर्वाचन पूर्व उहाँको अन्तिम विदेश यात्रा पनि हुन सक्छ। आतङ्कवाद विरूद्ध भारतको लडाइँमा दक्षिण कोरियाको समर्थन हासिल गर्ने क्रममा यो यात्रा महत्त्वपूर्ण रहेको छ। वास्तवमा आतङ्कवादको संगठीत मुकाबिला गर्ने विषय प्रति दक्षिण कोरिया सदैव नै बचनवद्ध रहिआएको छ। भारत र दक्षिण कोरियाबीचका संयुक्त वक्तव्यहरूमा आतङ्कवादको मुकाबिला गर्ने आवश्यकताले सदैव नै स्थान प्राप्त गर्ने गरोको छ।

यसका साथै नियमित कुराकानीहरू र यात्राहरूको आदान प्रदान भारत र दक्षिण कोरिया बीच मजबुत सम्बन्धहरूकै एउटा संकेत हो। यो चार वर्षमा प्रधान मन्त्रीको दोस्रो दक्षिण कोरिया यात्रा पनि थियो। यस पूर्व उहाँले २०१५-मा सो मुलुकको भ्रमण गर्नुभएको थियो। भारतले सबै पूर्व एसियाली देशहरूसित आफ्ना सम्बन्धहरू मजबुत पारिराखेको छ। भारत र जापान बीच सदैव नै मित्रता पूर्ण सम्बन्धहरू रहँदै आएका छन् भने वुहान शिखर वार्ता पश्चात भारत-चीन सम्बन्धहरूमा पनि उल्लेख्य सुधार आएको छ।

क्षेत्रका सबै आर्थिक एवम् कुटनैयीक शक्तिहरूसित सम्पर्क बढाउने आफ्नो प्रयासमा भारतले क्षेत्रीय शान्ति निर्माण गर्न र स्थिरता सुनिश्चित गर्नको लागि दक्षिण कोरिया सरहका मुलुकहरूबाट आशा राखेको छ। भारत एउटा आर्थिक एवम् सामरिक रुपले सुरक्षित भारत-प्रशान्त क्षेत्र सुनिश्चित गर्ने दिशामा काम गर्न चाहन्छ।

भारतको पूर्वाभिमूखी कार्यनीति र दक्षिण कोरियाको ‘नयाँ दक्षिणी’ नीति एकार्को परिपूरक किसिमका रहेका छन्। भारतको अगिसरा सम्बन्धता प्रति दक्षिण कोरियाली पक्षले पनि समान पारस्परिकता देखाएको छ। श्री मोदीको भ्रमणले भारत दक्षिण कोरियाली सम्बन्धहरूमा एउटा अर्को कोशे ढुङ्गा थपेको छ।

आलेख: पूर्व एवम् दक्षिण-पूर्व एसियामाथिका सामरिक विश्लेषक, ड. राहुल मिश्रा

अनुवादक एवम् वाचकः महेन्द्र नाथ उपाध्याय