भारत अनि अफ्रिका व्यापार सम्बन्धहरूलाई बलियो बनाउनको लागि प्रतिबद्ध


  वैश्विक अर्थव्यवस्थाले सामना गर्नु परिराखेको मन्दी, व्यापार एवम् लगानीको प्रवाहमा कमी, व्यापारको क्षेत्रमा बढ्दै गइरहेको संरक्षणवाद अनि साँघुरिदै गइरहेका वित्तीय स्थितिहरूले गर्दा भारत तथा अफ्रिका बीच सहभागिताको महत्त्व औधी नै बढेर गएको छ। अफ्रिकाली अर्थव्यवस्थाहरूमा उत्पन्न नयाँ गतिशीलताले गर्दा यो महादेशको उद्भव, वैश्विक लगानीको एक अति नै आकर्षक थलोको…

भारत-मालदिभ्स सम्बन्धहरूमा नवीकृत गतिशीलता


मालदिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदको निमन्त्रणामा भारतकी परराष्ट्र मामिला मन्त्री सुषमा स्वराज यसै साता मालदिभ्सको सरकारी यात्रामा जानुभएको थियो। उहाँसित विदेश सचिव विजय गोखले तथा अन्य वरिष्ठ अधिकारीहरू पनि यस यात्रामा सामेल हुनुहुन्थ्यो। हिन्द महासागरमा स्थित यस द्वीप राष्ट्रमा श्रीमती स्वराजको सन् २०१४ पश्चात् यो दोस्रो यात्रा थियो अनि सन्…

चीनले आतङ्कवादमाथि एक व्यवहारिक दृष्टिकोण अपनाउनु जरुरी


जैश-ए-मोहम्मद (जेईएम) प्रमुख मसूद अजहरलाई राष्ट्रसंघ प्रतिबन्ध समिति १२६७ अन्तर्गत अन्तर्राष्ट्रिय आतङ्कवादको सूचीमा सूचीबद्ध गर्ने आवेदनलाई चीनले चौथोपटक ‘तकनिकी रोक’ लगाएको छ। चीनको यो कदमले अजहरलाई राष्ट्रसंघको आतङ्की सूचीमा सामेल गर्ने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर तुल्याइदिएको छ। अजहरलाई प्रतिबन्धित सूचीमा सामेल गर्ने प्रस्ताव फ्रान्स, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले राखेका…

ब्रेक्जिट कचिङ्गलः के अनिश्चितता तर्फको उपक्रम हो?


दीर्घ प्रतिक्षित ब्रेक्जिट अर्थात् यूरोपेली संघबाट ब्रिटेनको निर्गमन विशृंखलता र अनिश्चिततामा परेको छ। ब्रिटेनका सांसदहरूले, यूरोपेली संघसित प्रधान मन्त्री थेरेसा मे-को विद्यमान “निर्गमन” सम्झौतालाई अस्वीकार मात्र गरेका छैनन् अपितु संघसित कुनै सम्झौता नगरीकनै त्यसबाट निस्कने कुरालाई समेत अमान्य गरिदिएका छन्। तिनीहरूले ब्रिटेनको भविष्यबारे निर्धारण गर्न एउटा दोस्रो जनमत संग्रह गराउने…

चुनावहरू हुन् मजबुत लोकतन्त्रका आधार


चुनावहरू कुनै पनि लोकतन्त्रका मेरुदण्ड हुन्छन्। प्रत्यक्ष वा परोक्ष रूपमा सबै राजनैतिक संस्थानहरू चुनावबाटै अस्तित्वमा आउँछन्। त्यसैले, चुनावहरू भनेका कुनै देशको लोकतान्त्रिक गतिलाई हैंसै प्रदान गर्ने प्रक्रिया हुन् भन्दा अत्युक्ति नहोला। लोकतन्त्रका जराहरूलाई अझ मजबुती प्रदान गर्ने प्रक्रियालाई अघि बढाउँदै भारतमा पनि नयाँ सरकारको गठन गर्न आगामी दुई महिनामा तल्लो…

चीनले आफ्नो कथनलाई कार्यरूप दिनु जरुरी


गत महिना पुलवामामा भएको आतङ्की आक्रमणपछि, चीनले राष्ट्र संघ सुरक्षा परिषद (यु. एन. एस. सि)-को १२६७ अल-काइदा प्रतिबन्ध समितिअधीन जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरलाई एउटा वैश्विक आतङ्कवादी नामित गर्न भारतद्वारा राखिएको प्रस्तावमा रोक लगाउने छैन भन्ने ठुलो विश्वास थियो।  यद्यपि, चीनको यो निर्णय एउटा आश्चर्य सरह आएको छ जबकि अजहरको जैश-ए-मोहम्मदले…

चुनौतीपूर्ण समयमा भारत-संयुक्त राज्य अमेरिका वार्तालाप


भारत र संयुक्त राज्य अमेरिका बीच कतिपय यस्ता जटिल मामिलाहरू छन् जसले समाधान पर्खिरहेका छन् अनि यही पृष्ठभूमिमा यी दुइ देशहरू बीच सुरक्षा एवम् सामरिक वार्तालापको ९औं चरण सम्पन्न भयो। यी महत्त्वपूर्ण साथै जटिल मामिलाहरूमा ईरान र रसिया विरुद्ध संयुक्त राज्य अमेरिकाका प्रतिबन्धहरू तथा ट्रम्प प्रशासनद्वारा भारतलाई दिइएको छुटको अवधिलाई…

अजहरमाथि प्रतिबन्ध लगाउने राष्ट्र संघको प्रस्तावलाई चीनले एकपल्ट फेरि रोक्यो


पाकिस्तानमा बसोबासो गर्ने जैश-ए-मोहम्मद प्रमुख मसूद अजहरलाई ‘राष्ट्र संघद्वारा नामित आतङ्कवादी’ घोषित गर्ने प्रस्तावलाई चीनले लगातार चौथोपल्ट रोकेको छ। भारतको जम्मू एवम् कश्मीर राज्य स्थित पुलवामा आतङ्की हमलाको लागि जैश-ए-मोहम्मद गुट जिम्मेवार छ, जुन हमलामा परेर भारतका ४० भन्दा अधिक प्रहरी कर्मीहरूको ज्यान गएको थियो। यो कृत्यले गर्दा भारत-पाकिस्तान सम्बन्ध…

‘नेपालद्वारा मधेसी चिन्ताहरूको सम्बोधन जरुरी छ’


नेपालमा राष्ट्रिय जनता पार्टी नेपालद्वारा के.पि. शर्मा ओली सरकारबाट समर्थन फिर्ता लिने घोषणा भारतको सिमानामा पर्ने तुलनात्मक रूपले स्थिर र शान्त ‘मधेस’ क्षेत्रमा जनतामाझ बढ्दो असन्तोषको स्पष्ट सङ्केत हो। राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वले यस दिशामा नेपाल सरकारको असफलताको आरोप लगाउँदै उनीहरू जनतामाझ जाने र एकातिर पन्छाइएका समुदायहरूका अधिकारको रक्षाका…

भारत-सऊदी सम्बन्धहरू एक नयाँ दिशातर्फ


  भारत र सऊदी अरब बीच द्विपक्षीय सम्बन्धहरूको वर्तमान स्थितिलाई मध्येनजर राखेर हेर्दा युवराज मोहम्मद बिन सलमानको यात्राको लगत्तैपछि सऊदी विदेश मन्त्री अदेल अल-जुबेरको नयाँ दिल्ली भ्रमणलाई अति महत्त्वपूर्ण ठहर गर्न सकिन्छ। भारतको परराष्ट्र मामिला मन्त्रालयअनुसार, गत महिना सऊदी युवराज बिन सलमानको नयाँ दिल्ली यात्राको बेलामा चर्चा गरिएका महत्त्वपूर्ण मामिलाहरूलाई…