पाकिस्तानमा राजनैतिक फुट गहिरिँदै

सत्तारुढ तेहरीक-ए-इन्साफ पार्टी (पीटीआई)-मा रहेको फुट अब स्पष्ट देखिन थालेको छ। दुई गुटले, एउटा विदेश मन्त्री शाह मेहमूद कुरैशीको नेतृत्वमा रहेको, अनि अर्को जहाँगीर तरीनको नेतृत्वमा रहेको, एक-अर्कामाथि शाब्दिक प्रहार गर्न थालेका छन्। दुई गुट बीच ट्वीटरमा भीषण युद्ध भइराखेको छ। दुवै गुट मुलुकको दक्षिणी क्षेत्रको सर्वाधिक ठूलो अनि अत्यन्तै महत्त्वपूर्ण प्रान्त पञ्जाबबाट आउँछन् अनि दुवैको नजर त्यहाँको प्रशासनमाथि रहेको छ। कुरैशी पञ्जाबका मुख्यमन्त्री बन्न चाहनुहुन्थ्यो तर सलमान नईम विरुद्ध चुनाव हारेपछि उहाँका सबै सपनाहरू चकनाचुर भएका थिए। सलमान नईम पनि पीटीआई-का एक गहकिला राजनैतिक व्यक्तित्व हुनुहुन्छ तर पार्टीले उहाँको स्थानमा कुरैशीलाई चुनावमा उतारेपछि उहाँ एक स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्नु भएको थियो। पाकिस्तान सर्वोच्च अदालतले श्री तरीनलाई चुनावी कुअभ्यासहरूका कारण अयोग्य ठहर गरेपछि  उहाँ चुनावी प्रतिस्पर्धाबाट बाहिर हुनुभएको थियो।

हालको यो कोलाहल जहाँगीर तरीनलाई सरकारी व्यवस्थामा पुनर्स्थापित गर्नलाई लिएर भएको हो जो प्रधान मन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानको अनुमोदन बिना सम्भव नरहेको कुरा सर्वविदित नै छ। श्री तरीनले हालैमा एउटा क्याबिनेट बैठकमा भाग लिन मात्र होइन तर सरकारी पक्षको हिस्सा नभइकनै कृषि क्षेत्रको प्रदर्शनबारे मन्त्रीहरूलाई अवगत गराउनुभएको थियो। निश्चित रूपमा यसले श्री शाह मेहमूद कुरैशी र उहाँका समर्थकहरूलाई आक्रोशित बनायो जसको परिणामस्वरूप यो ताजा झगडा उत्पन्न भएको हो। अनेक स्वतन्त्र सदस्यहरूलाई पीटीआई-मा सामेल गराइ महत्त्वपूर्ण भूमिका खेलेपछि यो पार्टी पञ्जाबमा सरकार गठन गर्न सफल भएको हुनाले श्री तरीनलाई इमरान खानका एक अति नै विश्वसनीय व्यक्ति मानिन्छ, र यसले, पञ्जाबको देखरेख गर्न उहाँलाई फेरि किन बोल्याइयो त भन्ने कुराको बखान स्पष्ट गर्दछ। पाकिस्तान मुस्लिम लीग (नवाज)–ले इमरान खानले पैसाको बुतामा राजनीति गरेको आरोप लगाएको छ।

दुई गुटहरू बीच फुटको बिउ २०१६-को त्यो घटनामा नै रोपिइएको थियो जब श्री तरीनको आवासमा आयोजित रात्रिभोजको मेचमा श्री कुरैशी र उहाँका प्रतिपक्षहरू बीच मुखामुख भएको थियो। स्थिति नियन्त्रणदेखि बाहिर गएपछि श्री इमरान खान कोठा छोडेर जानु परेको थियो। त्यस बेलादेखिकै यो फुट बढ्दै गएको थियो जो अब सबै सामु खुलस्त भएको छ।

पीटीआई-को ‘नजरियती’ गुटले स्पष्ट पारेको छ कि उसले पीटीआई-लाई पीटीआई (कुरैशी) हुनदिने छैन जसलाई उसले एक राजतनीकि अनाथको संज्ञान दिएको छ।

यो राजनैतिक झगडाले गर्दा शासन-व्यवस्था प्रभावित भएको छ किनभने संसद र राज्यका विधानसभा, दुवै बाधित भएका छन्। प्रधान मन्त्री इमरान खान प्रतिपक्षसित कुराकानी गर्न अनिच्छुक रहेको सरह देखिन्छ फलस्वरूप हालसम्म पाकिस्तानको चुनाव आयोगका रिक्त पदहरू भर्न सकिएको छैन, किनभने यसो गर्नका लागि प्रतिपक्षलाई साथमा लिनु पर्दछ जो एक संवैधानिक मापदण्ड हो।

पछि, श्री कुरैशीले यो कुरा सार्वजनिक गर्नुभएको थियो कि उहाँ इमरान खानद्वारा लिइएका कयन् निर्णयहरूको हिस्सा हुनुहुन्थेन। बेनाजिर आय समर्थन कार्यक्रमको नाउँ परिवर्तन गर्ने निर्णय पाकिस्तानका प्रधान मन्त्रीद्वारा लिइएको ताजा निर्णय थियो। यस मामलामा श्री कुरैशी पछि सर्नु भएको थियो।

पार्टीमा एउटा गुट प्रकट भएको छ जो हरेक विषयलाई पैसाको बलमा निप्टाउन चाहन्छ भनी शाह मेहमूद कुरैशीले लगाउनु भएको आरोप एक गम्भीर विषय हो, जसको दीर्घकालीन दुष्परिणाम हुनसक्छ। एकतर्फ, इमरान खान नयाँ पाकिस्तानको निर्माणमा संलग्न रहेको दाबी गर्नुहुन्छ जहाँ आतङ्कवादको कुनै ठाउँ हुने छैन। अर्कोतर्फ, उहाँको आफ्नै पार्टी फुटको दिशामा बढिराखेको छ जसले उहाँका प्रयासहरूलाई विफल तुल्याउन सक्छ, यदि उहाँले त्यस्तो कुनै प्रयास यथार्थमा गरेको खण्डमा।

भारत पाकिस्तानको छिमेकी तथा एक शुभचिन्तक हुनको नाताले, स्वाभविक रूपमा त्यहाँका घटनाक्रमहरूलाई लिएर चिन्तित छ, जुन घटनाक्रमहरूको असर अनेक विषयहरूमाथि पर्न सक्छ। भारत एक स्थिर र शान्तिपूर्ण पाकिस्तान चाहन्छ जो दुवै मुलुकहरूको लाभका लागि काम गर्न सकोस्। यदि इमरान खान एक नयाँ पाकिस्तान निर्माण गर्न र आतङ्कवाद सखाप पार्नमा इमानदार हुनुहुन्छ भनेदेखि श्री खानले मुलुकको राजनैतिक स्थितिलाई नियन्त्रणमा राख्नु अत्यावश्यक छ। खराब सम्बन्धका लागि अरूलाई दोष दिनअघि इस्लामाबादले पहिला आफ्नै घरलाई व्यवस्थित गर्नु जरूरी छ।

आलेख: अशोक हान्डू, राजनैतिक समीक्षक

अनुवादक तथा वाचक: प्रणय सुब्बा