पाकिस्तानका गैर-जिम्मेदार बयानहरू

के प्रतीत भइरहेछ भने पाकिस्तानमा एक विचित्र खेल खेलिँदैछ। पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेशीले मुल्तानमा भारत विरुद्ध निरर्थक आरोपहरू लगाउँदै भन्नुभयो कि आगामी दिनहरूमा नयाँ दिल्लीले कार्यवाहीहरूमा वृद्धि गर्न सक्छ। यहाँ के उल्लेखनीय छ भने पुलवामा आक्रमण पश्चात् अझ पनि दुइ देशरू बीच तनाउ जारी छ।

पाकितानका विदेश मन्त्रीको यो गैर-जिम्मेदार एवम् उटपटाङ बयानलाई भारतले सरासर खारिज गरेको छ। भारतले कडा प्रत्युत्तर दिँदै भनेको छ, पाकिस्तानको यो चाल त्यहाँ अड्डा भएका आतङ्कवादीहरूलाई भारतमा आतङ्की हमालहरू गर्ने निर्देश हुन सक्छ। नयाँ दिल्लीले यो पनि छ थपेको छ कि पाकिस्तानले हाम्रो क्षेत्र जुन समस्याले ग्रस्त छ, त्यो मूल समस्या अर्थात् सीमा पारिबाट सञ्चालित आतङ्कवादको मुद्दालाई ढाकछोप गर्नको लागि उन्मादी बयानहरू दिनुको सट्टा उसको नियन्त्रणमा रहेका सबै भूभागहरूबाट सञ्चालित आतङ्की कृत्यहरू विरुद्ध विश्वसनीय साथै एक-निष्ठ कार्यवाही गर्ने खाँचो छ।

श्री कुरेशीको यो विचित्र बयानको कारण सत्तारूढ पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीमा वर्तमानमा व्याप्त मतभेद हुन सक्छ। चारैतिरबाट यस्ता रिपोर्टहरू प्राप्त भइरहेका छन् कि पाकिस्तानका विदेश मन्त्री अनि प्रधान मन्त्री इमरान खान बीच अनेकौं मुद्दाहरूमा मतभेद छ।

यो सर्वविदित छ कि उहाँको राजनीतिक महत्त्वकांक्षा उच्च छ। पाकिस्तानी राजनीतिमा व्याप्त दुःखद कुरो के छ भने भारतको आलोचना गर्ने कुनैपनि राजनीतिक बयानलाई त्यहाँ अधिकांश व्यक्तिहरूले स्वागत गर्छन्। यो सम्भव हुन सक्छ कि श्री कुरेशीले पनि यही खेल खेलिरहनु भएको छ। यद्यपि, एक विदेश मन्त्री भएर त्यस प्रकारको बयान दिनु अनावश्यक साथै अनुचित हो।

यहाँ यो औंल्याउनु उचित ठहर्छ कि एक राष्ट्रको रूपमा भारतले अन्य कुनैपनि राष्ट्र विरुद्ध विद्वेषको भावना कहिल्यै राखेको छैन। भारतको पाँच हजार वर्ष पुरानो इतिहास हेर्नु हो भने, यो देशले कहिल्यै कुनै देशमाथि आक्रमण गरेको छैन। तर एक जिम्मेवार मुलुकको रूपमा भारतसित कुनै बाह्य हमलाबाट आफूलाई बचाउने अधिकार सुरक्षित छ। यो पाकिस्तान नै थियो जसले सन् १९४८, १९६५, १९७१ अनि १९९९-मा भारतमाथि आक्रमण गरेको थियो। यी सबै चार अवसरहरूमा भारतले पाकिस्तानको दुःसाहसलाई निष्फल तुल्यायो। निःसन्दैह, यो त एक रहस्य नै हो कि अमेरिका अनि पाकिस्तानबाट तालिम पाएको पाकिस्तानी सेनाले भारतको सैन्य शक्तिको मुकाबिला गर्न सकेन।

चार युद्धहरू भएको भए तापनि भारतले उसको पश्चिमीली छिमेकीसित सम्बन्धहरू सामान्य बनाउने दिशामा पाइलोहरू साऱ्यो। भारतका सबै राजनीतिक पार्टीहरू सम्बन्धलाई सामान्य बनाउने पक्षमा छन् तर यो कुरो स्पष्टाका साथ भनिएको छ कि पाकिस्तानबाट प्रकट भइरहेको आतङ्कवादलाई बन्द गरिएपछि मात्रै दुइ देशहरू बीच वार्तालाप हुन सक्छ।

अर्कोतिर पाकिस्तानको जन्म भएदेखि नै त्यहाँका राजनीतिक दलहरूको भारत विरोधी अडान लिनमा हानथाप चलिरहेको छ। यो कुरो सर्वविदित छ कि भारत विरुद्ध कडा बयान दिने पाकिस्तानी राजनीतिज्ञहरू लामो समयसम्म टिकेका छन्। अतीतमा पनि पाकिस्तानका राजनीतिज्ञहरूले यसप्रकारका उन्मादी बयानहरू दिएका छन्। पाकिस्तानका भूतपूर्व प्रधान मन्त्री जुल्फीकर अली भुट्टोको ‘भारत विरुद्ध हजार वर्षहरूको लडाइँ’ वा ‘पाकिस्तानले घास खाएर पनि परमाणु बम विकसित गर्नेछ’ भन्ने बयानहरूलाई कसले बिर्सिन सक्छ। यस्ता बयानहरूले के प्रदर्शित गरेका छन् भने सत्तामा टिकिरहनको लागि पाकिस्तानी राजनीतिज्ञलाई कुनै विकासात्मक कार्यसूचीको खाँचो छैन, उनीहरूले केवल भारत विरोधी राग अलाप्ने खाँचो छ। यहाँ यो कुरो पनि उल्लेखनीय छ कि यसप्रकारका ठूल्ठूला बयानहरू दिएर पनि पाकिस्तानका राजनीतिज्ञहरूले सिङ्गो एकाइ अर्थात् पश्चिम पाकिस्तान र पूर्व पाकिस्तानलाई एक राख्ने वचनलाई पूरा गर्न सकेनन्। देश अस्तित्वमा आएको २४ वर्षहरूभित्र भाषाको मुद्दाले त्यो सिङ्गो एकाइलाई तोडिदियो। यसको लागि पाकिस्तानका सेना अनि राजनीतिज्ञहरू, दुवै जिम्मेवार छन्। भुट्टो जस्ता कतिपय नेताहरूले उनीहरूका कार्यवाहीहरूको लागि ठूलो मोल चुकाउनु पऱ्यो। पाकिस्तानका सैनिक तानाशाह, जनरल याह्या खानको समयमा बाङ्गलादेश अस्तित्वमा आयो अनि त्यसपछि याह्या खानका सबै पदकहरू खोसिए साथै उनलाई सबैले बिर्सिए र त्यतिकै उनको मृत्यु भयो।

एक राष्ट्रको रूपमा पाकिस्तान सदैव पहिचानसम्बन्धी सङ्कटले ग्रस्त छ। धर्मको आधारमा यो देशको गठन भएको थियो। सर्वप्रमुख कुरो के छ भने पाकिस्तानका शासकहरूले धर्मको उपयोग आफ्नो हितको लागि गर्दैआएका छन् अनि जनतालाई बेसहारा छोडेका छन्। आज पाकिस्तानको प्रासङ्गिकता धेरै कम्ती भएर गएको छ। पाकिस्तान विभिन्न बाह्य शक्त्तिहरूको चर्चाको मुख्य विषय बनेको छ जसले उसको हरेक पाइलोलाई नियालिरहेका छन्। पाकिस्तानले उसको चाललाई नसुधारेको खण्डमा, स्थिति झन-झन कठिन र जटिल भएर जानेछ।

आलेखः अल इन्डिया रेडियोका सामरिक मामिलाहरूका विश्लेषक, कौशिक रॉय

अनुवादकः राजकुमार सिंह

वाचकः प्रणय सुब्बा