उत्तर कोरियाद्वारा हतियार परीक्षणः के वाशिङ्गटनलाई सन्देश?

लोकतान्त्रिक कोरिया गणराज्य अर्थात् उत्तर कोरियाको आधिकारिक उत्तर कोरियाली समाचार एजेन्सीले गत साता यो घोषणा गरेको थियो कि देशले गाइडेड अर्थात् मार्गदर्शित हतियारको परीक्षण गरेको छ। यो स्पष्ट छ कि यो कुनै परमाणु अथवा अन्तर्महादेशीय ब्यालिस्टिक प्रक्षेपास्त्रको परीक्षण थिएन्, तर कोरियाली समाचार एजेन्सीअनुसार यो एक अत्याधुनिक सामरिक मार्गदर्शित हतियारको परीक्षण थियो। यसको अर्थ हो, यो हतियारले प्रहार गर्नसक्ने दूरी त्यति लामो छैन कि यसले संयुक्त राज्य अमेरिकासम्म प्रहार गर्न सकोस्।

हतियार परीक्षणको अतिरिक्त, उत्तर कोरियाली सरकारले संयुक्त राज्य अमेरिकालाई उत्तर कोरियासित वार्तालाप निम्ति ट्रम्प प्रशासनको प्रतिनिधिको रूपमा त्यँहाका विदेश मन्त्री माइक पम्पियोलाई हटाउने अनुरोध गरेको छ। यो बयानले यो प्रदर्शित गरेको छ कि उत्तर कोरियाले संयुक्त राज्य अमेरिका विरूद्ध कुटनीतिक लाभ प्राप्त गर्ने प्रयास गरिरहेको छ।

व्हाइट हाउसको प्रतिक्रिया हल्का एवम् सतर्कतापूर्ण रहेको छ अनि प्योङ्गयाङ्गलाई रचनात्मक वार्तालापमा संलग्न हुने प्रस्ताव राखिएको छ। वास्तवमा, ट्रम्प प्रशासन द्विपक्षीय वार्तालाप प्रक्रियालाई भताभुङ्ग हुनदिन चाहँदैन।

फरवरी सन्, २०१९-मा भियतनाममा भएको दोस्रो संयुक्त राज्य अमेरिका-उत्तर कोरिया शिखर वार्ता असफल भएपछि उत्तर कोरियाको मार्गदर्शित हतियारको यो प्रथम परीक्षण थियो। यी रिपोर्टहरूले क्षेत्रमा शान्तिका सम्भावनाहरूलाई लिएर चिन्ताहरू उत्पन्न गरेका छन्। यसलाई किम जोङ्ग-उन-को एक चेताउनी मान्न सकिन्छ अनि यो चेताउनी यही नै हो कि परित्यक्त् देशसित कुनैपनि प्रकारको मुकाबिलालाई टार्नको लागि ट्रम्प प्रशासनले वार्तालापलाई पुनः सुरु गर्नुपर्छ तथा दिइएका वचनहरूलाई पूरा गर्नुपर्छ। अप्रेल महिनाको प्रारम्भमा सर्वोच्च पीपल्स एसेम्बलीमा दिनुभएको भाषणमा श्री किमले संयुक्त राज्य अमेरिकासित वार्तालाप गर्ने अन्तिम मिति सन् २०१९-को अन्तसम्म हो भनी घोषणा गर्नुभएको थियो।

१२ जून सन् २०१८-मा सिङ्गापुरमा राष्ट्रपति ट्रम्प अनि किम जोङ्ग-उन-द्वारा हस्ताक्षरित घोषणा पत्रमा संयुक्त राज्य अमेरिका र उत्तर कोरिया दुवैले भनेका छन्, “कोरियाली प्रायद्वीपलाई स्थीरता प्रदान गर्न अनि यसलाई स्थायी शान्ति क्षेत्रमा परिणत गर्नको लागि दुवैले मिलेर प्रयास गर्नेछन् अनि यसको बद्लामा लोकतान्क्षिक कोरिया गणराज्यले कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निरस्त्रीकरण निम्ति प्रतिबद्धताका साथ कार्य गर्नेछ।” स्पष्ट छ, प्रतिबन्धहरूलाई हटाउने दिशामा अहिलेसम्म वाशिङ्गटनले सारेका पाइलोहरू, उत्तर कोरियालाई सुरक्षाका ग्यारेन्टिहरू प्रदान गर्नु तथा दक्षिण कोरियासित सैनिक गठबन्धनबाट आफुलाई टाढा राख्नु जस्ता मुद्दाहरूलाई लिएर संयुक्त राज्य अमेरिकाका कार्यवाहीहरू प्रति किम जोङ्ग-उन सन्तुष्ट हुनु हुँदैन। प्योङ्गयाङ्गको विचारमा संयुक्त राज्य अमेरिकाले कोरियाली प्रायद्वीपको परमाणु निरस्त्रीकरणको दिशामा किम जोङ्ग-उन-ले सार्नु पर्ने पाइलोलाई मात्रै पर्खिरहेछ।

जहाँसम्म संयुक्त राज्य अमेरिकाको प्रश्न छ, वार्तालापको सर्वप्रमुख मुद्दा हो, उत्तर करियाली परमाणु हतियारहरू अनि श्री ट्रम्पले यो स्पष्टताका साथ भन्नुभएको छ कि उहाँ उत्तर कोरियाले उसका सबै परमाणु हतियाहरूलाई त्याग गर्नेछ भनी स्पष्टतामा सङ्कल्प लिएको चाहनुहुन्छ।

नोभेम्बर, सन् २०१७-मा ह्वासोङ्ग-१५ नामक अन्तर्महादेशीय ब्यालिस्टिक प्रक्षेपास्त्रको परीक्षण पश्चात् उत्तर कोरियाले परमाणु एवम् यस्ता प्रक्षेपास्त्रहरूको परीक्षणलाई स्थगित राखेको छ। अप्रेल, सन् २०१८-मा किम जोङ्ग-उन-ले उहाँको देशले अब अरू परमाणु परीक्षणहरू गर्नेछैन किनभने यसको आवश्यकता छैन भनी घोषणा गर्नुभएको थियो। उत्तर कोरिया यसबारे आफ्नो घोषणामा अहिलेसम्म कायम छ।

ट्रम्प-किम वार्तालापमा केवल भाषणबाजी मात्रै देखिएको छ अनि यसको केही खास परिणाम निस्किएको छैन। यो सबैले जानेकै कुरो हो कि उत्तर कोरिया लामो समयसम्म चुप लागेर बस्नेछैन तथा संयुक्त राज्य अमेरिकालाई सतर्क गराउन उसले अहिलेको जस्तो हल्का परीक्षण गर्न जारी राख्नेछ। नवीनतम परीक्षणद्वारा उत्तर कोरिया, कतिपय आर्थिक प्रतिबन्धहरूलाई हटाउनको लागि संयुक्त राज्य अमेरिकालाई वाध्य पार्न चाहन्छ। माइक पम्पियोलाएई हटाउने मागको अर्थ यो हो कि उत्तर कोरियाले सजिलैसित परमाणु हतियारहरूलाई त्याग्ने छैन अनि सायद ऊ सोझै राष्ट्रपति ट्रम्पसित कुराकानी गर्न चाहन्छ।

हुन त, हनोइमा सम्पन्न दोस्रो ट्रम्प-किम शिखर वार्ता, विना कुनै निष्कर्ष समाप्त भयो, तर राष्ट्रपति ट्रम्पले किम जोङ्ग-उन-सित यो उहाँको अन्तिम भेटघाट थियो भनी कुनै सङ्केत दिनुभएको छैन। श्री ट्रम्प अनि अध्यक्ष किम बीच अर्को शिखर वार्ता हुने सम्भावना अझै पनि छ। यद्यपि, यस्तो वार्ता अघि उत्तर कोरियाले कतिपय ठोस पाइलोहरू सार्नु आवश्यक छ। यसैबीच, उत्तर कोरियाली नेता सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले रसिया पनि जानुहुनेछ अनि संयुक्त राज्य अमेरिका र उत्तर कोरिया बीच वार्तालापको भविष्यामाथि यसको प्रभाव अवश्यै पर्नेछ। कोरियाली प्रायद्वीपलाई स्थिरता प्रदान गर्न तथा यसलाई शान्ति क्षेत्रमा परिणत गर्नको लागि सबै प्रयासहरू गरियोस्, नयाँ दिल्ली यही चाहन्छ।

आलेखः पूर्व तथा दक्षिण-पूर्व एसिया मामिलाहरूका सामरिक विश्लेषक, डॅ. राहुल मिश्र

अनुवादकः राजकुमार सिंह

वाचकः प्रणय सुब्बा