संसद समीक्षा


प्रधान मन्त्री नरेन्द्र मोदीले, सरकार भारतलाई नयाँ उचाइमा पुऱ्याउन प्रतिबद्ध छ भन्दै ‘एक राष्ट्र – एक चुनाव’- को विचारधारालाई अघि बढाउन विपक्षको सहयोग माग्नुभएको छ। राष्ट्रपति रामनाथ कोविन्दले संसदका दुवै सदनको संयुक्त अधिवेशनलाई गर्नुभएको सम्बोधनमा लोकसभामा भएको बहसको जवाफ दिँदै श्री मोदीले यसो भन्नुभएको हो। प्रधान मन्त्रीले विपक्षलाई संसदको कारबाही…

ओसाकामा ब्रिक्स नेताहरूको अनौपचारिक भेटघाट


जापानको ओसाकामा जि२० शिखर सम्मेलनको छेकमा ब्राजिल, रसियाली सङ्घ, इन्डिया, चाइना र साउथ अफ्रिका छोटकरीमा ब्रिक्सका राष्ट्र एवम् सरकार प्रमुखहरूको बैठक बस्यो। भारतका प्रधान मन्त्री नरेन्द्र मोदी, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति शी जिनपिङ्ग र दक्षिण अफ्रिकाका राष्ट्रपति सीरिल रामाफोसाले जापानलाई जि२० को अध्यक्षताका लागि…

भारत-अमेरिका सम्बन्धः संवाद जारी


संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोको दिल्ली भ्रमण अनि प्रधान मन्त्री, परराष्ट्र मामिला मन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको उहाँको बैठक अति नै महत्त्वपूर्ण थिए। आयात-निर्यात शुल्क एवम् व्यापार, इरानमाथिको प्रतिबन्ध, अमेरिकाद्वारा भारतीय सामग्रीहरूलाई दिइने विशेष छूट समाप्त गरिएको र भारतीय प्राविधिकहरूलाई दिइने एच1बी भिसा, भेनेजुएलासितको ऊर्जा व्यापार, रसियाबाट हतियार…

प्रधान मन्त्रीद्वारा विकास एजेण्डाको पुनर्पुष्टी


प्रधान मन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकाल सम्हाल्नु भएपछि गरीबहरूको कल्याण र आधुनिक पूर्वाधारको विकास उहाँको सरकारको जुम्लेहा कार्यसूची रहने विश्वलाई जनाई दिनुभएको छ। संसदको संयुक्त सभालाई राष्ट्रपति राम नाथ कोविन्दद्वारा गरिएको सम्बोधनमाथिको धन्यवाद प्रस्तावको जबाफ दिनुहुँदै प्रधान मन्त्रीले यो कुरा बताउनुभयो। मुलुक र जनताको हितको निम्ति के अनुकूल छ…

विकासलाई गति दिनमाथि सरकारले ध्यान दिने


  भारी जनसमर्थनका साथ केन्द्रमा लगातार दोस्रो कार्यकालका लागि सत्तामा आएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारले अब रोजगार सृजना र मानिसहरूको जीवनस्तरमा सुधार जस्ता दोहोरो लक्ष्य हासिल गर्नका लागि भारतीय अर्थव्यवस्थालाई उच्च प्रगति पथमा ल्याउने दिशामा पुनः जोड दिइरहेको छ। प्रधान मन्त्री नरेन्द्र मोदीले के स्पष्ट गर्नुभएको छ भने उहाँको सरकार…

धार्मिक स्वतन्त्रतामाथि अमेरिकी रिपोर्ट भारतद्वारा खारेज


अमेरिकाले, भारतको धार्मिक स्वतन्त्रतासम्बन्धी अभिलेखको आलोचना गर्ने क्रममा संदिग्ध नैतिक अधिकारको किटान गरेर उसको आडम्बरी आचरणलाई फेरी एकपल्ट उदाङ्गो पारेको छ। अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतामाथि अमेरिका सरकारको वार्षिक प्रतिवेदनमा अन्य मुलुकहरूको धार्मिक स्वतन्त्रता सम्बन्धी अभिलेखमाथि नैतिक फैसला सुनाउनको लागि फेरी एकपल्ट उसको थोत्रो नीति कै सहारा लिइएको छ। प्रतिवेदनमा के भनिएको…

एफ.ए.टि.एफ.-मा पाकिस्तानको तिरस्कार जारी


अमेरिकाको ओरल्यान्डोमा विगत साता भएको ६ दिवसीय फाइनेन्सियल एक्शन टास्क फोर्स (एफ.ए.टि.एफ.) अर्थात् आर्थिक कारबाही कार्य दलको पूर्ण बैठकको समापन यो वैश्विक वित्तीय निगरानी संस्थानप्रति पाकिस्तानले गरेको वचनबद्धताहरूलाई अक्टोबर महिनासम्म पूरा गर्न, अन्यथा हाल उसलाई राखिएको ग्रे लिस्ट अर्थात् चेतावनी सूचीबाट उसलाई अन्ततः ब्ल्याक लिस्ट अर्थात् कालो सूचीमा झार्ने गम्भीर…

संसद समीक्षा


  राष्ट्रपति राम नाथ कोविन्दले भन्नुभएको छ, भारतीय जनता पार्टीको नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार जन आकांक्षाअनुरुप एक मजबुत, सुरक्षित, समृद्ध तथा समावेशी भारत निर्माण गर्ने दिशामा अघि बढिराखेको छ। उहाँले भन्नुभयो यो यात्रा ‘सबका साथ, सबका विकास तथा सबका विश्वास’नाराको मूल भावनाबाट प्रेरित बनेको छ। उहाँले संसदको केन्द्रीय…

भारत-अमेरिका द्विपक्षीय सम्बन्ध समान धरातलमा


भारतमा प्रधान मन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरुभएको केही दिनभित्रै ट्रम्प प्रशासनद्वारा भारतलाई प्रदान गरिएको जनरलाइज्ड सिस्टम अफ प्रिफेरेन्सेस (जि.एस.पि.) अर्थात् प्राथमिकताको सामान्य प्रणाली फिर्ता लिइनु र अमेरिकाबाट भारतमा आयात गरिने करिब अट्ठाइस वस्तुहरूमाथि भन्सार शुल्क बढाउने निर्णयले प्रमुखता पाएको छ। तर, जहाँसम्म “सामरिक साझेदारिता”-को सम्बन्ध छ, दुवै पक्ष समान…

फारसको खाडीमा सैन्य रचना


ओमानको खाडीमा विगत साता तेल ट्याङ्करहरूमाथि भएको हमलाको जबाफमा अमेरिकाको प्रतिरक्षा विभागले फारसको खाडीमा सुरक्षा बढाउन थप १,००० सैनिकहरू पठाउने घोषणा गरेको छ। सन् २०१८-को मई महिनामा अमेरिकाले इरानसितको परमाणु सम्झौता जे सी पी ओ ए-बाट निर्गमन गर्ने फैसला गरेपछि क्षेत्रमा बढिराखेको तनाव बीच नै यो घटना हुन गएको छ।…