July 2019 – विदेश प्रसारण प्रभाग अल इन्डिया रेडियो

भारतले मोजाम्बिकसित सम्बन्ध प्रगाढ बनायो


भारतका रक्षा मन्त्री श्री राजनाथ सिंहको हालैमा सम्पन्न अफ्रिकी राष्ट्रहरूको तीन दिवसीय भ्रमणको दौरान भारतको प्रशस्त आर्थिक लगानी रहेको देश मोजाम्बिकसित सामरिक सम्बन्ध तथा द्विपक्षीय सहयोग मजबुत पार्न दुई मुलुकहरूले जलक्षेत्रमा ‘ह्वाइट शिपिङ्ग’ अर्थात् गैर-सैन्य वाणिज्यिक जहाजहरूको पहिचान र परिचालनसम्बन्धी अग्रिम सूचना तथा सहयोग साझा गर्नका लागि दुइवटा महत्त्वपूर्ण समझदारी…

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले फेरि तनाव बढायो


कोरियाली प्रायःद्वीपमा दिगो शान्तिका सम्भावनाहरूलाई एक अर्को झट्का दिँदै उत्तर कोरियाले विगत साता दुइटा ब्यालेस्टिक मिसाइलहरूको परीक्षण गऱ्यो। उत्तर कोरियाली नेता अध्यक्ष किम जोङ्ग-उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प दुई कोरियाबिचको डिमिलिटराइज्ड जोन (डि.एम.जेड) अर्थात् असैन्यकृत क्षेत्रमा भेट्नुभएको एक महिनाभित्रैमा यी परीक्षण गरिएका हुन्। सो बैठकमा दुई नेताहरूले छिनोफानो नभएका…

ब्रिक्सका विदेश मन्त्रीहरूको बैठक


विश्व इतिहासको रूपरेखामा एउटा गतिशिल परिवर्तन भइराखेको छ। विश्व ऊर्जाको केन्द्र अब पश्चिमबाट पूर्व तथा उत्तरबाट दक्षिणतर्फ सरिराखेको छ। यो एउटा ऐतिहासिक परिवर्तन हो। आधुनिक युगमा पहिलो पटक सम्पदा र विश्वको जनसंख्या एकै ठाउँमा केन्द्रीत हुन गएको छ। यसै परिवर्तनबाट नै ब्रिक्सको उदय भएको हो। विश्व द्रुत गतिका साथ बदली…

संसद समीक्षा


राष्ट्रपति राम नाथ कोविन्द, उप-राष्ट्रपति एम वेंकैया नायडू र प्रधान मन्त्री नरेन्द्र मोदीले चन्द्रयान-२-को सफल प्रक्षेपणका लागि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ईसरो)-को टीमलाई शुभकामना दिनुभयो। श्री कोविन्दले भन्नुभयो, यो ऐतिहासिक प्रक्षेपण सबै भारतीयहरूका लागि एक गर्वको क्षण हो र यस अभियानले नयाँ आविष्कारलाई बढुवा दिनका साथै ज्ञान प्रणालीलाई समृद्ध बनाउने…

पाकिस्तानले खुलासा गऱ्यो, सबैलाई थाहा भएको सच्चाइ


एक रोचक तथ्यको खुलासा गर्दै पाकिस्तानका प्रधान मन्त्री इमरान खानले आफ्नो देशमा ४० आतङ्की शिविरहरू छन् भन्ने कुरा स्वीकार गर्नुभएको छ। यसका साथै उहाँले, हाल पाकिस्तानी भूभागमा करिब ४०- हजार आतङ्कीहरू सक्रिय रहेका कुरा पनि खुलस्त पार्नुभयो। प्रधान मन्त्री बनेपछिको आफ्नो पहिलो सरकारी अमेरिका भ्रमणका क्रममा उहाँले यो स्वीकारोक्ति दिनुभएको…

भारतीय अर्थव्यवस्था उच्च वृद्धि दर हासिल गर्न तम्तयार


इन्टरनेशनल मोनेटरी फन्ड छोटकरीमा आइ.एम.एफ. अर्थात् अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्नो  ताजा विश्व आर्थिक परिदृश्यमा भारतको जि.डि.पि. अर्थात् सकल घरायसी उत्पाद वृद्धि यो वर्ष ७ प्रतिशत हुने र अर्को वित्त वर्षमा ७.२ प्रतिशत हुने अनुमान लगाएको छ। आइ.एम.एफ.-को यो अनुमानले भारत सरकारले आफ्नो केन्द्रीय बजेट २०१९ पेस गरिनु ठिक अघि जारी…

ब्रिटेनमा नयाँ प्रधान मन्त्री: ब्रेक्जिट र भविष्य


सन् २०१६-मा ब्रेक्जिट जनमत सङ्ग्रह भएदेखि ब्रिटेनको राजनीतिक परिदृश्यमा अशान्तिका कैयौँ चरणहरू देखा परे। श्रीमती टेरेसा मे ब्रेक्जिटको प्रस्ताव पारित गराउन असफल भएपछि र आफ्नै पार्टीका सांसदहरूको समर्थन गुमाएपछि यसै वर्ष जुलाई महिनाको ४ तारिखमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभएको थियो। त्यसको परिणामस्वरूप  टोरी अर्थात् कन्जर्भेटिभ पार्टीमा नेतृत्वको लागि प्रतिस्पर्धा…

ट्रम्पले फेरि स्तब्ध पार्नुभयो


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानका प्रधान मन्त्री इमरान खानसित एउटा बैठकमा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले उहाँलाई कश्मीर मामिलामा हस्तक्षेप र मध्यस्थता गर्न आग्रह गर्नुभएको थियो  भन्ने दाबी गर्नुभएको छ । यद्यपि यो, कहानीको आधा भाग मात्रै हो किनभने अमेरिका र पाकिस्तान बिचको सामरिक संवाद यस्तो विषय हो…

भारतको दोस्रो चन्द्र अभियान


भारतको अन्तरिक्ष कार्यक्रमको सबभन्दा जटिल तथा महत्त्वाकांक्षी अभियान सोमवार दिउँसोदेखि आरम्भ भयो। सोमवार दिउँसो २ बजेर ४५ मिनटमा देशको सर्वाधिक शक्तिशाली रकेट जी.एस.एल.भी. एमके-III ले, भारतको चन्द्रमाको दोस्रो मिशन, चन्द्रयान-२ लाई लिएर आन्ध्रप्रदेश स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आफ्नो उडान आरम्भ गऱ्यो। उडान सुरु गरेको १७ मिनटपछि चन्द्रयान-२लाई पृथ्वी वरिपरिको…

श्रीलङ्कामा भारतको बढ्दो निवेश


भारत र श्रीलङ्काले सो मुलुकमा माहोबाट ओमानथाई सम्मको १३० किलोमिटर लामो रेल पटरीको समुन्नतिकरण निम्ति ९ करोड १२ लाख ६० हजार डलरको एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्। यस पटरीको सय वर्षमा पहिलो पटक समुन्नतिकरण भइराखेको हुँदा यो सम्झौता महत्त्वपूर्ण हुन गएको छ। श्रीलङ्काको रेलवे प्रणालीको सुधारमा भारतद्वारा गरिराखिएको योगदान सुविदित…