July 2019 – Page 2 – विदेश प्रसारण प्रभाग अल इन्डिया रेडियो

संसद समीक्षा


अन्तर्राष्ट्रिय अदालत (आईसीजे) को फैसला पश्चात् भारतका परराष्ट्र मामिला मन्त्री डक्टर एस. जयसङ्करले पाकिस्तानलाई भारतीय नागरिक कुलभूषण जाधवलाई रिहा गरी भारत फिर्ता पठाउन आग्रह गर्नुभएको छ। उहाँले संसदका दुवै सदनमा वक्तव्य दिँदै यो फैसला भारत र जाधवका निम्ति मात्र नभएर कानून एवम् न्याय प्रणाली तथा अन्तर्राष्ट्रिय सन्धिहरूमाथि विश्वास राख्ने समग्र…

भारत र उज्बेकिस्तान सुरक्षा सहयोग मजबुत पार्दै


आतङ्कवाद रोकथामसम्बन्धी भारत-उज्बेकिस्तान संयुक्त कार्यसमूहको ८ औँ बैठक हालै नयाँ दिल्लीमा सम्पन्न भयो। दुवै देशका वरिष्ठ अधिकारीहरू उक्त बैठकमा सहभागी भएका थिए। दुवै पक्षका सहभागी सदस्यहरूले सिमाना पारिबाट हुने आतङ्कवादले तेर्साएका चुनौती तथा सम्बन्धित देश र विश्वका अन्य भागहरूमा आतङ्की समूहहरूका गतिविधिबारे विचार विमर्श गरेका थिए। उनीहरूले आतङ्कवाद रोकथाम गर्ने,…

भारत ५ ट्रिलियन डलर अर्थव्यवस्था बन्ने मार्गमा अघि बढ्दै


भारतकी वित्त मन्त्री निर्मला सीतारमनले २०१९को बजेटमा २०२४ सम्ममा ५ ट्रिलियन डलरको अर्थव्यवस्था हासिल गर्ने विषयमाथि ध्यान केन्द्रित गर्नुभयो। उहाँले “भिजन फर द डिकेड” नामक एक शृंखलाबद्ध नीति उपायको घोषणा गर्नुभएको छ, जसमा लगानी र आर्थिक विकासमाथि अत्याधिक ध्यान दिइएको छ। यस नीति उपायमा “मिनिमम गभर्नमेन्ट, म्याक्सिमम गभर्नेन्स”माथि जोड दिनुका…

अन्तर्राष्ट्रिय न्याय अदालतमा भारतको कुटनीतिक विजय


मार्च २०१६-मा पाकिस्तानले जासुसी कार्य र आतङ्कवादमा संलग्न रहेको आधारमा एकजना भारतीय नागरिक कुलभूषण सुधिर जाधवलाई गिरफ्तार गरेको थियो। अप्रेल २०१७-मा पाकिस्तानको एउटा सैनिक अदालतले उनलाई मृत्युदण्डको सजाय सुनायो। त्यसपछि मई २०१७-मा भारतले पाकिस्तानद्वारा १९६३-को कुटनीतिक सम्बन्धहरूमाथिको भिएना सन्धिको उल्लंघन गरिएको अभियोग लगाउँदै द हेग स्थित अन्तर्राष्ट्रिय न्यायलय (आइ.सि.जे.)-मा पाकिस्तानविरुद्ध…

पाकिस्तानले हाफिज सईदलाई फेरि बचायो


लाहौरमा पाकिस्तानको आतङ्क-प्रतिरोधी अदालतले प्रतिबन्धित संगठन जमात-उद-दावा (जेयूडी)को मुखिया हाफिज मोहम्मद सईद र अन्य तीन जनालाई गिरफ्तार गर्नु अघि नै जमानत दिएको खबर सामुन्ने आएको थियो। यो कुनै आश्चर्यको कुरो होइन। यो मुद्दा जेयूडीले आतङ्कीहरूलाई प्रशिक्षण दिन र वित्त पोषण गर्न भूमिको अवैध प्रयोग गरेकोसित सम्बद्ध छ। यद्यपि पाकिस्तानी आधिकारीहरूले…

भारत र पाकिस्तान करतारपुर करिडोरमाथि सहमतिको अन्तिम चरणमा


पाकिस्तानको नरोवाल जिल्लास्थित ऐतिहासिक दरबार साहिब गुरुद्वारामा भारतीय तीर्थयात्रीहरूको तीर्थयात्रालाई सुविधा प्रदान गर्न पाकिस्तानी भूभाग पट्टिको वाघा-अट्टारी सिमानामा भारतीय तथा पाकिस्तानी अधिकारीहरू बिच भएको दोस्रो चरणको वार्तामा महत्त्वपूर्ण प्रगति भएको छ। १६औँ शताब्दीको यो गुरुद्वारा ऐतिहासिक एवम् धार्मिक मूल्यका दृष्टिकोणमा अत्यन्तै महत्त्वपूर्ण रहेको छ किनभने सिख आस्थाका संस्थापक गुरू नानक…

इङ्गल्याण्ड आई सी सी विश्वकप २०१९ च्याम्पियन


आई सी सी क्रिकेट विश्वकप २०१९-को आईतबार लर्डसमा सुपर ओभरसम्म तन्किएको सासै रोकिने किसिमको फाइनलमा न्यूजिल्याण्डलाई पराजित गरी प्रतियोगिताको मेजबान साथै खिताबको प्रवल दावेदार इङ्गल्याण्डले विश्वकपमाथि कब्जा गर्ने आफ्नो ४४ वर्ष देखिको प्रतिक्षा समाप्त गरेको छ। यसको नेतृत्व गरेका थिए प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बेन स्टोक्सले। दुवै दलहरूले निर्धारित ५० ओभरहरूमा…

संसद समीक्षा


लोकसभामा “नयाँ दिल्ली अन्तर्राष्ट्रिय मध्यस्थता केन्द्र विधेयक, २०१९”पारित भएको छ, जसमार्फत नयाँ दिल्ली अन्तर्राष्ट्रिय मध्यस्थता केन्द्र स्थापित गरिनेछ र यसको विकास एक प्रमुख मध्यस्थता केन्द्रको रूपमा गर्नका लागि यसलाई राष्ट्रिय महत्त्व रहेको संस्थान घोषित गरिनेछ। कानुन मन्त्री रवी शङ्कर प्रसादले बुधबार यस विधेयकमाथि भएको बहसमा जवाफ दिँदै भन्नुभयो, सरकार देशलाई…

पाकिस्तानमा मिडियामाथि प्रतिबन्ध


पाकिस्तान सरकार र मिडियाबिचको माया र घृणाको सम्बन्ध, यो देशमा व्याप्त बहुआयामिक लोकतान्त्रिक इतिहासको परिचायक हो। जोशले भरिएको तथा स्वतन्त्र मिडियाको रौनक बाहिरको कथा मात्र हो र यो देशमा खासगरी प्रेस त आवधिक रूपमा सरकारी दमनको शिकार भई नै रहेको छ। विडम्बना के छ भने, प्रेसलाई दमन गर्ने वा यसको…

भारत-संयुक्त अरब अमिरात सम्बन्ध नौलो उँचाइ तर्फ


 भारत र संयुक्त अरब अमिरातबीच विद्यमान सम्बन्धको स्तरलाई इङ्गित गर्ने दिशामा सो मुलुकका विदेश मन्त्रीद्वारा विगत पाँच वर्षमा गरिएको लगातार पाँच भारत यात्राहरूभन्दा बढी प्रष्ट वा प्रत्यक्ष सङ्केत सम्भवतः अर्को केही हुन सक्दैन। संयुक्त अरब अमिरातका विदेश मामिला एवम् अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम अब्दुल्लाह बिन जायेद-अल नाहयानद्वारा यसै जुलाई ७…