August 2019 – विदेश प्रसारण प्रभाग अल इन्डिया रेडियो

पाकिस्तान सकसमा


पाकिस्तान भारतको जम्मू एवम् कश्मीर राज्यसम्बन्धी आफ्नो अडानको कारण सकसमा परेको छ। राज्यलाई विशेष दर्जा दिने  संविधानको अनुच्छेद ३७०लाई भारतले हटाएदेखि पाकिस्तानले यो मामिलालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयत्न गर्दै आएको छ। पाकिस्तान युद्धोन्मत्त भएको छ। तर यसमा उसले अन्तर्राष्ट्रिय समुदाय, खासगरि मध्य पूर्व तथा पश्चिम एसियाका आफ्ना शक्तिशाली सहयोगी मुलुकहरुको समर्थन…

भारत-रसियाः सहयोगका नयाँ क्षेत्रहरुतर्फ कार्यरत


भारत र रसिया आफ्ना द्विपक्षीय सम्बन्धहरुलाई प्रधान मन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अवधिमा नयाँ उँचाइहरूमा पुऱ्याउन तम्तयार छन्। प्रधान मन्त्री नरेन्द्र मोदीले सेप्टेम्बर ४ देखि ६ तारिख, २०१९-मा भ्लादभोस्तोकमा आयोजन हुन गइरहेको ५औँ वार्षिक पूर्वी आर्थिक मञ्चमा प्रमुख अतिथिको रूपमा र दुई मुलुकबिच २०औँ वार्षिक द्विपक्षीय शिखर बैठकमा भाग लिनु…

जापान-दक्षिण कोरिया व्यापारिक तनाव


पूर्व एसियाका दुइ प्रमुख अर्थव्यवस्थाहरू जापान र दक्षिण कोरिया अहिले व्यापारिक तनावमा अल्झिएका छन्। जापानले राष्ट्रिय सुरक्षा चिन्ताहरूको उल्लेख गर्दै हाइड्रोजन फ्लोराइड ग्यास, फ्लोरीनीकृत पोलीयामाइड र प्रकाश-रोधक लगायत उच्च प्रविधि उद्योगमा प्रयोग गरिने तीन रसायनहरूको निर्यात नियन्त्रण कडा पार्दै दक्षिण कोरियामाथि व्यापारिक प्रतिबन्ध लागू गरेको छ। जापानले यी रसायनहरूको उपभोगमाथि…

जि-७ शिखर बैठक


जि-७ शिखर बैठकहरूको सुरुआत सन् १९७५-मा फ्रान्सद्वारा सुरु गरिएको थियो जसको उद्देश्य विश्वका सात ठुला उन्नत अर्थव्यवस्थाहरूका नेताहरूलाई महत्त्वपूर्ण वैश्विक मामिलाहरूमाथि छलफल गर्ने एउटा लचिलो मञ्च प्रदान गर्नु थियो। यी छलफलहरूलाई विस्तारित गरेर महत्त्वपूर्ण क्षेत्रहरूमा जि-७ बाहिरका प्रमुख मुलुकहरूलाई सामेल गर्दा जि-७ छलफलको वैश्विक प्रभाव पर्न सक्छ। सन् १९८९-मा फ्रान्सद्वारा…

जाम्बियाका राष्ट्रपतिको भारत भ्रमणबाट द्विपक्षीय सम्बन्धहरूमा सुधार


राष्ट्रपति रामनाथ कोविन्दको निमन्त्रणामा जाम्बियाका राष्ट्रपति एड्गार लुंगू भारत भ्रमणमा आउनुभएको थियो। जाम्बियामा नयाँ सरकार गठन भएपछि त्यहाँका राष्ट्रप्रमुखले गर्नुभएको यो पहिलो उच्चस्तरीय भ्रमण हुनुका साथै राष्ट्रपति लुंगूको पनि पहिलो राजकीय भारत भ्रमण पनि हो। यसअघि सन् २००३ मा जाम्बियाका तत्कालीन राष्ट्रपति लेभी म्वानावासा भारत भ्रमणमा आउनुभएको थियो। अफ्रिकासँग सहकार्य…

भारत-फ्रान्स सम्बन्धमा थप मजबुती


प्रधान मन्त्री नरेन्द्र मोदीले यो हप्ता गर्नुभएको फ्रान्स भ्रमणले द्विपक्षीय सम्बन्धहरूका साथै सन् १९९८ मा दुवै देशले हस्ताक्षर गरेका २० वर्ष पुरानो सामरिक साझेदारीलाई मजबुती प्रदान गरेको छ। जम्मू कश्मीरमा देखा परेका राजनैतिक घटनाक्रमहरूको मध्येनजर फ्रान्सले यसलाई भारतको आन्तरिक मामिला हो भन्ने बयान दिनुका साथै राष्ट्रसंघ सुरक्षा परिषदमा भएको विचार-विमर्शमा…

भारतका परराष्ट्र मामिला मन्त्रीको पहिलो बाङ्ग्लादेश यात्रा


भारतका परराष्ट्र मामिला मन्त्री डॅ. एस. जयशङ्करको पहिलो बाङ्ग्लादेश यात्रा बाङ्ग्लादेशकी प्रधान मन्त्री शेख हसिनालाई अक्टोबर महिनाको प्रथम सातामा भारतको राजकीय यात्रामा आउनका लागि भारतका प्रधान मन्त्री नरेन्द्र मोदीको निमन्त्रण दिने एउटा शिष्टाचार यात्राभन्दा बढी थियो। यी दुई छिमेकी मुलुकहरूबिच दिन्दिनै बढ्दै गइरहेको द्विपक्षीय सम्बन्धहरूको एक महत्त्वपूर्ण मोडमा यो यात्रा…

यमनमा शान्ति स्थापना हुने मार्गमा तगारो


अदनमा भएको सत्तापलटपछि पहिलोपल्ट यमनको पृथकतावादी आन्दोलनका प्रमुखले यही साता साउदी अरबको नेतृत्वाधीन शान्तिवार्तामा हिस्सा लिने इच्छा जाहेर गर्नाले यमनमा शान्ति स्थापना होला भन्ने झिनो आशा पलाएको छ। संयुक्त अरब एमिरेट्सको अगुवाइमा रहेका यमनका दक्षिणी पृथकतावादी शक्तिहरूले अदनस्थित राष्ट्रपति आवासलाई रक्तपातपूर्ण लडाइमार्फत कब्जा गर्दा ४० जनाको ज्यान जानुका साथै २६०…

खाडीका मुलुकहरूद्वारा पाकिस्तानको उपेक्षा


  पाकिस्तानले खाडीका मुलुकहरूबाट अपेक्षा गरिएको जस्तो समर्थन प्राप्त गरेको छैन। भारतद्वारा आफ्नो संविधानको अनुच्छेद ३७० निरस्त गरिँदा र जम्मू एवम् कश्मीर तथा लद्दाखलाई केन्द्र शासित प्रदेशहरू बनाइँदा उनीहरू प्रायः अविचलित नै रहे। यो मौन प्रतिक्रिया एक स्थिर र परिपक्व मुलुकको रूपमा भारतको बढ्दो महत्त्वको कारणले हो। त्यसैमाथि, भारतको लगभग…

राष्ट्रपतिद्वारा नयाँ भारतको लागि जोडदार आह्वान


भारतका माननीय राष्ट्रपति श्री राम नाथ कोविन्दले भारतको ७३औँ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रलाई गर्नुभएको आफ्नो सम्बोधनमा भन्नुभयो, भारतले एक स्वतन्त्र राष्ट्रको रूपमा ७२ वर्षहरू एक विशेष मोडमा आएर पूरा गरेको छ। अबका केही साताहरूपछि अक्टोबर 2 तारिखमा भारतले राष्ट्रपिता महात्मा गान्धीको 150औँ जन्म जयन्ती मनाउँनेछ। उहाँ हाम्रो राष्ट्रलाई मुक्त…