राष्ट्रपतिद्वारा नयाँ भारतको लागि जोडदार आह्वान

भारतका माननीय राष्ट्रपति श्री राम नाथ कोविन्दले भारतको ७३औँ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रलाई गर्नुभएको आफ्नो सम्बोधनमा भन्नुभयो, भारतले एक स्वतन्त्र राष्ट्रको रूपमा ७२ वर्षहरू एक विशेष मोडमा आएर पूरा गरेको छ। अबका केही साताहरूपछि अक्टोबर 2 तारिखमा भारतले राष्ट्रपिता महात्मा गान्धीको 150औँ जन्म जयन्ती मनाउँनेछ। उहाँ हाम्रो राष्ट्रलाई मुक्त गराउन र हाम्रो समाजबाट सबै असमानताहरू हटाउने सुधारहरूका लागि हाम्रो सफल निरन्तर प्रयासको पथ-प्रदर्शक हुनुहुन्छ।

राष्ट्रपतिले भन्नुभयो, आजको भारत त्यो भारतभन्दा बेग्लै छ जहाँ महात्मा गान्धी जिउनु भयो र काम गर्नुभयो। तथापि, गान्धीजी अत्यन्तै प्रासङ्गिक रहनुभएको छ। प्रकृतिसित सततता, पारिस्थितिकीय संवेदना र सौहार्दताका साथ रहने कुरा गर्दा उहाँलाई हाम्रो समयका जरुरी चुनौतीहरूको पूर्वानुमान थियो। हामीले हाम्रा वञ्चित सह-देशवासीहरू र परिवारहरूका लागि कल्याणकारी कार्यक्रमहरू लागू गर्दा, सूर्यको शक्तिलाई नवीकरणीय ऊर्जाको रूपमा हासिल गर्ने प्रयास गर्दा, हामीले गान्धीवादी दर्शनलाई व्यवहारमा लागू गरिरहेका हुन्छौँ।

श्री कोविन्दले भन्नुभयो, यो वर्ष सर्वकालिक रूपमा सर्वाधिक महान, ज्ञानी र सर्वाधिक प्रभावकारी भारतीयहरूमध्ये एक गुरु नानक देवजीको 550औँ जन्म जयन्ती पनि हो। उहाँ सिख पन्थका संस्थापक हुनुहुन्थ्यो, तर उहाँप्रतिको श्रद्धा र सम्मान मात्र हाम्रा सिख दाजुभाई-दिदीबैनीहरूमा भन्दा सर्वव्यापी छ। यो भारत र विश्वभर अन्य लाखौंलाख सम्म विस्तारित छ। यो पवित्र अवसरमा उनीहरू सबैलाई मेरो हार्दिक शुभकामना छ।

यो ग्रीष्मकालको प्रारम्भमा, भारतका जनताले 17औँ आम चुनावमा सहभागिता गरे जो मानव इतिहासमा सर्वाधिक विशाल लोकतान्त्रिक अभ्यास थियो। यसका लागि राष्ट्रपतिले भारतीय मतदाताहरूलाई बधाई दिनुनै पर्दछ। उनीहरू मतदान केन्द्रहरूमा ठुलो संख्यामा र अतिनै उत्साहका साथ आए। उनीहरूले आफ्नो मताधिकारका साथै चुनावी दायित्वलाई अभिव्यक्ति दिए।

एक सूत्रधार र एक प्रवर्तकको रूपमा  राज्य सरकार र केन्द्र सरकारको एक महत्त्वपूर्ण भूमिका हुन्छन्। त्यसोहुँदा, हाम्रा प्रमुख संस्थानहरू र नीति निर्माताहरूका लागि नागरिकहरूद्वारा दिइने सन्देशहरूको अध्ययन गर्नु र बुझ्नु अनि हाम्रा जनताका सोच र आकाङ्क्षाहरूप्रति प्रतिक्रिया जनाउनु अत्यन्तै जरुरी छ। भारतको राष्ट्रपतिको रूपमा श्री कोविन्दले भन्नुभयो, हाम्रो देशभरि, विविध राज्यहरू र क्षेत्रहरूको यात्रा गर्नु र जीवनका सबै क्षेत्रका सह-देशवासीहरूसित भेट्घाट गर्नु मेरो लागि ठुलो खुसीको कुरा हो। भारतीयहरू उनीहरूका स्वाद एवम् बानीहरूमा अत्यन्तै भिन्न हुन सक्छन्, तर भारतीयहरूको सपना साझा छ। 1947 भन्दा पहिले सपनाहरू स्वतन्त्र भारतक लागि थिए। आजका सपनाहरू तीव्र विकास; प्रभावशाली एवम् पारदर्शी प्रशासन;  र साथै हाम्रो दैनन्दिन जीवनमा सरकारका ससाना प्रयासहरूको बारेमा छन्।

भारतका राष्ट्रपतिले १ अरब ३० करोड भारतीयहरूको सिप, प्रतिभा, नवोन्मेष, सृजनात्मकता र उद्यमितामा असीम अवसर र सक्षमता छ भन्नुभयो। यी विशेषताहरू नयाँ होइनन्। यिनले भारतलाई अगाडि बढन सक्षम बनाएका छन् र हजारौं वर्षको हाम्रो सभ्यतालाई पोषित गरेका छन्। हाम्रो लामो इतिहासमा यस्तापनि समय आएका थिए जब हाम्रा जनताले कठिनाइ र चुनौतीहरूको सामना गर्नु परेको थियो। त्यस्ता अवसरहरूमा पनि हाम्रो समाज लचिलो साबित भयो; साधारण परिवारहरूले असाधारण साहस देखाए; दृढ निश्चय भएका थुप्रै व्यक्तिहरूले बाँच्ने र अगाडि बढ्ने तागत पाए। आज, सरकारद्वारा सुविधायुक्त एवम् सक्षमकारी वातावरण प्रदान गरिएको हुँदा, हाम्रा जनताले के हासिल गर्न सक्छन् भन्ने कुराको हामी कल्पनामात्रै गर्न सक्छौँ।

यस सहयोगको भावनाका साथ हामीले हाम्रो कुटनीतिक प्रयास गरिरहेको छौँ किनकि हामी हाम्रा अनुभव र हाम्रा तागतहरू हरेक महाद्वीपमा सहयोगी मुलुकहरूकासाथ साझा गरिरहेका छौँ। देशमा र विदेशमा, घरेलू कुराकानीमा र विदेश नीतिमा हामी सदैव भारतको विशिष्टता प्रति सचेत रहनुपर्छ।

हामी एक युवा देश हौँ, एक यस्तो समाज जसलाई हाम्रा युवाहरूद्वारा बढ्दो रूपमा परिभाषित र आकार दिइन्छ। हाम्रा युवाहरूको ऊर्जालाई सर्वोत्कृष्टताको खोजीमा खेलकुददेखि लिएर विज्ञान, विद्वतादेखि कुशल कौशलहरूसम्म अनेकौँ दिशाहरूमा लगाइँदैछ। यो अति सुःखद छ। तर, हाम्रा युवाहरू र हाम्रा भावी पिँढीलाई हामीले दिन सक्ने सबैभन्दा ठुलो उपहार हो – जिज्ञासाको संस्कृतिप्रति प्रोत्साहित गर्नु र यसलाई संस्थागत गर्नु खासगरि कक्षामा। आउनुहोस् हामी हाम्रा बच्चाहरूको कुरा सुनौँ किनभने उनीहरूको माध्यमले भविष्यले हामीसित साउती गरिरहेको हुन्छ।

राष्ट्रपतिले आफ्नो सम्बोधनको समापन उत्प्रेरक तमिल कवि सुब्रमनिय भारतीका पँङ्क्तिहरूबाट गर्नुभयो जसको नेपालीमा अनुवाद केही यसप्रकारले छ –

हामीले शास्त्र एवम् विज्ञान दुवैको अध्ययन गर्नेछौँ,

हामीले स्वर्ग र समुद्र दुवैको खोजी गर्नेछौँ

हामीले चन्द्रमाको रहस्यलाई उदाङ्गो पार्नेछौँ

र हामीले हाम्रा गल्लीहरूलाई सफ्फा पनि पार्नेछौँ।

यी आदर्शहरू सिक्ने अनि सुन्ने तथा राम्रो बन्ने उत्कण्ठा, त्यो जिज्ञासुपना र त्यो भातृत्ववाद सदैव हामीसँग रहोस्। यसले सदैव हामीलाई आशीष देओस्, र भारतलाई सदैव आशीर्वाद देओस्।

आलेख: प्रो. शिवाजी सरकार, राजनीतिक समीक्षक

अनुवादः खवास