जापान-दक्षिण कोरिया व्यापारिक तनाव

पूर्व एसियाका दुइ प्रमुख अर्थव्यवस्थाहरू जापान र दक्षिण कोरिया अहिले व्यापारिक तनावमा अल्झिएका छन्। जापानले राष्ट्रिय सुरक्षा चिन्ताहरूको उल्लेख गर्दै हाइड्रोजन फ्लोराइड ग्यास, फ्लोरीनीकृत पोलीयामाइड र प्रकाश-रोधक लगायत उच्च प्रविधि उद्योगमा प्रयोग गरिने तीन रसायनहरूको निर्यात नियन्त्रण कडा पार्दै दक्षिण कोरियामाथि व्यापारिक प्रतिबन्ध लागू गरेको छ।

जापानले यी रसायनहरूको उपभोगमाथि आफ्नो चिन्ता व्यक्त गरेको छ जसको सैन्य अनुप्रयोग पनि गरिन्छ। दक्षिण कोरियाले राष्ट्र संघ सुरक्षा परिषदका प्रतिबन्धहरू लागू गरेको र संवेदनशील सामग्रीसित सम्बन्धित अन्तर्राष्ट्रिय निर्यात नियन्त्रण व्यवस्था लागू गरेकोमा जापानले कथित रूपले चिन्ता व्यक्त गरेको छ। यस अतिरिक्त, जापानले १,१०० भन्दा बढी महत्त्वपूर्ण वस्तुहरूको जाँच पछि दक्षिण कोरियालाई विश्वासी व्यापारिक साझेदारीको सर्वाधिक प्राथमिकता दिइएका देशहरूको ‘व्हाइट लिस्ट’ अर्थात् सेतो सूचीबाट हटाएको छ र उमाथि थप कडा प्रतिबन्ध लगाएको छ। यस्तो प्रतिबन्ध लगातार जारी रह्यो भने यसले वैश्विक आपूर्ति श्रृंखलामाथि प्रतिकूल प्रभाव पर्न सक्नेछ।

दक्षिण कोरियाका प्रमुख कम्पनीहरू जापानमाथि रसायनहरूको एक मुख्य आपूर्तिकर्ताको रूपमा निर्भर छन् जो चिप्स र अत्याधुनिक स्क्रीनहरूको उत्पादनमा महत्त्वपूर्ण छन्। तथापि, वर्तमान प्रतिबन्ध अन्तर्गत जापानका निर्यातकहरूले दक्षिण कोरियामा सामानहरू पठाउनुभन्दा पहिले अनुमति लिनुपर्ने हुन्छ जो ९० दिन सम्म लाग्नसक्छ। दक्षिण कोरियाका कम्पनीहरू उत्पादनलाई जारी राख्नका लागि भण्डारन गरिएको रसायनमाथि निर्भर छन्। तथापि वर्तमान व्यापार तनावको समाधान भएन भने स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरूको उत्पादनका लागि प्रतिकूल प्रभाव पर्न सक्छ। यसैबीच दक्षिण कोरियाले जापानलाई आफ्नो ‘व्हाइट लिस्ट’ अर्थात् सेतो सूचीबाट हटाएको छ जसमा फास्ट-ट्र्याक व्यापार स्थिति रहेको छ। टोक्योलाई ती राष्ट्रहरूका लागि नयाँ डिजाइनको व्यापार श्रेणी अन्तर्गत राखिनेछ जुन राष्ट्रहरूले अन्तर्राष्ट्रिय सिद्धान्तहरू अनुसार निर्यात नियन्त्रण व्यवस्था सञ्चालन गरेका छैनन्। यस अतिरिक्त सियोलले अन्तर्राष्ट्रिय समर्थन जुटाउने अपेक्षा गर्दै विश्व व्यापार संगठनको आम सभामा यो मामिलालाई अगाडि बढाउने प्रयास गरिरहेको छ।

यदि व्यापार तनाव जारी रह्यो भने र जापानका निर्यात् सामरिक वस्तुहरूको आपूर्तिलाई नियन्त्रित गरियो भने यसले मध्यवर्ती वस्तुहरूमाथि प्रतिकूल प्रभाव पर्नेछ र यसको परिणाम अन्तिम उपयोग भएका उद्योगहरूले भोग्नुपर्नेछ। दक्षिण कोरियाले यस वर्षका लागि आफ्नो आर्थिक विकासको दृष्टिकोणलाई घटाएर २.४-२.५ प्रतिशत गरिदिएको छ जो पहिलेको २.६ -२.७ प्रतिशत थियो। दक्षिण कोरिया सरकारले जापानी निर्यात प्रतिबन्धहरूको सामना गर्नमा मद्दत गर्नका लागि स्थानीय उद्योगहरूमा लगभग १.६ अर्ब अमेरिकी डलरलाई प्रोत्साहन दिने योजना बनाएको छ। कम्पनीहरू आर्पूर्ति श्रृंखला बनाइराख्नका लागि चीनमा आफ्ना आपूर्तिकर्ताहरूमा वृद्धि ल्याउनका लागि पनि प्रयासरत छन्।

दक्षिण कोरियाको के तर्क छ भने द्विपक्षीय सम्बन्धहरूमा ठूला ऐतिहासिक मुद्दाहरूको सम्बोधन गर्न टोक्योको अक्षमताको कारण जापानले आफ्नो अर्थव्यवस्थालाई कमजोर पारिरहेको छ। प्रतिबन्धात्मक व्यापारिक प्रतिबन्ध राजनीतिबाट प्रेरित छ। यसभन्दा पहिले २०१८-मा दक्षिण कोरियाली सर्वोच्च अदालतले जापानको मित्सुबिशी भारी उद्योगलाई औपनिवेशिक अवधिको बेला मजबुर श्रमका लागि क्षतिपूर्ति भोक्तानी गर्ने आदेश दिएको थियो र उसको सम्पत्ति जफत गरिएको थियो। यस अतिरिक्त निप्पन इस्पात निगम र नाची-फुजोकोशी निगम सहित दुइ अन्य जापानी कम्पनीहरूको पनि दक्षिण कोरियामा सम्पत्ति जफत गरिएका थिए। यसैबीच, जापान सरकारले  १९६५-को सन्धिका साथ यस्ता सबै दाबीहरूको समाधान गरिएको र दुइ देशबीच सामान्य सम्बन्ध रहेको बताएको छ।

पूर्वी एसियामा यी दुइ पारम्परिक अमेरिकी सहयोगीहरूबीच चलिरहेको व्यापारिक तनावले आर्थिक क्षेत्र र प्रभावित सुरक्षा सम्बन्धी मामिलामा पनि तनाव उत्पन्न गरिदिएको छ। दक्षिण कोरियाले जापानका साथ सामान्य सुरक्षा सम्झौता निलम्बित गरिदिएको छ। यस्तो यसैले भयो किनकि सियोललाई टोक्योका साथ गोप्य जानकारी साझा गर्नु गाह्रो छ जसले सियोलको संवेदनशील सामग्रीको प्रबन्धनको बारेमा शंका व्यक्त गरेको छ। यो सम्झौता दुइ अमेरिकी सहयोगीहरूबीच सूचनाहरू तेजीले आदान-प्रदानलाई सुगम बनाउनु र उत्तर कोरियाको परमाणु खतराको उचित ढंगले सामना गर्नका लागि सुरक्षा सहयोग बढाउने उद्देश्यले थियो। यस सम्झौता भन्दा पहिले जापान र दक्षिण कोरियाले अमेरिकाको माध्यमले गोप्य जानकारी आदान-प्रदान गर्ने गर्दथे।

दुवै पक्षले आफ्ना द्विपक्षीय सम्बन्धमा प्रमुख मुद्दाहरू समाधान गर्नका लागि राजनीतिक इच्छाशक्तिको प्रदर्शन गर्नुपर्ने खाँचो छ र वर्तमान जापान-दक्षिण कोरिया व्यापार तनावको रूपमा वर्तमान विश्वासको कमीलाई समाप्त गर्नका लागि निवेश गर्नुपर्छ किनकि वर्तमान जापान-दक्षिण कोरिया व्यापार तनाव यस्तो समयमा अगाडि बढन सक्दैन जतिबेला अमेरिका-चीन व्यापार युद्धले निर्यात सञ्चालित अर्थव्यवस्था प्रभावित भइरहेको छ।

जापान र दक्षिण कोरिया दुवै भारतका महत्त्वपूर्ण सामरिक साझेदार हुन् र भारतको पूर्व कार्योन्मुखी नीतिमा प्रमुख स्थानमा छन्। मुक्त व्यापार र खुल्ला बजारहरूको खोजमा व्यापार तनाव कम गर्नु महत्त्वपूर्ण छ।

आलेख: पूर्व एवम् दक्षिण पूर्व एसिया मामिलाका सामरिक विश्लेषक डक्टर तितली बसु,

अनुवादकः विष्णु बहादुर गुरुङ्ग