घृणाका लागि पाकिस्तानले पाएन कुनै समर्थक


पाकिस्तानका प्रधान मन्त्री इमरान खानद्वारा ७४औँ राष्ट्रसंघ महासभामा कश्मीर मामिलालाई अतर्राष्ट्रियकरण गर्न गरिएका प्रयासहरू धराशायी भए। उहाँले भारतको जम्मू एवम् कश्मीरका जनताको तथाकथित “दुर्दशा” बारे जथाभावी दुष्प्रचार गर्ने प्रयास गर्नुभयो। तर, महासभाले पाकिस्तानका प्रधान मन्त्रीको भाषणमाथि कुनै ध्यान दिएन। त्यसपछि इमरान खानले युद्धको कुरा उठाउनुभयो र उहाँले  ‘परमाणु’ शब्दको प्रयोगसमेत…

श्रीलङ्कामा राष्ट्रपति चुनावको तरखर


श्रीलङ्काको राजनैतिक मञ्चमा देखापरेको हालको अवस्था, यसपालि यो देशमा देखिएको मौसमको अनिश्चितताभन्दा केही भिन्न छैन। यो देशमा आउँदो नोभेम्बर १६ तारिख हुन गइरहेको राष्ट्रपति चुनावका लागि तरखर भइरहेको छ। हालसम्मको स्थितिबारे कुरा गर्नु हो भने, चुनाव प्रचारको कार्य सुस्त नभए तापनि मौन तरिकाले नै अघि बढ्दै छ भन्दा अत्युक्ति नहोला।…

राष्ट्रसंघ महासभाको ७४ औँ बैठकमा प्रधानमन्त्री मोदीको सम्बोधन


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुक्रवार ‘गरिबी उन्मूलन, समावेशीकरण र जलवायु परिवर्तनविरुद्धका प्रभावकारी अन्तर्राष्ट्रिय सहयोग’- का सम्बन्धमा राष्ट्रसंघ महासभाको विस्तृत बहस कार्यक्रमलाई सम्बोधन गर्नुभयो। श्री मोदी, दिगो विकाससम्बन्धी ‘एजेन्डा २०३०’ पारित गर्नका लागि चार वर्षअघि अर्थात् सन् २०१५ को सेप्टेम्बर २५ तारिखमा राष्ट्रसंघ महासभामा आयोजना गरिएको विशेष अधिवेशनमा विश्वका नेताहरूसँगै सहभागी…

भारतले फिनल्याण्डलाई आतङ्कवाद सम्बन्धी आफ्नो अडान स्पष्ट पाऱ्यो


भारतका परराष्ट्र मन्त्री डॅ एस जयशंकर फिनल्याण्डको तीन दिवसीय भ्रमणमा हुनुहुन्थ्यो। कार्यभार सम्हालेपछि नर्डिक मुलुकको यो उहाँको पहिलो भ्रमण थियो तथापि १९५०-को दशकदेखि उच्च स्तरका यात्राहरू पारम्परिक रूपले जीवन्त सम्बन्धहरूको एक साझा विशेषता रहिआएको छ। पहिलेदेखि न्यानो एवम सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धहरूमाथि ध्यानकेन्द्रित गरिनुको अतिरिक्त यात्रा यस तथ्यले महत्व छ किनकि…

भारत-अमेरिका द्विपक्षीय बैठक


कूटनीतिक परिप्रेक्ष्यमा हेर्दा मानिसहरूलाई आकर्षित गर्ने कला यस समसामयिक विश्वमा कुनै यस्ता अन्य नेता छैनन्, जसको तुलना भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसित गर्न सकिन्छ। उहाँ जहाँ पनि जानुहुन्छ त्यहाँ उहाँले नेता, सांसद तथा मानिसहरूलाई आकर्षित गर्नुहुन्छ र उनीहरूलाई भारतको नजिकको साझेदार बनाउनुहुन्छ। प्रधान मन्त्री मोदीको यो क्षमता भर्खरै सम्पन्न ह्यूस्टन…

जलवायु परिवर्तन एक वास्तविक चुनौतीः राष्ट्र संघमा प्रधान मन्त्री मोदीले पुनःदोहोऱ्याउनु भयो


स्वीडेनकी १६ वर्षीया पर्यावरणीय कार्यकर्ता ग्रेटा थनबर्गले न्यू-योर्कमा राष्ट्र संघ महासभामा रुँदै गरेको अपिलले त्यहाँ भेला भएका विश्वका नेताहरूको अन्तरात्मालाई हल्लाइ दिएको छ। उनले विश्वका नेताहरूलाई चुनौती दिँदै भनिन् “समग्र भावी पिढीको नजर तपाईंहरूमाथि छ। यदी तपाईंहरू हामीलाई  विफल पार्न नै रोज्नुहुन्छ भने म भन्दछु, हामी तपाईँहरूलाई कहिले माफ गर्ने…

हाउडी मोदी-एउटा अभूतपूर्व कार्यक्रम


ह्यूस्टन , टेक्सासमा अत्यधिक सफल "हाउडी मोदी" कार्यक्रमका साथ प्रधान मन्त्री नरेन्द्र मोदीको संयुक्त राज्य अमेरिका भ्रमणको उत्साहपूर्वक सुरूआत भयो। त्यहाँ उहाँले राष्ट्रपति डोनल्ड ट्रम्पसित मञ्च साझा गर्नुभयो र ५० हजारभन्दा बढी भारतीय-अमेरिकी जन-समुदायलाई सम्बोधित पनि गर्नुभयो। प्रधान मन्त्री मोदीले यसपूर्व २०१४-मा न्यू-यर्कको मेडिसन स्क्वायर गार्डन र २०१५-मा सेन जोसमा…

मंगोलियाका राष्ट्रपतिको भारत भ्रमणबाट सम्बन्धहरू मजबुत


मंगोलियाका राष्ट्रपति खल्तमागिन बत्तुल्गा हाल भारतको राजकीय भ्रमणमा हुनुहुन्छ। उहाँ राष्ट्रपति रामनाथ कोविन्दको निमन्त्रणामा भारत आउनुभएको हो। मंगोलियाका कुनै पनि राष्ट्रपतिले लगभग एक दशकको अन्तरालपछि भारत भ्रमण गर्दै हुनुहुन्छ। मंगोलियाका राष्ट्रपतिसँग सरकारी अधिकृत र व्यावसायिक हस्तीहरूलगायतको एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल पनि भारत आएको छ। श्री बत्तुल्गाले राष्ट्रपति श्री कोविन्दसँग विस्तृत विषयहरूमा…

भारतीय वायुसेनाः खेला प्रवर्तक बन्ने तरखरमा


भारतीय वायुसेना आगामी महिनाको दोस्रो सातामा फ्रेन्च डासल्ट एभिशनबाट पहिलो वायु प्रभुत्वकारी राफेल लडाकु जेट विमान प्राप्त गर्नका लागि तम्तयार छ। रक्षा मन्त्री राजनाथ सिंह पहिलो राफेल जेट प्राप्त गर्नका लागि फ्रान्समा रहनुहुनेछ। भारतीय वायुसेनाले राफेल जेट उडाउनका लागि आगामी महिनाको मई महिनासम्म २४ पाइलटहरूलाई तीन भिन्न डफ्फाहरूमा तालिम दिनेछ।…

भारत र ईरानद्वारा सहयोगका नयाँ रणनीतिहरूको खोजी


भारत र ईरानबिच विदेश कार्यालय परामर्शहरूको सोह्रौँ चरण यो साता तेहरानमा सामरिक अस्तव्यवस्ततामा परेको अत्यन्तै चिन्ताजनक क्षेत्रीय परिदृश्यको पृष्ठभूमिमा सम्पन्न भयो। भारतीय शिष्टमण्डलको नेतृत्व भारतका विदेश सचिव विजय गोखलेले गर्नुभएको थियो भने ईरानी पक्षको नेतृत्त्व त्यहाँका उप विदेश मन्त्री डॅ. सेय्यद अब्बास अराघची-ले गर्नुभएको थियो। श्री गोखलेले ईरानका सर्वोच्च नेता…