भारत-अमेरिका द्विपक्षीय बैठक

कूटनीतिक परिप्रेक्ष्यमा हेर्दा मानिसहरूलाई आकर्षित गर्ने कला यस समसामयिक विश्वमा कुनै यस्ता अन्य नेता छैनन्, जसको तुलना भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसित गर्न सकिन्छ। उहाँ जहाँ पनि जानुहुन्छ त्यहाँ उहाँले नेता, सांसद तथा मानिसहरूलाई आकर्षित गर्नुहुन्छ र उनीहरूलाई भारतको नजिकको साझेदार बनाउनुहुन्छ।

प्रधान मन्त्री मोदीको यो क्षमता भर्खरै सम्पन्न ह्यूस्टन कार्यक्रममार्फत् विश्वलाई प्रदर्शित भयो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओवल अफिसमा प्रवेश गर्नुभएदेखि यता श्री मोदीले उहाँलाई ६ पटक भेटिसक्नु भएको छ, र यो आफैमा उदीयमान भारत-अमेरिका सम्बन्धमा एक ऐतिहासिक कीर्तिमान  हो।

सोमबार न्यू-योर्कमा श्री मोदी र राष्ट्रपति ट्रम्प बीच वार्तालाप भयो, जहाँ दुवै नेताहरू राष्ट्र संघ महासभाको वार्षिक बैठकमा हिस्सा लिन जानुभएको छ। बहुपक्षीय कूटनीतिको सर्वाधिक ठूलो स्थलमा भएको यस भारत-अमेरिका द्विपक्षीय बैठकले विश्वकै ध्यान आकर्षित गरेको छ। दुई नेताहरू बीच यद्यपि यो एक छोटो बैठक थियो तर यसमा महत्त्वपूर्ण बुँदाहरूमाथि छलफल भयो

श्री मोदी र श्री ट्रम्प बीचको महत्त्वपूर्ण भौतिक आयाम स्पष्ट रूपले झल्किएको थियो। यसपूर्व एक दिन पहिले टेक्सासको ह्यूस्टनमा सम्पन्न एउटा अर्को ऐतिहासिक बैठकमा विश्वले दुई नेताहरू बीचको गहन मित्रतालाई देखेको थियो। राष्ट्र संघ महासभाको छेकमा सम्पन्न यो बैठकले भारतीय प्रधान मन्त्री र अमेरिकी राष्ट्रपति बीचको आपसी मित्रता, सद्भाव र समझदारी प्रमाणित भएको बताएको छ। राष्ट्रपति ट्रम्पले प्रधान मन्त्री मोदीको भूमिका र उपलब्धिहरूलाई मान्यता दिनुभयो अनि उहाँलाई समसामयिक भारतको “पिता स्वरूप” रहेको बताउनुभयो।

अन्तर्राष्ट्रिय कूटनीतिक जगतमा नेताहरूको भूमिका र उनीहरू बीचको भौतिक आयामले सम्बन्ध बलियो बनाउन र देशहरू बीच सहयोग बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्दछ। तसर्थ, श्री मोदी र श्री ट्रम्प बीचको व्यक्तिगत सम्बन्धलाई कम ठान्न सकिँदैन।

समीक्षकहरूद्वारा गरिएको आकलन तथा उठाइएका प्रश्न विपरीत, अमेरिकी राष्ट्रपतिले यो स्पष्ट पार्नुभयो कि उहाँ कश्मीर मामिलामा हस्तक्षेप गर्नदेखि टाढा नै रहनु हुनेछ चाहे पाकिस्तानी प्रधान मन्त्री इमरान खानले सो काम गर्नका लागि उहाँलाई जत्तिनै गुहार किन नलगाऊन्। मीडियाको केही खण्डले  भारत र पाकिस्तान बीच कश्मीर विवादमा मध्यस्थता गर्ने आफ्नो इच्छा रहेको श्री ट्रम्पले कम्तिमा पनि ६ पटक सङ्केत दिनुभएको कुरालाई नै बारम्बार बताइराखेका छन्। तर मीडिया रिपोर्टहरू र समीक्षकहरू अमेरिकी राष्ट्रपतिद्वारा आफुले सो काम भारत सहमत भएको खण्डमा मात्र गर्नेछु भनेर ठूलो र स्पष्ट आवाजमा भनिएको कुरा बताउन चुकिरहेका छन्।

न्यू-योर्कमा भएको मोदी-ट्रम्प भेटवार्ताको एउटा ठूलो प्रतिफल हो, दुई देशहरू बीचका व्यापार विभेदहरूको समाधान छिट्टै गरिने र एउटा नयाँ व्यापार सम्झौताको घोषणा गरिने स्पष्ट सङ्केत। व्यापार विभेदहरूलाई भारत र संयुक्त राज्य अमेरिका बीच गहिरो बन्दै गइरहेको रणनीतिक साझेदारीमा बाधा   पुऱ्याउन नदिनु तर्कसंगत छ।

बैठकको एउटा अर्को महत्त्वपूर्ण परिणाम हो, भारतीय प्रधान मन्त्री मोदीको तरिका, दृष्टिकोण र सीमा पारिबाट उत्पन्न हुने आतङ्कवाद विरूद्ध निप्टिने क्षमतामाथि अमेरिकाले देखाएको स्पष्ट विश्वास। एकभन्दा अधिक पल्ट, राष्ट्रपति ट्रम्पले मीडियाद्वारा सोधिएको प्रश्नको प्रतिक्रियामा प्रधान मन्त्री मोदी भारतमा पाकिस्तानप्रायोजित आतङ्कवादी गतिविधिहरूसित निप्टिन सक्षम रहेको कुरामाथि विश्वास व्यक्त गर्नुभएको छ।

गहिरो भावमा यसको अर्थ के हो भने, ट्रम्प प्रशासनले मोदी सरकारद्वारा कश्मिर विषयमाथि गरिएको कारबाहीको विरोध गर्दैन, जुन विषयमा भारतीय संविधानबाट जम्मू एवम् कश्मिरसित सम्बन्धित अनुच्छेद ३७० तथा ३५ ए  रद्द गरिएको कुरा पनि सामेल छन्।

वर्तमान स्थितिमा संयुक्त राज्य अमेरिकाबाट अधिक स्पष्ट र खुल्ला समर्थनको अपेक्षा गर्नु मुर्खता हुनेछ। अफगानिस्तानमा अमेरिकी सैनिकहरूको पर्याप्त उपस्थिति, तालिबानको जारी हिंसक गतिविधिहरू र अफगान समस्यासित निप्टिनमा पाकिस्तानी सहयोग आवश्यक रहेको बावजुद राष्ट्रपति ट्रम्पले प्रधान मन्त्री मोदीको कश्मिरमा शान्ति र विकास ल्याउने प्रयासहरूलाई समर्थन गर्ने संकेत दिनुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो मुख्य भाषणमा कश्मिरसम्बन्धी घटनाक्रमहरूको उल्लेख एकपटक पनि गर्नुभएन, जुन कुरा एक यस्तो विषय हो जसमाथि जोडि दिनु पर्नेछ।

मोदी-ट्रम्प वार्तालापको परिणाम साँच्चि नै श्री मोदीको कुटनीतिको एक असाधारण एवम् मनमोहक जित हो।

आलेख: जे.एन.यू.-को  अमेरिकी अध्ययन केन्द्रका अध्यक्ष तथा उप-कुलपति,

प्रो. चिन्तामणी महापात्र

अनुवाद तथा वाचनः सुरेन्द्र जैरू