भारतले फिनल्याण्डलाई आतङ्कवाद सम्बन्धी आफ्नो अडान स्पष्ट पाऱ्यो

भारतका परराष्ट्र मन्त्री डॅ एस जयशंकर फिनल्याण्डको तीन दिवसीय भ्रमणमा हुनुहुन्थ्यो। कार्यभार सम्हालेपछि नर्डिक मुलुकको यो उहाँको पहिलो भ्रमण थियो तथापि १९५०-को दशकदेखि उच्च स्तरका यात्राहरू पारम्परिक रूपले जीवन्त सम्बन्धहरूको एक साझा विशेषता रहिआएको छ। पहिलेदेखि न्यानो एवम सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धहरूमाथि ध्यानकेन्द्रित गरिनुको अतिरिक्त यात्रा यस तथ्यले महत्व छ किनकि फिनल्याण्ड युरोपेली संघको वर्तमान अध्यक्ष हो र भारतले आतङ्कवादको निन्दा गर्नका लागि अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न चाहन्छ जसले आफ्नो छिमेकमा यसको बढदो उपस्थिति देखिरहेको छ।

डॅ जयशंकरले फिनल्याण्डका शीर्ष नेतृत्वका साथ सीमा पारीबाट हुने आतङ्कवादमाथि विस्तृत चर्चा गर्नुभयो। जम्मू कश्मीरसँग सम्बन्धित अनुच्छेद ३७० लाई निरस्त पार्ने भारतको पाइलोपछि पाकिस्तानद्वारा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने  प्रयासको पृष्ठभूमिमा उहाँको यो यात्रा भएको छ। उहाँले फिनल्याण्डका प्रधान मन्त्री एन्टी रिनेसँग पनि कुराकानी गर्नुभयो साथै हेलसिन्कीमा विदेश मन्त्री पेक्कामा हाविस्तोसँग द्विपक्षीय सम्बन्धको व्यापक क्षेत्रबारे कुराकानी गर्नुभयो। हरित प्रौद्योगिकीमाथि विशेष ध्यानकेन्द्रित गर्दै द्विपक्षीय सम्बन्धहरूको समीक्षा गरियो। उहाँहरूले क्षेत्रीय मामिलाहरूमाथि विचारहरूको आदान-प्रदान गर्नुभयो।

‘भारत अनि विश्व’ विषयमाथि अन्तर्राष्ट्रिय मामिलाको फिनिश संस्थानमा आफ्नो भाषणमा डॅ जयशंकरले वर्तमान सरकारका उपलब्धिहरू बताउनुभयो र भन्नुभयो, वर्तमानमा भारतको विदेश नीतिले मजबुत विकासमा ध्यान दिइरहेको छ र सम्बन्धहरू बढाउनका लागि फिनल्याण्डले गरिरहेको अन्वेषण र अवसरहरूलाई एकसाथ ध्यानले हेरिँदैछ। उहाँले विश्व एक ठूलो ज्ञान-आधारित अर्थतन्त्रतिर अग्रसर भइरहेकोले उल्लेख गर्दै भन्नुभयो, परस्पर हितहरू सुरक्षित गर्नका लागि पूरक क्षमतालाई मजबुत पार्न एउटा लामो बाटो तय गर्नुपर्नेछ।

उहाँले जोड दिँदै भन्नुभयो, जम्मू कश्मीरको विशेष दर्जा रद्द गर्ने भारतको हालको निर्णय ‘शासन र विकासको आवश्यकताबाट प्रेरित’ र एक ‘राष्ट्रिय सुरक्षा सम्बन्धमा’ थियो। राष्ट्रिय सुरक्षा समस्याहरूको बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, सीमा पारीको आतङ्कवाद एक चुनौती रहेको छ जसमा पछिल्ला तीन दशकमा ४० हजार भारतीयहरूको ज्यान गइसकेको छ।

वैश्विक आतङ्कवाद सम्बन्धमा उहाँले भन्नुभयो, भारत लामो समयदेखि आतङ्कवादी हमलाबाट पीडित रहिआएको छ र विश्वका अन्य भागहरू पनि यसबाट पीडित छन्। यसैले सबै रूप र अभिव्यक्तिहरूमा आतङ्कवादको निन्दा गर्ने एक कडा अन्तर्राष्ट्रिय आवाजको खाँचो छ र यसैलाई अभिव्यक्त गरिनु अत्यन्त महत्त्वपूर्ण छ। आफ्नो भाषणमा उहाँले अझ भन्नुभयो, अफगानिस्तानको भविष्यलाई लिएर साथै खाडी क्षेत्रमा पाकिस्तानको विकल्प र स्थिरता सुनिश्चिततालाई लिएर भारत चिन्तित छ। यी चिन्ताहरू सम्बोधित गर्ने दिशामा परराष्ट्र मन्त्रीले भन्नुभयो, भारतले यस क्षेत्रमा शान्तिपूर्ण हितहरूको रक्षा गर्नमा महत्त्वपूर्ण योगदान दिइरहेको छ।

प्रमुख शक्तिशाली मुलुकहरूकासाथ भारतको सम्बन्धबारे डॅ. जयशंकरले भन्नुभयो, ठूला शक्तिशाली मुलुकहरूका साथ  राम्रो सम्बन्ध कायम राख्ने भारतको दृष्टिकोण रहेको छ। आज भारत विश्वको एक बहु-ध्रुवीय प्रकृतिका लागि  र विविध कुराकानीका लागि उभिएको छ। उहाँले विदेशमा आफ्ना प्रतिबद्धताहरू प्रति भारतको जिम्मेवारी र संवेदनशीलतामाथि जोड दिनुभयो। क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा एक प्रमुख खेलाडीको रूपमा भारतले समावेशिता र विविधताको समर्थन गर्दछ साथै एक जन-केन्द्रित विकासको दृष्टिकोण राख्दछ।

डॅ. जयशंकरले फिनल्याण्ड संसदको विदेश मामिला समितिका प्रथम उपाध्यक्ष वि तुला हाताइनेनसँग पनि  वार्ता गर्नुभयो। उहाँले फिनल्याण्डका राष्ट्रपति साउली निलिस्तो-सँग भेट गर्नुभयो। मन्त्रीले महात्मा गान्धीको एउटा प्रतिमाको अनावरण गर्नुभयो जो भारतीय सांस्कृतिक सम्बन्ध परिषदले महात्मा गान्धीको १५०औँ जयन्ती मनाउने क्रममा फिनल्याण्डलाई उपहारस्वरूप प्रदान गरेको हो।

कश्मीर मामिला आन्तरिक रहेपनि भारत यस मामिलामा अन्तर्राष्ट्रिय समर्थन जुटाउन सक्षम भएको छ। तथापि, भारतले अमेरिका, ब्रिटेन र रसिया जस्ता विश्वका आफ्ना समकक्षीहरूका साथ वार्ता गरिरहेको छ र उनीहरूबाट अनुकूल प्रतिक्रियाहरू प्राप्त गरिरहेको छ। एफ आई आई ए कार्यक्रममा डॅ. जयशंकरले दिनुभएको भाषणको विश्लेषण गर्दा कश्मीर सम्बन्धी भारत सरकारको अडान र आतङ्कवादलाई शरण दिएकोमा पाकिस्तानको सामुहिक निन्दा गर्नुपर्ने खाँचोलाई स्पष्ट पारिएको देखियो। युरोपेली संघले कश्मीर स्थितिलाई निकटबाट नजर राखिरहेको कुरालाई ध्यानमा राख्दै यो यात्रा सम्भावित द्विपक्षीय सम्बन्धहरू मजबुत पार्ने साथै युरोपेली संघलाई र संघका वर्तमान अध्यक्ष फिनल्याण्डलाई भारतको राष्ट्रिय सुरक्षा धारणाहरूलाई आश्वस्त पार्ने प्रयासमा भएको छ।

आलेख: युरोपेली मामिलाका सामरिक विश्लेषक डॅ संघमित्र सर्मा

अनुवादः रञ्जना खवास