भारत आर्थिक शिखर सम्मेलनले भावी पथको सङ्केत दियो

भारतको एक पुनरुत्थानशील, समावेशी र दिगो अर्थतन्त्रको दृष्टिकोणबाट उत्प्रेरित नीति समाधानले दस ट्रिलियन ड्रलर अर्थव्यवस्थाको कोसेढुङ्गा अन्तर्राष्ट्रिय स्तरमै एक प्रबल ढंगमा स्थापित भएको सुनिश्चित गर्नेछ। यो फराकिलो मत थियो विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनमिक फोरम) का अध्यक्ष बोर्गे ब्रेन्डीको, जसले आफ्नो विचार नयाँ दिल्लीमा भारतीय उद्योग महासंघद्वारा संयुक्त रूपमा आयोजित इन्डिया इकोनमिक सम्मिट (भारत आर्थिक शिखर सम्मेलन) मा साझा गर्नुभयो। विशेष रूपमा उल्लेखनीय के छ भने विदेश तथा स्वदेशका नेतृत्वगण तथा व्यवसायी अधिकारीहरू लगायत अधिकांश सगभागीहरूको पनि उस्तै विचार रहेको थियो। “महत्त्वपूर्ण वैश्विक चुनौतीहरूको समाधानका लागि विश्वलाई प्रतिकृत एवम् वर्धनशील मोडल प्रदान गरेर विश्वको एक अगुवाको रूपमा उदय” हुन, बाँकी विश्वका लागि  “भारतले आफूलाई एक रोल मोडल र प्रेरणाका रूपमा स्थापित गर्न सक्छ”।

विश्व आर्थिक मञ्चकी प्रबन्धन निदेशक सरिता नायरले हालै गरिएका शृंखलाबद्ध सुधारहरू जस्तै बैंकहरूको विलय र कॉर्पोरेट कर कटौतीले एक लगानी गन्तव्यको रूपमा भारतको आकर्षणलाई बढाएको छ भन्नुभयो। कॉर्पोरेट कर कटौती अर्थव्यवस्थाका लागि अत्यन्तै आवश्यक थियो। यसले अब भारतलाई उसका दक्षिण तथा दक्षिण एसियाली मित्रहरूको समानान्तरमा ल्याएको छ अनि उसको विशाल घरेलु बजारको मध्यनजर उसलाई एक सर्वाधिक अनुकूल र प्रतिस्पर्धात्मक लाभयुक्त स्थानमा पुऱ्याएको छ।

बाङ्गलादेशकी प्रधान मन्त्री शैख हसिनाले यस क्षेत्रका जातीय एवम् भाषिक विविधताका बावजुद क्षेत्रमा भएका बहुलवादको अन्तर्निहित शक्तिको अधिकतम प्रयोग गरी दक्षिण एसियाले सामना गरिराखेको गरिबी जस्ता साझा चुनौतीहरूलाई परास्त गर्न मिलेर काम गर्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो बाङ्गलादेशका विभिन्न क्षेत्रहरूमा भारतीय कारोबारका लागि अपार सम्भाव्य छ। विशेष रूपमा सुश्री हसिनाले भन्नुभयो, ढाका चाहन्छ कि “व्यापार र लगानी सँग-सँगै भएको होस् जहाँ भारतीय लगानीकर्ताहरूले बाङ्गलादेशमा उद्योगहरू स्थापित गर्न र हामी बिचको समुन्नत कनेक्टिभिटिको लाभ उठाइ उत्पादहरू भारतका उत्तरपूर्वी राज्यहरूमा निर्यात गर्न सक्छन्”।  विश्लेषकहरूको भनाइ अनुसार यो, इस्लामाबादले राजनीतिक मुद्दा उठाएर आर्थिक मुद्दामा सरसहयोग बढाउन इच्छा प्रकट नगरेको हुँदा मरणासन्न अवस्थामा पुगेको सार्क क्षेत्रीय व्यापार सम्झौताको गतिरोध तोड्ने एक संवेदनशील तरिका देखिन्छ।

भारतका परराष्ट्र मामिला मन्त्री डक्टर एस. जयशङ्करले “भारतको आफ्ना छिमेकीहरूसित सम्बन्ध प्रगाढ पार्ने अथक प्रयास”लाई रेखाङ्कित गर्नुहुँदै भन्नुभयो “एउटा छोडी समग्र छिमेकी नै वास्तवमा क्षेत्रीय सहयोगको असल गाथाका हिस्सा रहिआएका छन्”। डक्टर जयशङ्करको एउटा छोडी भन्नुको स्पष्ट सङ्केत पाकिस्तानप्रति थियो जसले अन्तर्राष्ट्रिय मञ्चहरूमा कश्मीर मामिला उठाउने कुप्रयास निरन्तर गरिराखेको छ जुन मामिलालाई बृहत रूपमा अन्तर्राष्ट्रिय समुदायले भारतको आन्तरिक मामिला बताएको छ।

संयुक्त राज्य अमेरिकाका वाणिज्य मन्त्री विलबर रॉसले अमेरिका र भारतबिच एक व्यापार सम्झौतामा हस्ताक्षर धेरै अघि किन हुनसकेन त्यसमा कुनै कारण देखिँदैन खासगरी त्यहाँ कुनै संरचनात्मक कारण पनि छैन भन्नुभयो, यो एक यस्तो विषयो हो जसलाई भारतका वाणिज्य मन्त्री पीयूष गोयलले रेखाङ्कित गर्नुभएको थियो। यसले दुवै देशका बजारहरूमा स्वदेशी उत्पादहरूको संरक्षण जस्ता पक्षपाती द्विपक्षीय मामिलाहरूको शीघ्र समाधानका लागि हैँसे प्रदान गरेको छ। भारतले “यदि उसको विकासको गतिलाई रोक्न चाहदैन भने सामान्य जनमानसलाई ई-कमर्स मार्फत सस्तो उत्पादहरूको पहुँच प्रदान गरेर आफ्ना साना खुद्रा व्यापारीहरूको हित सन्तुलित” गर्ने क्षमता राख्नु पर्दछ भनी अमेरिकाका वाणिज्य मन्त्री रॉसले औँल्याउनु हुँदा श्री गोयलले ई-कमर्स खेलाडीहरूले मूल्यमा लूट मच्याउने मञ्चको रूपमा काम गर्न वा भारतको घरेलु साना व्यापारीहरूको जीवनयापन सुरक्षा निष्ट गर्न विशाल पुँजी बलको प्रयोग गर्नु उचित हुँदैन भन्नुभयो।

नीति आयोगका मुख्य कार्यकारी अधिकारी अमिताभ कान्तले कॉर्पोरेट कर कटौती, सार्वजनिक क्षेत्रमा विनिवेश तथा सम्पत्ति मुद्रीकरण पहलहरूमाथि प्रकाश पार्नुभयो अनि मुलुकमा आर्थिक वृद्धिलाई गति प्रदान गर्न अझ धेरै सुधारहरू गरिने सङ्केत दिनुभयो। उहाँले विगत पाँच वर्षमा भारतीय अर्थतन्त्र बढेर करिब ७.५ प्रतिशत पुगेको मुख्य रूपमा उल्लेख गर्नुभयो।

यस दुई दिने भारत-केन्द्रित आर्थिक सम्मेलनले, भारतले आफ्ना नागरिकहरूको दिगो विकास सुनिश्चित गर्दै विकासको सन्दर्भमा ठूलो फड्को लगाएकोलाई समर्थन दियो। समावेशी विकास ल्याउने दिशामा आफ्नो बृहत संरचनात्मक सुधारहरूलाई जारी राख्ने भारतको अथक प्रयास रहेको सङ्केत पनि सम्मेलनले दियो।

आलेख: जि. श्रीनिवासन, वरिष्ठ आर्थिक पत्रकार

अनुवाद एवम् वाचन: प्रणय सुब्बा