भारतको आइ.टि.इ.सि. साझेदारी: नयाँ उचाइमा पुग्दै

भारतले सम्प्रभुताका लागि समानता र परस्पर सम्मानका आधारमा साझेदार मुलुकहरूसित विकास सहयोग जारी राख्ने आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गऱ्यो। हालैमा भारतले अफ्रिकाका लागि टेलि-एजुकेशन र टेलि-मेडिसिन समेत ई-विद्या भारती र ई-आरोग्य भारती परियोजनाहरू सुरु गरेको छ जो भारतको प्राविधिक एवम् आर्थिक सहयोग (आइ.टि.इ.सि) को ५५औँ वर्षगाँठको अवसरमा परराष्ट्र मामिला मन्त्रालयद्वारा सुरु गरिएको सर्वाधिक ठूलो परियोजनाहरूमध्ये एक हो।

यी परियोजनाहरूले अफ्रिकी विद्यार्थीहरूलाई घरबाटै सर्वोच्च भारतीय शिक्षा आर्जनमा मदत गर्नका साथ-साथै अफ्रिकी चिकित्सक तथा रोगीहरूलाई भारतको चिकित्सकीय विशेषज्ञता प्रदान गर्ने छन्। परराष्ट्र मामिला मन्त्री डक्टर एस. जयशङ्करले आइ.टि.इ.सि. को ५५औँ वर्षगाँठको अवसरमा भन्नुभयो, सहयोगले भारतको विदेश नीतिमा सधैँ नै महत्त्वपूर्ण भूमिका खेलेको छ र यो देश सात दशकभन्दा बढी समयावधिको आफ्नो बृहत् विकास अनुभव साझा गर्दै स्थिर र विश्वसनीय विकास साझेदार रहन प्रतिबद्ध रहिआएको छ।

आइ.टि.इ.सि. अफ्रिकाका सबै ५४ मुलुकहरूका लागि सुरु गरिएको एक अफ्रिकाव्यापी पहल हो जुन पहल भारतको डिजिटल क्रान्तिका लाभ अफ्रिकी युवाहरूका फाइदाका लागि उठाउने प्रधान मन्त्री नरेन्द्र मोदीको दूरदृष्टि अनुरुप रहेको छ। मानव संसाधन विकास भारतको विकास सहयोग र विदेश नीतिको एउटा प्रमुख हिस्सा हो। आइ.टि.इ.सि. र अन्य क्षमता निर्माण अग्रसरताहरूले विश्वका विकास र समृद्धि अविभाज्य हुन् भन्ने भारतको विश्वासलाई सुदृढ बनाउदछन् र आफ्नो दशकौँको विकास यात्रामा हासिल भएका सिप र प्रविधिक दक्षता साझा गरिकन भारत आफ्नो भागको भूमिका निर्वाह गर्न तयार छ।

वास्तवमा, डक्टर जयशङ्करले “विश्वको दक्षिणी क्षेत्रका मुलुकहरू भारतका लागि महत्त्वपूर्ण साझेदारहरू हुन्” भनी दिनुभएको वक्तव्यको पृष्ठभूमिमा यी नयाँ अग्रसरताहरूको महत्त्व धेरै छ। संयुक्त रूपमा, भारत र अफ्रिकाले विश्वका ६.३ अर्ब मानिसहरूको आकांक्षालाई दर्शाउँछ। परराष्ट्र मामिला मन्त्रीले भन्नुभयो, “अनेक अफ्रिकी मुलुकहरूसित हाम्रो सम्बन्ध सदीऔँ पुरानो हो, चाहे त्यो व्यापारिक सम्बन्ध होस् वा सांस्कृतिक सम्बन्ध”। उहाँले अझ भन्नुभयो, “हाम्रा पुर्खाहरूले औपनिवेशिक बन्धनविरुद्ध एकसाथ संघर्ष गरेका थिए”। आज हाम्रो सामूहिक द्विपक्षीय व्यापार लगभग २२० अर्ब डलर पुगेको छ।

बितेका ५५ वर्षदेखि आइ.टि.इ.सि. भारतका प्रमुख संस्थानहरूमा दक्षिणी भूक्षेत्रका १६१ साझेदार मुलुकहरूका २,००,००० (दुई लाख) भन्दा बढी सरकारकी अधिकारी र पेसावालहरूको प्रशिक्षण र क्षमता निर्माणमार्फत भारतको तरक्की र विकासका बृहत र अद्वितीय अनुभव साझा गर्ने एक माध्यामको रूपमा रहिआएको छ। भारतका निकटतम छिमेकी र अफ्रिकी साझेदारहरूमाथि ध्यान केन्द्रित गर्दै यसले प्रत्येक वर्ष १२,००० छात्रवृत्ति विविध विषयका पेसावालहरूलाई प्रदान गर्छ जसमा आईटी, स्वास्थ्यसेवा, कृषि, सुशासन, उद्यमशीलता, ऊर्जा,  संसदीय अध्ययन जस्ता विषयहरू सामेल छन् र यसलाई अझ विस्तार गर्ने माग गरिँदैछ।

डक्टर जयशङ्करले आइ.टि.इ.सि. को प्रशंसा गर्दै भन्नुभयो, बहुपक्षीयवादप्रति भारतको विकास सहयोग र समर्थन अन्तर्सम्पर्कता र अन्तर्निर्भरताको दर्शनबाट प्रवाह हुन्छ जसले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् विश्व एउटै परिवार हो भन्ने वचनबद्धतालाई दर्शाउँछ।

हालैका द्विपक्षीय भ्रमणहरूका बेला आइ.टि.इ.सि. साथै संलग्नताका विभिन्न बहुपक्षीय मञ्चहरू जस्तै बहु-क्षेत्रीय प्राविधिक एवम् आर्थिक सहयोगका लागि बङ्गालको खाडी अग्रसरता (बिम्सटेक), दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन (आसियान), क्यारिबियन समुदाय, एफआईपीआईसी इत्यादिमा प्रशिक्षण शृंखला बढाउनका लागि अनेक घोषणाहरू गरिएका छन्। परराष्ट्र मामिला मन्त्रीले बताउनु भए झैँ, यी क्षमता निर्माण प्रयासहरू पनि ‘छिमेकी मुलुक प्रथम’ नीतिका साथ हाम्रा क्षेत्रीय प्राथमिकताहरू अनुरूप नै छन् जसमा अफ्रिका केन्द्रमा रहेको छ।

आइ.टि.इ.सि. अन्तर्गत एसिया, युरोप, मध्य एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका १६१ मुलुकहरूलाई भारतले एक स्वतन्त्र राष्ट्रको रूपमा सात दशकभन्दा बढी समयावधिमा हासिल गरेको विकास अनुभव साझा गर्न आमन्त्रित गरिन्छ। यसको स्थापना भएदेखिको यो कार्यक्रमले २ अर्ब डलरभन्दा अधिक खर्च गरिसकेको छ र विश्वभरका हजारौँ विद्यार्थी र पेसावालहरूलाई लाभान्वित गरेको छ। हालैका वर्षहरूमा यस कार्यक्रममाथिको खर्च बढाएर प्रति वर्ष १० करोड डलर पारिएको छ।

भारत यो मसूस गर्छ कि विकासशील देशहरू प्राकृतिक सम्पदाले परिपूर्ण हुन्छन् र उनीहरूले डेमोग्राफिक डिभिडेन्ड अर्थात देशको आबादीको उमेर संरचनाबाट हुने आर्थिक लाभको आनन्द उठाँछन् तर उनीहरूले उस्तै खाले कठिन चुनौतीहरू जस्तै जन संसाधन असन्तुलन, बढ्दो भिन्नता, युवाहरूको बढ्दो आकांक्षा र जलवायु परिवर्तन इत्यादि को सामना गर्नु पर्दछ। ती चुनौतीहरूलाई मध्यनजरमा राखी, हामीलाई विदेश सहयोगमा हाम्रो साझेदारी चयनहरू विस्तार गर्ने र हाम्रो दिगो विकासका लक्ष्यहरूलाई अघि बढाउन अझ धेरै सहकारिताका लागि सङ्कल्प लिने खाँचो छ भनी डक्टर जयशङ्करले भन्नुभयो।

आलेख: विनित वाही, पत्रकार

अनुवाद एवम् वाचन: प्रणय सुब्बा