November 2019 – विदेश प्रसारण प्रभाग अल इन्डिया रेडियो

जनरल बाजवाको सेवा विस्तारमाथि विवाद


पाकिस्तान सर्वोच्च अदालतले मंगलवार एक असाधारण पाइलो चाल्दै सेना प्रमुख जनरल कमर जावेद बाजवालाई थप ३ वर्षका लागि सेवा विस्तार प्रदान गर्न  प्रधान मन्त्री इमरान खानद्वारा अगस्ट १९तारिख जारी गरिएको अधिसूचनालाई रद्द गरेको छ। ५९ वर्षीय जनरलले  पाकिस्तानको चिफ अफ आर्मी स्टाफको रूपमा आफ्नो प्रथम कार्यकालबाट  29 तारिख मध्यरात्री सेवामुक्त…

आकाशबाट भारतको ‘सबैभन्दा तिखो नजर’


भारतले बुधवार पूर्वी तट स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आकाशमा आफ्नो ‘सबैभन्दा तिखो नजर’ प्रक्षेपित गरेको छ। इसरो-को पोलर स्याटेलाइट लाउन्च ह्विकल पि.एस.एल.भि.-सि४७-को ४९औँ उडानमा सवार भएर  भारतको तेस्रो जेनरेशनको अत्याधुनिक पृथ्वीको चित्र खिच्ने एवम् नाप्ने उपग्रह कार्टोसेट-३ प्रक्षेपण गरिएको मात्रै १७ मिनेटमा सूर्य सिंक्रोनस ध्रुवीय कक्षमा स्थापित भयो। कार्टोसेट-३ इसरोद्वारा…

जापानमा जी-२० विदेश मन्त्रीहरूको बैठक


जी-२० समूह विश्वका शीर्ष विकसित र विकासोन्मुख मुलुकहरूको मञ्च हो जसमा युरोपेली संघ लगायत १९ सदस्य मुलुकहरू सामेल छन्। यो वर्ष जुनको अन्त्यतिर ओसाकामा यस मञ्चको १४औं शिखर बैठक भएपछि जापानले नगोया शहरमा सदस्य मुलुकका विदेश मन्त्रीहरूको बैठकको आयोजना गऱ्यो। परराष्ट्र मामिला मन्त्री डा. एस जयशंकरले भारतको प्रतिनिधित्व गर्नुभएको थियो।…

संसद समीक्षा


संसदको माथिल्लो सदन अर्थात् राज्य सभाको २५०-औँ सत्रसम्बन्धी समारोहका साथ भारतीय संसदको शीतकालीन सत्र सोमबारदेखि सुरु भएको छ।  तीन सातासम्म चल्ने सत्रको मुख्य विषय नै यही हो। यस अवसरमा बोल्नुहुँदै प्रधान मन्त्री नरेन्द्र मोदीले सांसदहरूले जनमुखी मुद्दाहरूलाई प्रकाशमा ल्याउने कार्यमा खलल नपुऱ्याएर बरु समस्या निदानको लागि वार्ताको माध्यम अवलम्ब गर्नुपर्छ…

बेफ्वाँकका कुरामा पाकिस्तान व्यस्त


विगत एक महिनामा पाकिस्तानमा यस्ता गतिविधिहरू भएका छन् जसले अनेकानेक समस्याहरूले ग्रस्त मुलुकमा राजनीतिलाई साह्रै नै चाखलाग्दो बनाएका छन्। पूरा महिनाभर पाकिस्तानमा राजनीतिक सर्कस मौलाना फजलुर रहमानको “आजादी मार्च” वरिपरि अनि हाल बिरामी विगतका तीनपटक प्रधान मन्त्रीलाई उपचारका लागि विदेश जान दिइनु पर्छ वा पर्दैन भन्ने विषयमाथि चर्चामा नै बित्यो।…

सम्बन्धहरू प्रगाढ बनाउने क्रममा भारतका परराष्ट्र मन्त्रीको स्रीलङ्का यात्रा


भारतका परराष्ट्र मामिला मन्त्री डा. एस जयशङ्कर स्रीलङ्काका नव नियुक्त सातौँ कार्यकारी राष्ट्रपति गोटबाया राजपक्षसित भेटघाट गर्न कोलम्बो पुग्नु भयो। उहाँले स्रीलङ्काका राष्ट्रपतिलाई भारतीय प्रधान मन्त्रीको तर्फबाट भारतको भ्रमण निम्ति निम्तो टक्र्याउनु भयो। नव निर्वाचित राष्ट्रपतिले यस निमन्त्रणालाई स्वीकार गर्दै आगामी नोभेम्बर २९ तारिख भारतको यात्रा गर्ने निर्णय गर्नुभएको छ।…

राज्यसभाको २५०औँ सत्र


भारतको संसदको माथिल्लो सदन राज्यसभाको २५०औँ सत्र बसिरहेको बेलामा भारतको राजनीतिक लोकतन्त्रको विकासमा यसको महत्त्वपूर्ण भूमिकालाई गौरवशाली ढङ्गले स्मरण गरिनु पर्दछ। सन् १९५२ मा यसको स्थापना भएपछि यसले कैयौँ अवसरहरूमा राष्ट्रको हितमा महत्त्वपूर्ण भूमिका खेलेको कुरालाई नकार्न सकिँदैन। सन् १९५२ मा हिन्दू विवाह र पारपाचुके विधेयक पारित गर्नुदेखि लिएर २०१९…

भारत-भुटान सम्बन्ध थप प्रगति पथमा


भुटानी विदेश मन्त्री ल्योनपो (डॅ.) टान्डी दोर्जीको साताव्यापी भारत भ्रमणले द्विपक्षीय सम्बन्धको लागि नयाँ मानदण्ड स्थापित गरेको छ। भ्रमणको अवधिमा डॅ. दोर्जीले भारतीय विदेश मन्त्री डॅ. एस. जयशंकरसित द्विपक्षीय छलफल गर्नुभयो र भारत-भुटान सम्बन्धका सम्पूर्ण क्षेत्रहरूको समीक्षा गर्नुभयो। दुवै पक्षहरूले आर्थिक सहयोग, विकास साझेदारी अनि जल-विद्युत सहयोग लगायत द्विपक्षीय सम्बन्धका…

गोतबाया राजपक्ष श्रीलङ्काका सातौँ राष्ट्रपति निर्वाचित


शनिवार श्रीलङ्कामा राष्ट्रपति चुनाव सम्पन्न भयो। श्रीलङ्का पोदुजन पेरामुना (एसएलपीपी) पार्टीका श्री गोतबाया राजपक्ष मुलुकका ७औँ कार्यकारी राष्ट्रपति निर्वाचित हुनुभयो। उहाँले ५२.२५ प्रतिशत मत प्राप्त गर्नुभयो। उहाँले श्रीलङ्काली सहर अनुराधापुरामा पद अनि गोपनीयताको शपथ लिने घोषणा गर्नुभएको छ। श्री गोतबाया राजपक्षलाई उहाँको यो जितका लागि भारतीय प्रधान मन्त्री समेत विश्वका…

संसदको शीतकालीन सत्रमा बहसका प्रमुख विषयहरू


संसदको शीतकालीन सत्र सोमवार अर्थात् १८ नोभेम्बरदेखि सुरु भई १३ डिसेम्बरसम्म चल्ने छ। यस शीतकालीन सत्रमा धेरै सङ्ख्यामा विधेयकहरूमाथि चर्चा हुने तय भएको छ। यसका अतिरिक्त, यस सत्रमा दुई महत्त्वपूर्ण अध्यादेशहरूलाई बदलेर कानुन बनाउन सूचीबद्ध गरिएको छ। आसन्न सत्रमा नीतिहरू लागू गर्ने, उत्पादनशीलता बढाउने तथा राष्ट्रको हितमा रहेका पेचिला विषयहरूमा…