२०१९-मा भारत-अमेरिकी सेनाका तीनै अङ्गहरूको सैन्य अभ्यास

भारतको आर्थिक रूपान्तरणमा र वैश्विक मञ्चमा एउटा ठूलो भूमिका खेल्ने उसका आकांक्षाहरू साकार पार्ने दिशामा हालैका वर्षहरूमा एक अपरिहार्य साझेदारको रूपमा प्रकट भएको संयुक्त राज्य अमेरिकासँग ‘वैश्विक सामरिक साझेदारी’ स्थापित गर्नु दोस्रो मोदी सरकारको प्रमुख प्राथमिकतामध्ये एक हो। रक्षा साझेदारी द्विपक्षीय सम्बन्धको एउटा मुख्य खाँबो हो। द्विपक्षीय सम्बन्धको यो पक्ष हालैका वर्षहरूमा फस्टाएको छ।

भारत र संयुक्त राज्य अमेरिकाले ‘आन्ध्र प्रदेशको तटमा नोभेम्बर १३ देखि २१ सम्म ‘टाइगर ट्रायम्फ’ नामक उनीहरू बिचको पहिलो मानवीय सहायता एवम् आपदा राहत (एच.एडी.आर) त्रय-सेवा अभ्यास गरिराखेका छन्। युएस मरिन कोर र स्पेशल फोर्सको एउटा गस्ती टोली, भारतीय नौसेनाको समुद्री गस्ती एवम् पनडुब्बी-भेदक लडाकू विमान (पी८आई) आदिले यस टाइगर ट्रायम्फ अभ्यासमा भाग लिइराखेका छन्।

‘बन्दरगाह’ फेस-१ नोभेम्बर १३ तारिखदेखि १६ सम्म विशाखापट्नममा हुनेछ भने दोस्रो चरण काकिनाडामा नोभेम्बर १७ देखि २१ तारिखसम्म हुनेछ। यस अभ्यासमा भारतीय सेनाको सिग्नल, चिकित्सा र सञ्चार शस्त्र लगायत लगभग ४०० सैन्य दलहरूले भाग लिनेछन्। रसिया मात्र एक यस्तो मुलुक हो जसका साथ भारतले विगतमा यसप्रकारको अभ्यास गरेको थियो।

सेप्टेम्बर २०१८-मा भारत र संयुक्त राज्य अमेरिकाका विदेश र रक्षा मन्त्रीहरूबीच ‘२+२’ उद्घाटन वार्ताको बेला त्रय-सेवा अभ्यासमाथि कुराकानी गरिएको थियो जसमा तीव्र गतिले बढिरहेको सेना-सेनाबीचको सम्बन्धलाई मानिलिँदै दुइ पक्षले नयाँ र त्रि-पक्षीय सेवा अभ्यासको सुरु गर्ने र  दुई मुलुकका सेना र रक्षा संगठनहरुबीच सैन्य कर्मीहरूको आदान-प्रदानलाई अझ बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सेप्टेम्बर २०१९-मा प्रधान मन्त्री मोदीको अमेरिका भ्रमणको बेला टेक्ससमा राष्ट्रपति ट्रम्पले ‘हाऊडी मोदी’ कार्यक्रममा यस अभ्यासको घोषणा गर्नुभएको थियो।

दुइ राष्ट्रहरूको एक स्थिर भारत-प्रशान्त क्षेत्रलाई लिएर एकसमान विचारधारा छ र बढ्दो राजनीतिक ईच्छा शक्तिको कारणले दुई देशले अन्तर-सञ्चालन सम्झौतामा हस्ताक्षर गरे। यी सम्झौताहरू हुन्- लजिस्टिक्स एक्सचेन्ज मेमोरेन्डम अफ एग्रिमेन्ट र सञ्चार अनुकूलता र  सुरक्षा सम्झौता (सीसीएसए)। अब भू-स्थानिक मानचित्रहरूको संयुक्त उपयोगका लागि दुइ मुलुकबीच तेस्रो बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन एग्रीमेन्टमाथि चर्चा गर्ने तयारी चलिरहेको छ। भारत र अमेरिकाले प्रत्येक वर्ष परस्पर सेवाहरूको आदान प्रदानका साथ  पचास भन्दा पनि धेरै सहकारी कार्यक्रमको आयोजना गर्ने गर्छन्। भारत र अमेरिकाले हरेक वर्ष कैयौँ युद्ध अभ्यास गर्छन जसमा तेस्रो सहभागी जापानका साथ मिलेर  शीर्ष नौसैनिक मालाबारदेखि लिएर आतङ्कवाद विरूद्ध दुइ मुलुकका सेनाहरूको वज्र प्रहार र युद्ध अभ्यास सामेल छन्। एकसाथ गरिने यी अभ्यासहरूबाट दुइ मुलुकका सेनाहरूको लडाईँको परिदृश्यका कैयौँ आयामहरूको पूर्वाभ्यास गर्ने र परस्परको कारवाई संरचना बुझ्ने अवसर प्राप्त हुन्छ। वर्तमानमा भारत-अमेरिका अभ्यासले भारतलाई युद्धको बेलाको स्थितिहरूमा संयुक्त अभियानमा अमेरिकी सेनाको अनुभवको लाभ हासिल गर्ने अवसर प्राप्त हुनेछ। यसले भविष्यको सैन्य कारवाईका लागि दुइ बलहरूको संयुक्त तयारीलाई पनि बढाउनेछ। संयुक्त अभ्यास महत्त्वपूर्ण छ किनकि यसबाट भारत र अमेरिकाका रक्षा सम्बन्धहरूलाई मजबुती प्राप्त हुनेछ।

भारतलाई जमीनी सीमाहरूका साथ-साथै समुद्री क्षेत्रबाट हुने खतराहरूको सामना गर्नका लागि आफ्नो रक्षा क्षमताहरूको निर्माण तीव्र गतिले गर्ने आवश्यकता छ। यसका लागि भारतलाई नवीनतम प्रविधि र उपकरणहरूको आवश्यकता छ। भारतले मेक इन इण्डिया कार्यक्रम अन्तर्गत रक्षा विनिर्माणको महत्त्वाकांक्षी योजना सुरु गरेको छ। तरपनि रक्षा अनुसन्धान र विकासमा अग्रणी राष्ट्र अमेरिकाका साथ साझेदारीको स्वागतनै गरिनेछ। अमेरिकाका लागि भारत-प्रशान्त क्षेत्रमा आइरहेका चुनौतीहरूको सामना गर्नमा भारत एउटा सम्भावित साझेदार हो। भारतको रक्षा बजार आकर्षणको कारण हो।

भारतका साथ रक्षा साझेदारी, क्षमता कार्यक्रम र सशस्त्र बलहरूको पारस्परिकताको सन्दर्भलाई अमेरिकाले आफ्नो सम्बन्धले हेरिरहेको छ। दुइ मुलुकबीच निर्यात विकल्पलाई बढाउने दिशामा तेस्रो विश्वका मुलुकहरूको स्टार्ट-अप र अन्य परियोजनाहरूलाई सामेल गर्नका लागि २०१२-को भारत-अमेरिका रक्षा प्रौद्योगिकी र व्यापार पहललाई संशोधित गर्ने प्रक्रिया जारी छ। यसले अनुसन्धान र विकासलाई बढाउन उद्योग-उद्योगबीच परस्पर कुराकानीका लागि वातावरण तयार पार्नेछ। २०१८-मा पहिलो २+२ मन्त्रिस्तरीय बैठक पछि अब रक्षा, सुरक्षा र विदेश नीति क्षेत्रमा द्विपक्षीय सम्बन्धहरूमा भएको प्रगतिको समीक्षा गर्नुमा ध्यानकेन्द्रित गरिनेछ।

आलेखः अमेरिकी मामिलाकी सामरिक विश्लेषक ड. स्तुति ब्यानर्जी