भारतको विदेशी मुद्रा भण्डारमा वृद्धि


भारतको विदेशी मुद्रा भण्डार (फोरेक्स) मा अपार वृद्धि भएको छ र २० डिसेम्बर २०१९ मा यो, अहिलेसम्मकै सर्वाधिक ४५५ अर्ब अमेरिकी डलर पुगेको छ। यो भण्डार मार्च २०१९ मा ४१२ अर्ब डलर थियो। फोरेक्समा वृद्धिको एउटा मुख्य कारण हो “फरेन करेन्सी एसेस्ट्स (एफसीए)” मा भएको वृद्धि। एफसीए मार्च २०१९ को…

 अफगानिस्तानमा राष्ट्रपति चुनाव


अफगानिस्तानमा राष्ट्रपति चुनावका प्रारम्भिक परिणामहरू घोषित हुनका साथै युद्धबाट जर्जर बनिसकेको यो मुलुकले आफ्ना अति नाजुक अवस्थामा रहेका लोकतान्त्रिक संस्थानहरू मजबुत बनाउने दिशामा थप एउटा अर्को माइलखुट्टी पार गरेको छ। अफगानिस्तानको स्वतन्त्र चुनाव आयोगले वर्तमान राष्ट्रपति अशरफ गनीले ५०.४६ प्रतिशत मत प्राप्त गरेर चुनाव जितेको घोषणा गरेको छ। गनीका निकट…

नेपालले सगरमाथा आरोहनसम्बन्धी नियमहरू सख्त बनाउने


विश्वको सबैभन्दा उच्च शिखर अर्थात् ८, ८४८ मिटर अग्लो सगरमाथा रहेको देश नेपालले प्रतिवर्ष पर्वतारोहणबाट निकै राम्रो आमदनी गर्ने गर्छ। तर सगरमाथा उक्लने क्रममा यो वर्षको मे महिनामा ११ जनाको मृत्यु भएको घटनाले गर्दा यो व्यवसायमाथि आशङ्का उत्पन्न हुन थालेका छन्। सन् २०१५ मा यस हिमाली क्षेत्रलाई विनाशकारी भुइँचालोले थर्काउँदा…

अमेरिकाले पाकिस्तानलाई धार्मिक भेदभाव गर्ने मुलुकहरूको सूचीमानै राख्यो


अमेरिकाले पाकिस्तानलाई धार्मिक भेदभाव गर्ने मुलुकहरूको सूचीमा नै "कायम राखेको छ"। अमेरिकाद्वारा गरिएको यो निर्धारणमा म्याँमार, चीन, एरिट्रिया, ईरान, उत्तर कोरिया, पाकिस्तान, साउदी अरब, ताजिकिस्तान र तुर्केमेनिस्तान यस्ता मुलुकहरूमा परेका छन् जसलाई "कन्ट्रिज अफ पर्टिकुलर कन्सर्न" छोटकरीमा सि.पि.सि. अर्थात् "विशेष चिन्ताका मुलुकहरू"-को रूपमा पुनर्नामाकरण गरिएको छ। अमेरिकाको विदेश मन्त्रालयले यो…

जल प्रबन्धनप्रति भारतको बृहत् दृष्टिकोण


पूर्व प्रधान मन्त्री अटल बिहारी वाजपेयीको जयन्तीको उपलक्ष्यमा महत्त्वाकांक्षी जल प्रबन्धन योजना ‘अटल भूजल योजना’ राष्ट्रलाई समर्पित गरेर भारतले करोडौँ मानिसहरूलाई जलसम्बन्धी समस्याहरूबाट मुक्त बनाउने आफ्नो प्रतिबद्धता प्रदर्शित गरेको छ। वास्तवमा, जल संकटसित जुझ्ने राष्ट्रको सङ्कल्प विश्वसामु अघि देखि नै थियो जब प्रधान मन्त्री नरेन्द्र मोदीले उहाँको दोस्रो कार्यकालको प्रारम्भमा…

भारत र ओमान सामरिक सम्बन्ध मजबुत पार्दै


ओमानले आफ्ना प्रभावशाली र अधिक सम्पन्न छिमेकीहरूको तुलनामा कमै अन्तर्राष्ट्रिय ध्यानाकर्षित गरेको छ।  तर यो भारतका विस्तारित छिमेकी मुलुकहरूमध्ये  एक हो जो फारसको खाडीमा आफ्नो प्रभाव बढाउनका लागि महत्त्वपूर्ण छ। आन्तरिक उथल-पुथल र लामो समयसम्म आर्थिक विकासको कमी भएको मुलुकमा सुल्तान कबूसको नेतृत्त्वमा उल्लेखनीय परिवर्तन भएको छ। सुल्तानले १९७०-देखि मुलुकमा…

१९औँ भारत-ईरान संयुक्त आयोगको बैठक


भारतका परराष्ट्र मामिला मन्त्री डॅ. एस. जयशङ्कर भारत-ईरान संयुक्त आयोगको १९औँ अधिवेशनमा भाग लिनका लागि ईरान जानुभएको थियो। भारत र ईरानका विदेश मन्त्रीहरूको सह-अध्यक्षतामा बस्ने संयुक्त आयोग एक यस्तो व्यवस्था हो जसले यी दुई मैत्रीपूर्ण मुलुकहरूबिच गहिरो सम्बन्धलाई झनै अगाडि बढाउने काम गर्छ। डॅ. जयशङ्करले आफ्नो यात्राको बेलामा ईरानका राष्ट्रपति…

भारत -चीन २२औँ विशेष प्रतिनिधि वार्ता


चीनका विदेश मन्त्री वाङ्ग यी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सिमाना वार्ताका लागि भारत यात्रामा आउनुभएको थियो। श्री वाङ्गले भारतका उप-राष्ट्रपति एम. वेंकैया नायडूलाई पनि भेट्नुभयो। यसपटकको विशेष प्रतिनिधि वार्ता केही कारणहरूले गर्दा महत्त्वपूर्ण थियो। भारतका प्रधान मन्त्री र चीनका राष्ट्रपतिबिच अक्टोबर २०१९ मा भारतको चेन्नईनजिक ममल्लापुरममा दोस्रो अनौपचारिक…

प्रधान मन्त्रीले अर्थतन्त्र वृद्धिको मार्गमा बढिराखेको बताउनुभयो


प्रधान मन्त्री नरेन्द्र मोदीले भारतीय अर्थतन्त्र वृद्धिको मार्गमा अघि बढिराखेको माथि जोड दिनुभएको छ। सकल घरेलु उत्पाद (जीडीपी) वृद्धि दरको गति सुस्ताइ रहेको पृष्ठभूमिमा प्रधान मन्त्रीले उहाँको सरकार भारतीय अर्थतन्त्रलाई आगामी पाँच वर्षमा ५ ट्रिलियन डलर बनाउन प्रतिबद्ध रहेको दोहऱ्याउनुभयो। प्रधान मन्त्रीले सरकारको आर्थिक नीतिको मूल्याङ्कन गर्नुहुँदै विगतमा यस्ता अनेक…

दोस्रो भारत-अमेरिका २+२ बैठक


भारत र अमेरिकाका रक्षामन्त्री र परराष्ट्रमन्त्रीहरूका साथै दुवै देशका शीर्ष अधिकारीहरूबिच यही हप्ता वाशिङ्गटन डिसिमा दोस्रो चरणको भारत-अमेरिका २+२ बैठक सफलतापूर्वक सम्पन्न भयो। उक्त बैठकमा आञ्चलिक सुरक्षा वातावरण, आतङ्कवादको रोकथाम, अफगानिस्तानमा स्थिर वातावरणको सिर्जना र हिन्द-प्रशान्त क्षेत्रमा शान्ति एवम् स्थिरता कायम गर्नु पर्ने विषयहरूलाईप्रमुख रूपले सामेल गरिएको थियो। बैठकको महत्त्वपूर्ण…