वैज्ञानिक विकासको माध्यमले ग्रामीण विकासमाथि जोड

 कृषक र प्रौद्योगिकी विकास विशेषज्ञहरू बीचको दूरीलाई कम गर्नका लागि विज्ञान र प्रौद्योगिकीमाथि आधारित ग्रामीण विकासको आवश्यकता छ र कृषक समुदायको आय बढाउनका लागि सरकारले यसमा ध्यान दिइरहेको छ। कैयौं नयाँ नवाचारले पहिलेदेखिनै बाली उत्पादन बढाउन, बजारमा पहुँच र ग्रामीण आजीविकामा विविधता ल्याउनका लागि सहयोग गरिरहेको छ। तर कृषक र नव प्रवर्तकहरूबीच रहेको वर्तमान अन्तरको परिणामस्वरूप आंशिक लाभ मात्र पुगेको छ र यस अन्तरलाई मेटाउनु धेरै जरूरी छ।

यस विषयलाई भारतका उप-राष्ट्रपति एम वेंकैया नायडूले रेखाङ्कित गर्नुभएको थियो। उहाँले वैज्ञानिक समुदायलाई कृषकहरूले सामना गर्नु परिरहेका समस्याहरूको दीर्घकालिक समाधान खोज्ने र बाली उत्पादन तथा कृषकहरूको आयमा सुधार ल्याउने आह्वान गर्नुभएको छ। उहाँले  भन्नुभयो, कृषकहरू राष्ट्रको हितका लागि महत्त्वपूर्ण छन् किनकि उनीहरूले देशमा उत्पादित खाद्यको सुरक्षालाई कायम राख्न र सुनिश्चित गर्नमा ठूलो भूमिका निर्वाह गर्दछन्। वैज्ञानिकहरूले जलवायु अनुकुल, पौष्टिक र कम्ति पानीको खपत गर्ने किसिमको बाली उत्पादन गर्ने उपायहरू खोज्ने आह्वान पनि उप-राष्ट्रपतिले गर्नुभयो। ग्लोबल वार्मिंग र जलवायु परिवर्तन आजका प्रमुख चिन्ताहरू हुन् जसले गर्दा अप्रत्याशित तरिकाले मौसमको ढाँचामाथि प्रभाव परिरहेको छ।  यो कैयौंपल्ट ठूलो विनाशको कारण बनेको छ जसले खाद्य सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने गर्दछ। श्री नायडूले प्राकृतिक आपदाको कारणले कृषकहरू सामु आइपर्ने समस्याहरूलाई कसरी कम गर्न सकिन्छ त्यसबारे वैज्ञानिकहरूबाट जान्ने चाहना व्यक्त गर्नुभयो।

गम्भीर प्रयासको आह्वान गर्दै उप-राष्ट्रपतिले उत्पादन पूर्वको स्तरदेखि उत्पादन पश्चातको आयमा सुधारका लागि कृषि मूल्य शृंखलामा गुणवत्ता र मात्रा दुवै बढाउनमा प्रौद्योगिकीको महत्त्वपूर्ण भूमिकामाथि जोड दिनुभयो। यस विषयलाई ध्यान केन्द्रित गर्दै, बेंगलुरूमा १०७औं भारतीय विज्ञान कांग्रेसको एक भागको रूपमा पहिलो पटक कृषक केन्द्रित विज्ञान कांग्रेसको आयोजना गरिएको थियो जुन कृषक समुदायको लागि एक ठूलो प्रोत्साहन थियो। यस मञ्चबाट कृषकले धेरै लाभ उठाउन सक्ने छ कारण वैज्ञानिक-कृषक कुराकानीले अगिल्लो स्तरसम्म नवाचारलाई बढुवा दिने सक्ने छ, यसैबाट मानिसहरूलाई सामान्य रूपले लाभ हुनेछ। किसान विज्ञान कांग्रेसमा भाग लिनका लागि १२० नवाचार कृषकहरूलाई निम्त्याईएको थियो जसमा उनीहरूको आफ्ना नवोन्मेष र उत्पादनहरू प्रदर्शित गरे।

प्रधान मन्त्री नरेन्द्र मोदीले समेत कृषि अभ्यासहरूलाई सहयोग पुऱ्याउने प्रविधिहरूमा क्रान्ति ल्याउने आवश्यकतामाथि अनेकौं पटक बल दिइ सक्नु भएको छ। भारतलाई द्रुत विकासतर्फ अग्रसर गराउन वैज्ञानिकहरूलाई ‘नवोन्मेष, प्याटेन्ट, उत्पादन तथा समृद्ध गर्न अनि लाभान्वित हुन आह्वान गर्नुहुँदै उहाँले फसलका ठूटा जलाउने, पानीको उर्वरक र किटनाशकहरूको विवेकपूर्ण प्रयोग सरहका समस्याहरूको समाधान निम्ति कृषक केन्द्रीत समाधानहरू विकसित गर्न भन्नुभयो।

प्रधान मन्त्रीले, सस्तो तथा असल नवोन्मेषहरूको लागि अनेकौं अवसरहरू रहेको ग्रामीण विकासको क्षेत्रमा कार्य गर्न युवाहरूलाई आह्वान गर्नुभयो। विज्ञान एवम् प्रविधिले गर्दा नै, सरकारका कार्यक्रमहरू खाँचो परेकाहरू सम्म पुग्न सकेको कुरा उहाँले बताउनुभयो। प्रधान मन्त्रीले भन्नुभयो जियो ट्यागिङअग प्रविधि र तथ्याङ्क विज्ञान कै कारण ग्रामीण क्षेत्रका अनेकौं परियोजनाहरू समयमा पूरा गर्न सकिएको हो।

कृषिले भारतको अर्थ व्यवस्थामा एउटा अतिनै महत्त्वपूर्ण भूमिका खेल्छ। बाली वर्ष २०१७-२०१८ मा खाद्यान्नको उत्पादन रेकर्ड २८ करोड ४८ लाख ३० हजार टन रहेको थियो। वर्ष २०१८-२०१९-मा सरकारले २८ करोड ५२ लाख टन खाद्यान्न उत्पादनको लक्ष्य राखेको छ। आर्थिक वर्ष २०१७-मा दूधको उत्पादन १६ करोड ५४ लाख टन रहेको अडकल छ। सेप्टेम्बर २०१८-मा १० करोड ५७ लाख ८० हजार हयाक्टरमा खरिफ अर्थात् बर्खे बाली लगाइएको थियो।

भारत विश्वमा दोस्रो सर्वाधिक फल उत्पादन गर्ने मुलुक हो। अडकलहरू अनुसार वर्ष २०१८-१९-मा बागवानी उत्पादन रेकर्ड ३१ करोड ४७ लाख टन रहेको थियो।वित्त वर्ष २०१८-मा भारतको कूल कृषि निर्यात १६.४५ प्रतिशतबाट वृद्धि भइ ३८.२१ अर्ब अमेरिकी डलर पुगेको थियो। वित्त वर्ष २०१९-मा कृषि निर्यात ३८.५४ अर्ब अमेरिकी डलर थियो। भारत मसला एवम् मसला उत्पादन क्षेत्रमा सर्वाधिक ठूलो उत्पादक, उपभोक्ता र निर्यातक पनि हो। २०१७-२०१८-मा  भारतको मसाला निर्यात ३.१ अर्ब अमेरिकी डलरसम्म पुगेको थियो। २०१७-मा भारतबाट चियाको निर्यात्  २४ करोड ६८ हजार किलोग्राम भइ ३६ वर्षमा सबैभन्दा उच्च स्तरमा पुगेको थियो जबकी २०१७-१८-मा कफीको निर्यात ३ लाख ९५ हजार टनसम्म पुगेको थियो। २०१७-मा भारतमा खाद्यान्न र किराना खुदरा बजार ३८० अर्ब अमेरिकी डलर बराबर पुगेको थियो।

प्रधान मन्त्री मोदीले भन्नुभयो, डिजिटलाइजेसन, ई-कर्मस, इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग सेवाहरूले ग्रामीणहरूलाई महत्त्वपूर्णरूपले सहयोग पुऱ्याइरहेका छन् र थुप्रै ग्रामीण विकास पहलहरूका लागि र विशेषगरी लागत प्रवाही कृषि र उपभोक्ता आपूर्ति शृंखला सञ्जाल क्षेत्रमा प्रौद्योगिकीको उपयोग गर्न सकिन्छ।

आलेख: बिमान बासु, वरिष्ठ विज्ञान समीक्षक

अनुवादक एवम् वाचकः प्रशान्त मोक्तान