श्रीलङ्काका विदेश मन्त्रीको पहिलो भारत भ्रमण

श्रीलङ्काका विदेश मामिला, कौशल विकास, रोजगार तथा श्रम मन्त्री दिनेश गुनवरदेना आफ्नो पहिलो विदेश भ्रमणमा भारत आउनुभएको थियो। उहाँसँग चार सदस्यहरूको एक उच्च स्तरीय शीष्टमण्डल पनि आएको थियो। यो भ्रमण, श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षद्वारा नोभेम्बर २०१९ मा गरिएको भारत भ्रमण कै निरन्तरतामा भएको थियो। भ्रमणको बेला श्री गुनवरदेनाले उहाँका भारतीय समकक्षीहरू, परराष्ट्र मामिला मन्त्रालयबाट डक्टर एस. जयशङ्कर, कौशल विकास तथा उद्यमिता मन्त्रालयबाट श्री महेन्द्र नाथ पाण्डे साथै भारतीय श्रम तथा रोजगार मन्त्रालयबाट श्री सन्तोष गंगवारलाई भेट्नुभयो। श्रीलङ्काका विदेश मन्त्रीले फेडरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की) का सदस्यहरूलाई पनि सम्बोधन गर्नुभयो। उहाँले नयाँ दिल्ली स्थित जन हितमाथि अध्ययन र वकालत गर्ने संगठन, विज्ञान तथा पर्यावरण केन्द्र र भारतीय महाबोधी समाज केन्द्रको भ्रमण गर्नुभयो।

भारतका विदेश मामिला मन्त्री डक्टर एस. जयशङ्करद्वारा मेजमान शीष्टमण्डलस्तरीय वार्ताको बेला दुवै मन्त्रीहरूले द्विपक्षीय सम्बन्धका समग्र क्षेत्रहरूमाथि छलफल गर्नुभयो जसमा लगानी, सुरक्षा, मत्स्यपालन, विकास सहयोग र हाल जारी परियोजनाहरू, पर्यटन, शिक्षा तथा सांस्कृतिक सरसहयोग आदि सामेल छन्। साथै उहाँहरूले भारत र श्रीलङ्का बिचको घनिष्ठ र मैत्रिपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने तरिकाहरू खोज्नका लागि पनि छलफल गर्नुभयो। श्रीलङ्काका विदेश मन्त्रीले, राष्ट्रपति राजपक्षले उहाँको प्रथम भारत भ्रमणको बेला कौशल विकास, व्यवसायिक प्रशिक्षण र क्षमता निर्माणमाथि विशेष बल दिँदै भारतसित सहयोगका नयाँ विषयहरू खोज्नमाथि दिनुभएको महत्त्वलाई पुन: दोहोऱ्याउनुभयो र यसमा भारतको समर्थनको आग्रह गर्नुभयो। डक्टर जय शङ्करले आश्वासन दिँदै यस्ता पहलहरूलाई ती क्षेत्रहरूमा आफ्ना संस्थानहरूका मान्यताप्राप्त बलको आधारमा साथै श्रीलङ्काका आवश्यकताहरूको आधारमा भारतको पूर्ण समर्थन रहेको बताउनुभयो। दुई पक्षहरूले यी क्षेत्रहरूमाथि समझदारी ज्ञापनपत्रहरूमा हस्ताक्षर गर्न विचार विमर्श गर्दै छन्। दुवै मन्त्रीहरूले जलवायु परिवर्तन र आतङ्कवाद विरुद्ध कारबाही लगायत आपसी हिताका क्षेत्रीय र वैश्विक मामिलाहरूमाथि विचारहरू आदानप्रदान गर्नुभयो।

डक्टर जयशङ्करले राष्ट्रपति गोतबाया राजपक्षद्वारा श्रीलङ्काको हिरासतमा रहेका १५ भारतीय मछुवाहरू र ५२ डुङ्गाहरू छोड्न गरिएको घोषणामा भएको प्रगतिको समीक्षा गर्नुभयो। श्रीलङ्काली पक्षले बताए अनुसार यो प्रक्रिया अघि नै सुरु भइसकेको छ। मीडिया रिपोर्टहरू अनुसार, भारतमा बसिरहेका श्रीलङ्काली शरणार्थीहरूको फिर्तासम्बन्धी पनि छलफल भयो।

श्रीलङ्का फर्कीसकेपछा मन्त्री गुनवरदेनाले मीडियालाई बताउनुभयो कि श्रीलङ्का सरकारले आफ्नो मूलभूमि फर्कने चाहने करीब ३००० श्रीलङ्काली शरणार्थीहरूलाई सम्बन्धित जिल्ला सचिवालयहरूमार्फत अङ्गीकार गर्न र आवश्यक सुविधाहरू प्रदान गर्न व्यवस्था मिलाइरहेको छ। फिर्ता हुन चाहनेहरूको पहिलो समूह फेब्रुअरीमा फिर्ता हुने अपेक्षा गरिँदैछ।  यी श्रीलङ्काली मन्त्री अनुसार फिर्ता जान चाहनेहरूको पहिचानको पुष्टि भइसकेपछि, यस द्वीप राष्ट्रका उत्तरी र पूर्वी क्षेत्रका प्रादेशिक एजेन्सीहरूले उनीहरूलाई उनीहरूका मूलभूमिहरूमा पुनर्बास गराउन व्यवस्था मिलाउने छन्। ध्यान दिनु पर्ने कुरो यो छ कि दुई मुलुकहरू भारतमा बसोबास गरिरहेका श्रीलङ्काली शरणार्थीहरूको फिर्तीमाथि वर्षौँदेखि छलफलरत छन्। हालसम्म, श्रीलङ्का फिर्ता जान  चाहने सबै शरणार्थीहरूका लागि व्यवस्था राष्ट्र संघ मानव अधिकार आयोगले मिलाइरहेको छ। श्रीलङ्का सरकारको पक्षबाट शरणार्थीहरूलाई पुनर्बास गराउन धरातलमा कुनै सहयोग र सुविधाहरू नरहेको हुँदा, कैयौँ शरणार्थीहरूले फिर्ता हुन मनाही गरेका छन्। यसै सन्दर्भमा, श्री गनवरदेनाले मीडियालाई दिनुभएको वक्तव्य एक स्वागतनीय घटनाक्रम हो।

मित्र देशहरूको रूपमा भारत र  श्रीलङ्काले सुरक्षा, पर्यटन, संस्कृति, शिक्षा, कौशल विकास, क्षमता निर्माण र पूर्वाधार विकास जस्ता क्षेत्रहरूमा सम्बन्ध प्रगाढ बनाएका छन्। यद्यपि, मत्स्य क्षेत्र र श्रीलङ्कामा भारतद्वारा वित्तपोषित विकास परियोजनाहरूमा दुई मुलुकहरूबिच कतिपय चिन्ता र विवादहरू छन्। यी विषयहरूलाई धेरै पहिले नै चिह्नित गरिएतापनि, यी विषयहरू द्विपक्षीय सम्बन्धमा व्यवधान बन्न जारी रहेका छन्। यो विश्वास राखिएको छ कि श्री दिनेश गुनवरदेनाको भ्रमण समेत नोभेम्बर २०१९ मा सम्पन्न राष्ट्रपति चुनावपश्चात दुई देशहरूबिच सुरु भएको उच्च-स्तरीय आदानप्रदानको प्रक्रियाले द्विपक्षीय सम्बन्धलाई अझ गहन मात्र पार्ने छैन अपितु यसले विद्यमान चिन्ताहरूलाई सम्बोधन गर्ने दिशामा प्रभावी र दिगो समाधानहरूलाई सुगमता पनि प्रदान गर्नेछ।

श्रीलङ्काका विदेश मामिला, कौशल विकास, रोजगार तथा श्रम मन्त्री दिनेश गुनवरदेना आफ्नो पहिलो विदेश भ्रमणमा भारत आउनुभएको थियो। उहाँसँग चार सदस्यहरूको एक उच्च स्तरीय शीष्टमण्डल पनि आएको थियो। यो भ्रमण, श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षद्वारा नोभेम्बर २०१९ मा गरिएको भारत भ्रमण कै निरन्तरतामा भएको थियो। भ्रमणको बेला श्री गुनवरदेनाले उहाँका भारतीय समकक्षीहरू, परराष्ट्र मामिला मन्त्रालयबाट डक्टर एस. जयशङ्कर, कौशल विकास तथा उद्यमिता मन्त्रालयबाट श्री महेन्द्र नाथ पाण्डे साथै भारतीय श्रम तथा रोजगार मन्त्रालयबाट श्री सन्तोष गंगवारलाई भेट्नुभयो। श्रीलङ्काका विदेश मन्त्रीले फेडरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की) का सदस्यहरूलाई पनि सम्बोधन गर्नुभयो। उहाँले नयाँ दिल्ली स्थित जन हितमाथि अध्ययन र वकालत गर्ने संगठन, विज्ञान तथा पर्यावरण केन्द्र र भारतीय महाबोधी समाज केन्द्रको भ्रमण गर्नुभयो।

भारतका विदेश मामिला मन्त्री डक्टर एस. जयसङ्करद्वारा मेजमान शीष्टमण्डलस्तरीय वार्ताको बेला दुवै मन्त्रीहरूले द्विपक्षीय सम्बन्धका समग्र क्षेत्रहरूमाथि छलफल गर्नुभयो जसमा लगानी, सुरक्षा, मत्स्यपालन, विकास सहयोग र हाल जारी परियोजनाहरू, पर्यटन, शिक्षा तथा सांस्कृतिक सरसहयोग आदि सामेल छन्। साथै उहाँहरूले भारत र श्रीलङ्का बिचको घनिष्ठ र मैत्रिपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने तरिकाहरू खोज्नका लागि पनि छलफल गर्नुभयो। श्रीलङ्काका विदेश मन्त्रीले, राष्ट्रपति राजपक्षले उहाँको प्रथम भारत भ्रमणको बेला कौशल विकास, व्यवसायिक प्रशिक्षण र क्षमता निर्माणमाथि विशेष बल दिँदै भारतसित सहयोगका नयाँ विषयहरू खोज्नमाथि दिनुभएको महत्त्वलाई पुन: दोहोऱ्याउनुभयो र यसमा भारतको समर्थनको आग्रह गर्नुभयो। डक्टर जय शङ्करले आश्वासन दिँदै यस्ता पहलहरूलाई ती क्षेत्रहरूमा आफ्ना संस्थानहरूका मान्यताप्राप्त बलको आधारमा साथै श्रीलङ्काका आवश्यकताहरूको आधारमा भारतको पूर्ण समर्थन रहेको बताउनुभयो। दुई पक्षहरूले यी क्षेत्रहरूमाथि समझदारी ज्ञापनपत्रहरूमा हस्ताक्षर गर्न विचार विमर्श गर्दै छन्। दुवै मन्त्रीहरूले जलवायु परिवर्तन र आतङ्कवाद विरुद्ध कारबाही लगायत आपसी हिताका क्षेत्रीय र वैश्विक मामिलाहरूमाथि विचारहरू आदानप्रदान गर्नुभयो।

डक्टर जयशङ्करले राष्ट्रपति गोतबाया राजपक्षद्वारा श्रीलङ्काको हिरासतमा रहेका १५ भारतीय मछुवाहरू र ५२ डुङ्गाहरू छोड्न गरिएको घोषणामा भएको प्रगतिको समीक्षा गर्नुभयो। श्रीलङ्काली पक्षले बताए अनुसार यो प्रक्रिया अघि नै सुरु भइसकेको छ। मीडिया रिपोर्टहरू अनुसार, भारतमा बसिरहेका श्रीलङ्काली शरणार्थीहरूको फिर्तासम्बन्धी पनि छलफल भयो।

श्रीलङ्का फर्कीसकेपछि मन्त्री गुनवरदेनाले मीडियालाई बताउनुभयो कि श्रीलङ्का सरकारले आफ्नो मूलभूमि फर्कने चाहने करीब ३००० श्रीलङ्काली शरणार्थीहरूलाई सम्बन्धित जिल्ला सचिवालयहरूमार्फत अङ्गीकार गर्न र आवश्यक सुविधाहरू प्रदान गर्न व्यवस्था मिलाइरहेको छ। फिर्ता हुन चाहनेहरूको पहिलो समूह फेब्रुअरीमा फिर्ता हुने अपेक्षा गरिँदैछ।  यी श्रीलङ्काली मन्त्री अनुसार फिर्ता जान चाहनेहरूको पहिचानको पुष्टि भइसकेपछि, यस द्वीप राष्ट्रका उत्तरी र पूर्वी क्षेत्रका प्रादेशिक एजेन्सीहरूले उनीहरूलाई उनीहरूका मूलभूमिहरूमा पुनर्बास गराउन व्यवस्था मिलाउने छन्। ध्यान दिनु पर्ने कुरो यो छ कि दुई मुलुकहरू भारतमा बसोबास गरिरहेका श्रीलङ्काली शरणार्थीहरूको फिर्तीमाथि वर्षौँदेखि छलफलरत छन्। हालसम्म, श्रीलङ्का फिर्ता जान  चाहने सबै शरणार्थीहरूका लागि व्यवस्था राष्ट्र संघ मानव अधिकार आयोगले मिलाइरहेको छ। श्रीलङ्का सरकारको पक्षबाट शरणार्थीहरूलाई पुनर्बास गराउन धरातलमा कुनै सहयोग र सुविधाहरू नरहेको हुँदा, कैयौँ शरणार्थीहरूले फिर्ता हुन मनाही गरेका छन्। यसै सन्दर्भमा, श्री गनवरदेनाले मीडियालाई दिनुभएको वक्तव्य एक स्वागतनीय घटनाक्रम हो।

मित्र देशहरूको रूपमा भारत र  श्रीलङ्काले सुरक्षा, पर्यटन, संस्कृति, शिक्षा, कौशल विकास, क्षमता निर्माण र पूर्वाधार विकास जस्ता क्षेत्रहरूमा सम्बन्ध प्रगाढ बनाएका छन्। यद्यपि, मत्स्य क्षेत्र र श्रीलङ्कामा भारतद्वारा वित्तपोषित विकास परियोजनाहरूमा दुई मुलुकहरूबिच कतिपय चिन्ता र विवादहरू छन्। यी विषयहरूलाई धेरै पहिले नै चिह्नित गरिएतापनि, यी विषयहरू द्विपक्षीय सम्बन्धमा व्यवधान बन्न जारी रहेका छन्। यो विश्वास राखिएको छ कि श्री दिनेश गुनवरदेनाको भ्रमण समेत नोभेम्बर २०१९ मा सम्पन्न राष्ट्रपति चुनावपश्चात दुई देशहरूबिच सुरु भएको उच्च-स्तरीय आदानप्रदानको प्रक्रियाले द्विपक्षीय सम्बन्धलाई अझ गहन मात्र पार्ने छैन अपितु यसले विद्यमान चिन्ताहरूलाई सम्बोधन गर्ने दिशामा प्रभावी र दिगो समाधानहरूलाई सुगमता पनि प्रदान गर्नेछ।

आलेख: गुलबिन सलताना, रक्षा अध्ययन तथा विश्लेषण संस्थानका शोध विश्लेषक

अनुवाद एवम् वाचन:  प्रणय सुब्बा