भारत-लाटवीया सम्बन्धमा नयाँ गति

लाटवीयाका विदेश मन्त्री एडगर्स रिङ्केविक्सको भारतको राजकीय भ्रमणले लाटवीयासँग भारतको द्विपक्षीय सम्बन्धलाई भर्खरै प्राप्त गतिलाई थप ऊर्जा मिलेको छ। सेप्टेम्बर २०१६ मा भारतका सूचना प्रविधि तथा कानुन एवम् न्याय मन्त्री, श्री रवी शङ्कर प्रसाद लाटवीयाको भ्रमणमा जानुभएको थियो। लाटवीयाका प्रधान मन्त्रीले नोभेम्बर २०१७ मा भारतको एक ऐतिहासिक भ्रमण गर्नुभयो। भारतका उप राष्ट्रपति श्री एम. वेंकैया नायडु अगस्ट २०१९ मा लाटवीया जानुभएको थियो।

भारतको लाटवीयासँग सम्बन्ध सयौँ वर्ष पुरानो हो। २२ सेप्टेम्बर १९२१ मा लाटवीया “लीग अफ नेशन्स” को एक स्वतन्त्र सदस्य बन्यो। १० जनवरी १९२० देखि लीगको एक मूल संस्थापक-सदस्य रहिआएको हुनाले भारतले विश्वको यो पहिलो बहुपक्षीय संगठनमा लाटवीयाको सदस्यतालको समर्थन गरेको थियो।

लीगमा हुँदाखेरि नै भारत र लाटवीयाले शिक्षण र सांस्कृतिक क्षेत्रमा सहयोग स्थापित गरेका थिए। लाटवीयाको राष्ट्रिय बौद्धिक सहयोग समिति १९२३ मा रिगा विश्वविद्यालयमा लाटवीयाको विदेश मन्त्रालयको मदतमा स्थापित गरिइएको थियो। पछि गएर भारतका दोस्रो राष्ट्रपति समेत बन्नुभएका डक्टर सर्वेपल्ली राधाकृष्णनको नेतृत्वमा भारत १९३० को दशकमा लीगको अन्तर्राष्ट्रिय बौद्धिक सहयोग समितिको सदस्य थियो। यस समितिले १९४६ मा पेरिसमा राष्ट्र संघ शिक्षण, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) स्थापित गर्नमा एउटा ठूलो भूमिका खेलेको थियो।

१३ जनवरी २०१९ को दिन लाटवीयाका विदेश मन्त्रीले नयाँ दिल्ली स्थित लाटवीयाको राजदूतावासमा जवाहरलाल नेहरू विश्वविद्यालयकी प्रोफेसर साधना नैथानीद्वारा “बालटिक इतिहासको लोक-कथा” सम्बन्धी एउटा पुस्तक विमोचन गर्नुभयो। यस महत्त्वपूर्ण कृतिमा बालटिकका लोक गीत र स्वाधीनता सङ्ग्राममा ती गीतहरूको असरबारे वर्णन छन्।
भारतले महात्मा गान्धीको नेतृत्वमा स्वाधीनताको शिखरमा पुग्न अहिंसाको प्रयोग गर्न सफलता हासिल गरेको गाथा लाटवीयामा व्यापक तवरमा सञ्चार भएको छ। १९९१ मा एक हिङ्साहीन स्वाधीनता सङ्ग्राममार्फत पुन: एक स्वतन्त्र लाटवीया जन्मेको घटनाक्रमलाई भारतले स्वागत जनाएको थियो। लाटवीयाका विदेश मन्त्री रिङ्केविक्सले राजघाटमा गान्धीजीको समाधिमा एउटा पुष्पचक्र अर्पण गरेर आफ्नो राजकीय भ्रमणको सुरुआत गर्नुभयो

यो इतिहासले आज भारत र लाटवीयाबिच सहयोग बलियो बनाउनका लागि नयाँ जोड दिने आधार प्रदान गरेको छ। हाल रिगा विश्वविद्यालयमा लगभग १५०० भारतीय विद्यार्थीहरू चिकिस्ता र प्रविधि पाठ्यक्रमहरूमा अध्ययनरत छन्। यस विश्वविद्यालयले २०१३ देखि एउटा भारतीय अध्ययन एवम् सांस्कृतिक केन्द्र खोलेको छ। जवाहरलाल नेहरू विश्वविद्यालयको बालटिक अध्ययन विभाग, र हरिद्वारमा देव संस्कृति विश्वविद्यालय, जसले “अन्तर्राष्ट्रिय भारत-बालटिक संस्कृति एवम् अध्ययन पत्रिका” प्रकाशित गर्ने गर्छन्, उनीहरू द्विपक्षीय शिक्षण सहयोगको विकास गर्ने स्वाभाविक साझेदारहरू हुन्।

आज लाटवीया बालटिक सागर छेउका ती राष्ट्रहरूमा आउँछ जसले आफ्ना नागरिकहरूको सशक्तिकरण र सामाजिक-आर्थिक विकासलाई गति प्रदान गर्नका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका छन्। उक्त प्राथमिकता भारतले आफ्नो डिजिटल भारत कार्यक्रमद्वारा प्रदान गरेको छ। लाटवीया र भारतबिच डिजिटल क्षेत्रमा, विशेषगरि डिजिटल अर्थतन्त्रमा महिलाहरूलाई गोजगारको सिप प्रदान गर्ने सहयोगको ठूलो अवसर रहेको छ।
मार्च २०१५ मा प्रधान मन्त्री नरेन्द्र मोदीले “सेक्युरिटी एन्ड ग्रोथ फर अल इन द रिजियन, एसएजीएआर ” (सागर) नीति अन्तर्गत हिन्द महासागरमा भारतका समुद्री हितहरू अभिव्यक्त गर्नुभएको थियो। रिगाको बन्दरगाह प्रबन्धमा लगायत आफ्नो बलियो समुद्री परम्पराले गर्दा लाटवीया भारतको हिन्द महासागर विकसित गर्ने र सुरक्षित राख्ने समुद्री रणनीतिका लागि एक योग्य साझेदार हो। यसले भारत र लाटवीयाबिच युरोपेली संघलाई भारतसित जोड्ने अन्तर्राष्ट्रिय उत्तर-दक्षिण यातायात सडक सँग-सँगै बृहत समुद्री सम्पर्कताका लागि गति प्रदान गर्नेछ।

जून २०२० मा भारत राष्ट्र संघ सुरक्षा परिषदको दुई वर्षे कार्यकाल (२०२१-२२) निम्ति एक गैर-स्थायी सदस्यको रूपमा निर्वाचित हुने अपेक्षा छ भने लाटवीयाले २०२६-२७ मा सुरक्षा परिषदको एक गैर-स्थायी सदस्य बन्नका लागि आफ्नो उम्मेदवारीको घोषणा गरेको छ। दुवै मुलुकहरूले प्रभावी र न्यायसंगत बहुपक्षीयवादप्रति प्रतिबद्धता साझा गर्छन्। यस्तो हुनु, परिषदको कार्यकारी प्रक्रियामा बढी पारदर्शिता र पाँच स्थायी सदस्यहरूको भीटो विशेषाधिकार हटाउदै राष्ट्र संघ सुरक्षा परिषदमा सुधार गरेर मात्रै सम्भव छ।

भारत र लाटवीयाका लक्ष्यहरू अन्तर्राष्ट्रिय सहयोगको सिद्धान्तमा आधारित सुधारिएको बहुपक्षीयवादमार्फत पूरा हुनेछ। यो दिशामा पहिलो कदम नै सारिएको हुनुपर्छ राष्ट्र संघमा, जसले आफ्नो ७५औँ स्थापना दिवस २१ सेप्टेम्बर २०२० मा मनाउदैछ।

आलेख: अशोक मुखर्जी, राष्ट्र संघमा भारतका पूर्व स्थायी प्रतिनिधि
अनुवाद एवम् वाचन: प्रणय सुब्बा