विदेश प्रसारण प्रभाग अल इन्डिया रेडियो – Page 23 – ब्लग

दैनिक सामयिक समीक्षा

भारतमा लोकतन्त्रको पर्व आरम्भ


भारत विश्वको सर्वाधिक ठूलो लोकतान्त्रिक अभ्यासको साक्षी बनिराखेको छ। १ अर्बभन्दा अधिक जनसंख्या रहेको यस राष्ट्रमा समग्र चुनावको ‘जननी’ मानिने आमचुनाव हिजोदेखि सुरु हुनकासाथै लोकतन्त्रको महान पर्व आरम्भ भएको छ। बिहीबार पहिलो चरणको मतदान १८ राज्य तथा २ केन्द्रशासित प्रदेशका ९१ लोकसभा निर्वाचन क्षेत्रहरूमा अत्यन्तै शान्तिपूर्ण परिवेशमा सम्पन्न भयो। पहिलो…

चीनको एक बेल्ट एक सडक अग्रसरताको सम्बन्धमा भारतले लिएको अडानको पुनःपुष्टि


यसै महिना केही पछि चीनमा हुने ‘बेल्ट अनि सडक’ मञ्चमा भाग लिनको लागि चीनको आमन्त्रणलाई भारतले अस्वीकार गरेको छ। बेल्ट अनि सडक मञ्चमा भाग लिने सम्बन्धमा भारतले आमन्त्रणलाई अस्वीकार गरेको यो दोस्रो अवसर हो। सन् २०१७-मा भारतले प्रथमपल्ट यस आशयको आमन्त्रणलाई अस्वीकार गरेको थियो। यस वर्ष हुने दोस्रो बेल्ट अनि…

भारतद्वारा श्रीलंकासित प्रतिरक्षा सर-सहयोगमा वृद्धि


भारतका रक्षा सचिव संजय मित्र श्रीलंकाको दुइ दिवसीय सरकारी यात्रामा जानुभएको थियो। यात्राको बेलामा उहाँले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना, श्रीलंकाका रक्षा सचिव हेमासिरि फर्नान्डो अनि सेना प्रमुख एडमिरल रविन्द्र विजेगुणारत्नेसित भेटघाट गर्नुभयो। दुवै मुलुकहरूले  क्षेत्रीय सुरक्षा सर-सहयोगलाई विस्तार गर्ने कुरोमा सहमति जनाए जसमा मानव तस्करी र लागू पदार्थहरूको ओसारपसार जस्ता…

पाकिस्तानका गैर-जिम्मेदार बयानहरू


के प्रतीत भइरहेछ भने पाकिस्तानमा एक विचित्र खेल खेलिँदैछ। पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेशीले मुल्तानमा भारत विरुद्ध निरर्थक आरोपहरू लगाउँदै भन्नुभयो कि आगामी दिनहरूमा नयाँ दिल्लीले कार्यवाहीहरूमा वृद्धि गर्न सक्छ। यहाँ के उल्लेखनीय छ भने पुलवामा आक्रमण पश्चात् अझ पनि दुइ देशरू बीच तनाउ जारी छ। पाकितानका विदेश मन्त्रीको…

मालदीभमा तेस्रो बहुदलीय संसदीय चुनाउ


राष्ट्रपति चुनाउका ६ महिना पश्चात्, गत शनिबार मालदीभमा तेस्रो बहुदलीय संसदीय चुनाउ  सम्पन्न भयो। मालदीभियन डेमोक्र्याटिक पार्टी, एमडीपी-ले ८७ सीटहरूमध्ये ६७ सीटहरूमा विजय प्राप्त गरेर बहुमत हासिल गऱ्यो। एमडीपी-ले माले सिटी, अद्दु सिटी अनि फुवामुलाहमा अधिकांश सीटहरू प्राप्त गऱ्यो। सन् २००८-मा मालदीभले लोकतान्त्रिक बहुदलीय प्रणाली अपनाएपछि कुनै पार्टीले जितेको सीटहरूको…

भोकमरीको गम्भीर समस्याले गर्दा विश्वका १० करोडभन्दा बढी मानिसहरू अझै प्रभावित


खाद्य सुरक्षाको समस्या विश्वव्यापी रूपमा एउटा ठुलो चुनौती बनिरहेको छ। बढ्दो जनसङ्ख्या, आयस्तामा वृद्धि, बदलिँदो खानपान, पानीको बढ्दो अभाव, भोजनको अभाव, सिंचाइ प्रक्रियामा कमी, भूमि कटानको बढ्दो समस्या, जलवायु परिवर्तन र जल आरक्षहरू पग्लने घटनाहरूले खाद्य सुरक्षा सुनिश्चित गर्ने दिशामा तगारो तेर्साइरहेका छन्। यस्ता समस्याहरूले खासगरी उदीयमान अर्थव्यवस्थाहरूलाई मर्कामा पारिराखेका…

पाकिस्तानमा राजनैतिक फुट गहिरिँदै


सत्तारुढ तेहरीक-ए-इन्साफ पार्टी (पीटीआई)-मा रहेको फुट अब स्पष्ट देखिन थालेको छ। दुई गुटले, एउटा विदेश मन्त्री शाह मेहमूद कुरैशीको नेतृत्वमा रहेको, अनि अर्को जहाँगीर तरीनको नेतृत्वमा रहेको, एक-अर्कामाथि शाब्दिक प्रहार गर्न थालेका छन्। दुई गुट बीच ट्वीटरमा भीषण युद्ध भइराखेको छ। दुवै गुट मुलुकको दक्षिणी क्षेत्रको सर्वाधिक ठूलो अनि अत्यन्तै…

वृद्धिलाई गति प्रदान गर्नको लागि भारतीय रिजर्भ ब्याङ्कको मौद्रिक नीति


भारतीय रिजर्भ ब्याङ्कको वर्तमान वित्त वर्षको प्रथम द्वि-मासिक मौद्रिक नीति समीक्षा सबैको अपेक्षा अनुरूप नै थियो र सबैले अपेक्षा गरे झैं दरमा कटौतीको घोषणा गरियो, जसको फलस्वरूप भारतको जीवन्त अर्थव्यवस्थाका विविध क्षेत्रहरूमा खुशीको लहर दौडियो। खुदरा मुद्रास्फीति दर अल्प रहेको तथा निर्माण-उत्पादनसित सम्बद्ध सबै क्षेत्रहरूलाई सस्तो दरमा पुँजीको पर्याप्त प्रवाहद्वारा…

भारत अनि रसियाद्वारा उनीहरू बीच रचनात्मक सम्बन्धको पुनःपुष्टि


भारतका परराष्ट्र सचिव विजय के. गोखले रसियाको दुई दिवसयी यात्रामा जानुभएको थियो। श्री गोखलेले रसियाका कतिपय महत्त्वपूर्ण मन्त्रीहरूसित बैठक गर्नुभयो जो अति नै फलप्रद रह्यो। विदेश कार्यालयसित सम्बद्ध द्विपक्षीय विचार-विमर्शहरूको लागि उहाँले उप-विदेश मन्त्री, इगोर मर्गुलोभलाई भेट्नुभयो। भारतका परराष्ट्र सचिवले उप-मन्त्री सरगेइ ऱ्याबकोभ तथा उप-प्रधान मन्त्री साथै रसियाली सुदूर पूर्व…

भारतका राष्ट्रपति राम नाथ कोविन्दको बोलिभिया अनि चिली यात्रा


भारत र ल्याटिन अमेरिका बीच धेरै कुराहरू साझा छन्। आज यदि विश्वले एकटक लगाएर भारतलाई हेरिरहेको छ भने, त्यसको कारण हो, एक प्रमुख वैश्विक शक्तिको रूपमा भारतको उदय। भारत र ल्याटिन अमेरिकाले एक परिपक्व सहभागितातर्फ विस्तारै पाइलो सारिरहेका छन्। उपेक्षा र सीमित संलग्नताका दशकौं पश्चात् अब ल्याटिन अमेरिका र क्यारिबियाली…