दैनिक सामयिक समीक्षा

भारत-मोनाको सम्बन्ध प्रगति पथमा


मोनाकोका राष्ट्रप्रमुख राजकुमार अलबर्ट द्वितीय भारतको पहिलो भ्रमणमा आउनुभएको छ। भारत-मोनाको सम्बन्ध धेरै पुरानो भएतापनि उनीहरूले कुटनीतिक सम्बन्ध भने २००७-मा मात्रै स्थापित गरेका थिए। मोनाको एउटा अति नै सानो रजवाडा हो जो पश्चिमी युरोपमा फ्रान्सको तटीय क्षेत्रमा अवस्थित एक स्वतन्त्र राष्ट्र हो। यसले फ्रान्ससित तीनपट्टिबाट सिमाना साझा गर्दछ भने एकपट्टि यसको…

बाङ्गलादेशका विदेश मन्त्रीको भ्रमण तथा भारत-बाङ्गलादेश सम्बन्ध


बाङ्गलादेशका विदेश मन्त्री डक्टर ए.के. अब्दुल मोमेन उच्चस्तरीय शिष्टमण्डलका साथ भारत-बाङ्गलादेश द्विपक्षीय सम्बन्धलाई निकटबाट हेरचाह गर्ने मन्त्रीस्तरको एउटा परामर्श निकाय, संयुक्त परामर्श आयोगको पाँचौँ बैठकमा सहभागी बन्न नयाँ दिल्ली आउनुभएको थियो। दुई मुलुकहरूले परस्पर चिन्ताका विषयहरूमाथि छलफल गरे साथै केही समझदारी ज्ञापनहरूमा हस्ताक्षर पनि गरे। ढाकामा नयाँ सरकारले कार्यभार सम्हालेपछि…

भारतद्वारा सञ्चार उपग्रहको प्रक्षेपण


बुधवार एकाबिहानै भारतको ४०औँ सञ्चार उपग्रह जिस्याट-३१-को सफल प्रक्षेपण निर्बाध रूपमा सञ्चार सेवाहरू सुनिश्चित गर्नका लागि एक महत्त्वपूर्ण पाइलो हो किनभने ११ वर्ष पुरानो इनस्याट-४ सिआर उपग्रहले चाँडैनै आफ्नो जीवन-अवधि पुरा गरेर काम गर्न बन्द गर्नेछ। जिस्याट-३१-को प्रक्षेपण फ्रेन्च गयानाको कौरूमा स्थित युरोपको अन्तरिक्ष अड्डा गयाना अन्तरिक्ष केन्द्रबाट अरिआनस्पेस को…

बिग्रँदो इराक-अमेरिका सम्बन्ध


अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हालैमा एउटा टेलिभिजन भेटवार्ताको दौरान के टिप्पणी गर्नुभएको थियो भने उहाँले ‘इरानमाथि नजर राख्न’ इराकमा अमेरिकी सैनिकहरू रहुन् भनी चाहनुहुन्छ। उहाँको यो टिप्पणीले अन्तर्राष्ट्रिय क्षेत्रमा हङ्गामा मच्चाएको थियो, र यसले मध्य पूर्व क्षेत्रको स्थिरतामाथि चिन्तालाई बढाएको थियो। यो टिप्पणीले इराक-अमेरिका सम्बन्ध नयाँ न्यून स्तरमा झरेको पनि…

एक मजबुत सामाजिक क्षेत्र निर्माण गर्ने अन्तरिम बजेटको लक्ष्य


वित्त मन्त्री पियुष गोयलद्वारा २०१९-२०२०-का लागि प्रस्तुत अन्तरिम बजेटमा किसान र कृषि कामदारहरूमाथि व्यापक ध्यान दिइएको छ अनि समाजका अन्य वञ्चित वर्गहरूका लागि आवन्टन रकममा वृद्धि गरिएको छ। फेब्रुअरी १ तारिख प्रस्तुत यो अन्तरिम बजेट समाज हितैषी बजेट हो किनभने यसले साना एवम् वञ्चित किसानहरू तथा असंगठित क्षेत्रका कामदारहरूको जीवनस्तर…

भारतीय बजेटले रक्षा आधुनिकीकरण सुनिश्चित गर्नेछ


भारतको रक्षा बजेट आवन्टनले पहिलोपटक ३ ट्रिलियन रुपियाँको सीमा नाघेबापत केही दिनदेखि निकै बहस र छलफलहरू भइरहेका छन्। पहिलो फेब्रुअरी २०१९-का दिन पेस गरिएको वर्ष २०१९-२०-को अन्तरिम बजेटले वर्ष २०१८-१९-को बजेटको तुलनामा ७ प्रतिशत बढी कोष आवन्टित गरेको छ। थुप्रै विश्लेषकहरू खासगरि निकट छिमेकका विशेषज्ञहरूले भारतको रक्षा बजेटलाई आक्रमक र…

आसिया बिबीको रिहाइ


लगभग एक दशकपछि आसिया बिबीको पिडा तब समाप्त भयो जब पकिस्तानको सर्वोच्च अदालतले उनी विरुद्ध दायर समीक्षा याचिका खारिज गर्दै उनलाई ईशनिन्दाका आरोपहरूबाट मुक्त गरिदिए। तर फैसलाको लगत्तैपछि मुख्यत: तेहरीक-ए-लब्बाइक पाकिस्तान (टीएलपी)-सित सम्बन्धित प्रदर्शनकारीहरूको एउटा झुण्डले जम्ल्याहा सहर रावलपिन्डी र इस्लामाबादलाई जोड्ने मुख्य सडक अवरोध गरेको थियो। उस्तै विरोध प्रदर्शनका…

वित्तीय गणित नबिगारिकनै मजबुत अन्तरिम बजेट पेस


आर्थिक वर्ष २०१९-२० को अन्तरिम बजेटले सबै सरोकारवालाहरूलाई रिझाउने साहसिक जमर्को गरेको छ। पीडा झेलिरहकेका किसान, मध्यम वर्गका करदाता र असङ्गठित क्षेत्रका कामदारहरूको समूहलगायतका सबै वर्गले बजेटबाट खुसी हुनु पर्ने केही न केही अवसर पाएका छन्। वित्तीय सुदृढीकरण, करको विद्यमान आन्तरिक तथा बाह्य बोझमा कुनै किसिमको नाटकीय फेरबदल नगरिकनै यो…

भारत र किर्गिजस्तान विकासशील साझेदारी मजबुत पार्दै


भारत र किर्गिजस्तानको बढ्दो द्विपक्षीय संलग्नतालाई मजबुत पार्न र नयाँ दिशा दिनका लागि किर्गिज गणराज्यका विदेश मन्त्री चिङ्गिज अज्मातोविच ऐदरबेकोभ भारतको आफ्नो पहिलो आधिकारिक भ्रमणमा आउनुभएको थियो। विदेश मन्त्री ऐदरबेकोभले उपराष्ट्रपति एम. वेंकैया नायडु र वित्त राज्य मन्त्री शिव प्रताप शुक्लालाई भेट्नुभयो। उहाँले एउटा कारोबार मञ्चलाई सम्बोधन गर्नुभयो र भारतकी…

आईएनएफ सन्धिलाई लिएर रसिया र अमेरिका बीच विवाद


अक्टोबर २०१८-मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्गटन ‘इन्टरमिडिएट रेञ्ज न्यूक्लियर फोर्सेस ट्रिटी’ वा आईएनएफ सन्धिबाट बाहिरिँदै छ भनी उद्घोषणा गर्नुभएको थियो। धरातलबाट प्रहार गर्नसक्ने मध्य-दूरीका प्रक्षेपास्त्रहरूमाथि प्रतिबन्ध लगाउन सन् १९८७-मा अमेरिकाका पूर्व राष्ट्रपति रोनाल्ड रिएगन तथा सोभियत संघका तत्कालीन महासचिव मिखेल गोर्बाशेभले यो सन्धिमा हस्ताक्षर गर्नुभएको थियो। सन्धिअन्तर्गत…