उत्तराखण्डमा नयाँ मुख्यमन्त्रीको चुनाव गर्न भाजपा विधायक दलको बैठक बस्दै

उत्तराखण्डमा नयाँ मुख्यमन्त्री बारे फैसला गर्न भारतीय जनता पार्टी, भाजपा विधायक दलको आज बैठक बस्दैछ। हालैको विधानसभा चुनावमा भाजपाले विधानसभाका 70 सीटहरूमध्ये 57 मा जीत हासिल गरेको छ। मुख्यमन्त्री र मन्त्रिमण्डलका अन्य सदस्यहरूको शपथ ग्रहण समारोह 18 मार्चमा हुनेछ। भाजपाका 30 विधायकहरू पहिले नै देहरादून पुगिसकेका छन्। आज भाजपा-का केन्द्रीय पर्यवेक्षक र विधायकहरूको बैठक पछि नयाँ मुख्यमन्त्रीको नाम स्पष्ट हुनेछ। 18 तारीख हुने भएको शपथ ग्रहण समारोहमा प्रधान मन्त्री नरेन्द्र मोदी, भाजपा-का राष्ट्रिय अध्यक्ष अमित शाह सहित केन्द्रीय नेताहरू सामेल हुनुहुनेछ।