राष्ट्रिय स्वास्थ्य नीति स्वस्थ भारत निर्माणको प्रयासमा ऐतिहासिक क्षण होः प्रधान मन्त्री 

प्रधान मन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वास्थ्य नीतिलाई एक “भविष्योन्मुखी” दस्तावेज बताउनुभएको छ। यसमा नागरिकहरूको हित सर्वोपरि रहेको प्रधान मन्त्रीले भन्नुभएको छ। उहाँले ट्वीटमा भन्नुभयो, राष्ट्रिय स्वास्थ्य नीति एक यस्तो ऐतिहासिक क्षण हो जो स्वस्थ भारतको निर्माणको प्रयास हो जसअन्तर्गत प्रत्येक नागरिकलाई एक राम्रो स्वास्थ्य सुविधा प्रदान गर्नु हो। यस महत्वाकांक्षी नीतिलाई हिजो संसदमा स्वास्थ्य मन्त्री जे पी नड्डाले प्रस्तुत गर्नुभयो।