2005 बैंगलुरू आतङ्कको संदिग्ध त्रिपुरामा गिरफ्तार

2005-मा बैंगलुरू स्थित भारतीय विज्ञान संस्थान-मा भएको आतङ्की हमलाको सम्बन्धमा  कर्नाटक आतङ्क-रोधी टोली साथै त्रिपुरा प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गरेका छन्। अगरतलाका प्रहरी अधीक्षक अभिजित सप्तर्षीले भन्नुभयो कि धेरै कम्ती जानकारी उपलब्ध भएको बावजूद  कर्नाटक एटीएस तथा त्रिपुरा प्रहरीले  संयुक्त्त रूपमा कार्यवाही गरेर अगरतलाको जोगेन्दर नगर क्षेत्रबाट मिया हबिबलाई गिरफ्तार गरेका हुन्। उहाँले भन्नुभयो कि हबिब मियालाई कर्नाटक लैजाने अनुमति प्राप्त गर्नको लागि आज एक स्थानीय अदालतमा पेस गरिनेछ। 28 डिसेम्बर, 2005-मा यस संस्थानमाथि हमला गरिएको थियो। यस हमलामा एकजना अवकाशप्राप्त प्रोफेसरको मृत्यु भएको थियो भने चार अन्य घाइते भएका थिए।