किसानहरूको भविष्य उज्ज्वल छ, सन् 2022 सम्म आय दोब्बर हुनेछ: गृह मन्त्री

भारतका गृह मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, सन् 2022 सम्ममा किसानहरूको आय दोब्बर हुनेछ। कृषिका सम्भावनहरू निराशाजनक छ भन्ने आशङ्काहरूलाई दूर गर्दै गृह मन्त्रीले भन्नुभयो, किसानहरूको भविष्य उज्ज्वल छ।

हरियाणा सरकारद्वारा आयोजित कृषिमाथि शिखर बैठकलाई सम्बोधित गर्दै श्री सिंहले भन्नुभयो, प्रधान मन्त्री नरेन्द्र मोदीलले सन् 2022 सम्म किसानहरूको आय दोब्बर पार्ने परिकल्पनालाई प्रस्तुत गर्नुभएको छ र उहाँको यो परिकल्पनालाई वास्तविकतामा परिणत गरिनेछ।

कृषि क्षेत्रको कुनै सम्भावना छैन र भारतीय किसानहरूको कुनै भविष्य छैन भन्ने विचारको खण्डन गर्दै उहाँले भन्नुभयो, भारतमा न त विकासको औ न कृषि क्षेत्रको भविष्यनै निराशाजनक छ। विश्वमा के विश्वास बढिरहेको छ भने कृषि नै 21औँ शताब्दीमा उज्ज्वल क्षेत्र हो। यसको श्रेय कृषिको क्षेत्रमा विकसित नयाँ प्रविधिहरूलाई जान्छ।