भारतबाट युवा शिष्टमण्डलको नेपाल यात्रा

 भारत सरकारको युवा मामिला एवं खेल मन्त्रालय र नेपाल सरकारद्वारा आयोजित युवा आदान-प्रदान कार्यक्रम अन्तर्गत हालैमा भारतबाट 47 सदस्यीय एउटा युवा शिष्टमण्डल नेपाल यात्रामा गएको थियो। सो शिष्टमण्डलमा भारतका उत्तराखण्ड, हरियाणा, गुजरात आदिका आई.आई.टी., एन.आई.टी. र आई.आई.एम.हरूका लगायत प्रमुख शैक्षणिक संस्थानहरूका विद्यार्थीहरू सामेल थिए।

नेपालमा एकसाता लामो यात्रा कालमा शिष्टमण्डलले युवा एवम् खेल मन्त्रीलाई भेट्नुका साथै नेपाल युवा परिषद, वाणिज्य परिसंघ (युवा शाखा)लाई भेटर अन्तरक्रिया गरे। उनीहरूले पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुका साथै भक्तपुर दरबार चोक गए अनि लुम्बिनी, चितवन र पोखराको यात्रा गरे। पोखरामा उनीहरूले वाणिज्य परिसंघ, पोखराद्वारा आयोजित एउटा कार्यक्रममा युवा उद्यमीहरूसित अन्तर्क्रिया गरे।

स्मरणीय  छ, भारत र नेपालले नोभम्बर 2014-मा युवा आदान-प्रदानमाथि एउटा सम्झौतामाथि हस्ताक्षर गरेका थिए। यो सम्झौता अन्तर्गत नेपालको पहिलो युवा शिष्टमण्डलले एप्रिल 2015-मा भारतको यात्रा गरेका थिए। नेपालका तत्कालीन युवा एवम् खेल मन्त्री पुरुषोत्तम पौडेलको नेतृत्वमा त्यतिबेला 50 नेपाली विद्यार्थीहरूको एउटा शिष्टमण्डल भारत आएको थियो।

एप्रिल 2017-मा नेपालबाट दोस्रो युवा शिष्टमण्डल भारत आउने अपेक्षा छ।