जाट आन्दोलन: हरियाणामा धारा 144 लागू, इन्टरनेट सेवा स्थगित  

जाट आन्दोलनकारीहरूद्वारा भोली संसद घेराव योजनालाई मध्येनजर राख्दै हरियाणाका कैयौँ सम्बेदनशील जिल्लाहरूमा धारा 144 अन्तर्गत निषेधाज्ञा लागू गरिएको छ र इन्टरनेट सेवा स्थगित गरिएको छ। यी जिल्लाहरूमा अम्बाला, रोहतक, झज्जर, भिवानी, चर्खी दादरी र हिसार सामेल छन्। दिल्ली पुलिसले पनि प्रस्तावित मार्च पहिले राष्ट्रिय राजधानीमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। नयाँ दिल्लीमा मानिसहरूको प्रवेशमाथि आज राति 11 बजेदेखिनै रोक लगाइने छ। मेट्रो रेल सेवाहरू आज राति 11:30 देखि दिल्ली-एनसीआर बाहिरका स्टेशनहरूमा उपलब्ध हुने छैनन्।

जाटहरू 29 जनवरीदेखि नै हरियाणाका विभिन्न भागहरूमा धरनमा बस्दै आइरहेका छन्।