पञ्जाबले सरकारी जागीरमा महिलाहरूलाई 33 प्रतिशत आरक्षण दिने

 पञ्जाब मन्त्रीमण्डलले सबै सरकारी जागीरमा महिलाहरूलाई 33 प्रतिशत आरक्षण दिन निर्णय गरेको छ। हिजो चण्डीगढमा पञ्जाबका मुख्य मन्त्रीको अध्यक्षतामा मन्त्रीमण्डलको पहिलो बैठकमा यो निर्णय गरिएको हो।

मन्त्रीमण्डलले पञ्चायती राज संस्थानहरू र शहरी स्थानीय निकायहरूमा महिलाहरूको प्रतिनिधित्वलाई वर्तमान 33 प्रतिशतबाट बढाएर 50 प्रतिशत बनाउने निर्णय पनि गरेको छ। स्तन्त्रता सङ्ग्रामीहरूलाई लाभ पुऱ्याउने अन्य कैयौँ निर्णयहरू पनि गरिएका छन्।

प्रवक्ता अनुसार हरेक स्वतन्त्रता सङ्ग्रामीलाई घर मुहैया गराउने र हरेक महिना 300 युनिट बिजुली निःशुल्क प्रदान गर्ने निर्णय पनि गरिएको छ। के पनि निर्णय गरिएको छ भने स्वतन्त्रता सङ्ग्रामीहरूलाई पालो पूर्वनै एउटा ट्युब वेल कनेक्शन प्रदान गरिने छ र उनीहरूलाई राज्य राजमार्गहरूमा पथ कर तिर्नुबाट पनि छूट दिइनेछ।