भारत-अस्ट्रेलिया तेस्रो क्रिकेट टेस्ट म्याचको आज अन्तिम दिन

राँचीमा भारत-अस्ट्रेलिया तेस्रो क्रिकेट टेस्ट म्याचको अन्तिम दिन आज अस्ट्रेलियाले आफ्नो दोस्रो पारी दुइ विकेटमा 23 रनबाट सुरु गऱ्यो। भारतले हिजो आफ्नो पहिलो पारी 9 विकेटमा 603 रन बनाएर घोषित गरेको थियो।

चेतेश्वर पुजाराको 202 रनको पारी र रिद्धिमान साहको केरियरमा सर्वोत्तम 117 रनको पारीले भारतलाई अस्ट्रेलिया विरुद्ध राम्रो स्थितिमा पुऱ्याएको थियो।

आज पाँचौँ र अन्तिम दिनको खेलमा भोजनावकाशसम्म अस्ट्रेलियाले 4 विकेट गुमाएर 83 रन बनाइसकेको छ।