डिजिधन प्रणालीले अर्थव्यवस्थामा सुधार भइरहेको छ र थप मजबूती प्रदान गरिरहेको छः जे पी नड्डा

 हिमाचल प्रदेशको शिमलामा आइतबार डिजिधन मेलाको आयोजना गरियो। समारोहको अध्यक्षता गर्दै केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभयो, डिजिधन प्रणालीले अर्थव्यवस्थामा सुधार भइरहेको छ र यो धेरै मजबूत भइरहेको छ। यस मेलामा 19 भन्दा धेरै सरकारी र निजी बैंकहरूले भाग लिएका थिए।

‘नगदी बिर्सौं डिजिटल बनौ’ शिमलामा आयोजित यस पहिलो डिजिधन मेलाको उद्देश्य थियो। हजारौं मानिसहरू र व्यापारीहरूले यस एकदिवसीय मेलामा नगदी रहित विभिन्न प्रणालीहरू सम्बन्धी जानकारी लिए। 19 राष्ट्रियकृत र निजी बैंकका अधिकारीहरूले नगदी रहित प्रणाली र भुक्तानका लागि विभिन्न इलेक्ट्रोनिक उपकरणहरूबारे मानिसहरूलाई मार्गदर्शन गरे।