विद्रोहीहरूद्वारा अचानक हमलापछि सिरियाको राजधानीमा भिडन्तहरू

सिरियाली राजधानीका पूर्वी जिल्लाहरूमा विद्रोहीहरू र जिहादीहरूद्वारा सरकारी फौजमाथि अचानक हमला गर्दै नगर केन्द्रमा पस्ने प्रयास गरिएपछि भिडन्तहरू भएका छन्।

सिरियामा छः वर्ष पुरानो युद्ध समाप्त गर्नका लागि जेनेभामा राष्ट्रसंघको मध्यस्ततामा शान्ति वार्ताको ताजा चरणको मात्र केही दिन अघि यो हमाल भएको छ।

विद्रोहीहरू र सरकारी फौज डिसेम्बरमा वैमनस्यतालाई राष्ट्रव्यापि रूपमा बन्द गर्न सहमत भएका थिओ, तर राजधानी लगायत मुलुकका अधिकांश भागमा लडाईँ जारी नै छ।