पाकिस्तान: राष्ट्रपतिद्वारा हिन्दू विवाह विधेयकलाई कानून घोषित

 पाकिस्तानमा राष्ट्रपति ममून हुसैनले हिन्दू विवाह विधेयकलाई आइतबार कानून घोषित गर्नुभएको छ। यो कानूनले हिन्दू विवाहहरू र पारिवारिक अधिकारहरूको सुरक्षा गर्नेछ।

राष्ट्रपतिले प्रधान मन्त्रीको सल्लाहमा यो विधेयकमाथि हस्ताक्षर गर्नुभयो। रेडियो पाकिस्तानले रिपोर्ट दिएअनुसार यो कानूनले नाबालकहरूको विवाहमाथि प्रतिबन्ध लगाउँछ र विवाहका लागि न्यूनतम आयू 18 वर्ष राखेको छ। यसका साथै हिन्दू समुदायका रितिथिति र पारम्परिक संस्कारआदिको सुरक्षा गर्दछ।

यो महिनाको प्रारम्भमा पाकिस्तानको नेशनल एसेम्बलीले हिन्दू विवाह विधेयक 2016 पारित   गरेको थियो।