मणिपुरमा एन बिरेन सिंह सरकारको आज विधानसभामा शक्ति परीक्षण हुने

मणिपुरमा भारतीय जनता पार्टीको नेतृत्वमा एन बिरेन सिंह सरकारको आज इम्फाल विधानसभामा शक्ति परीक्षण हुनेछ। भारतीय जनता पार्टीले राज्यमा पहिलोपटक आफ्ना 21 विधायकहरू तथा नेशनल पीपल्स पार्टी र नगा पीपल्स फ्रन्टका चार-चार, लोक जनशक्ति पार्टी, तृणमूल कंग्रेस र कंग्रेसका एक-एक विधायकको समर्थनमा सरकार बनाएको छ। सूत्रहरू अनुसार एकजना निर्दलीय विधायकले पनि सत्तारूढलाई समर्थन दिइरहेका छन्। 60 सदस्यीय मणिपुर विधानसभामा कंग्रेसका 28 विधायक छन्।