दिल्लीमा जाट आरक्षण सम्बन्धी प्रस्तावित आन्दोलन हरियाणा सरकार र जाट नेताहरूबीचको वार्ता पछि फिर्ता

हरियाणाका मुख्य मन्त्री मनोहर लाल र जाट नेताहरूबीचको बैठक पछि दिल्लीमा प्रस्तावित जाट आन्दोलन फिर्ता लिइएको छ। हरियाणा भवनमा पत्रकारहरूसित कुराकानी गर्दै मुख्य मन्त्रीले भन्नुभयो, मागहरूमाथि दबाव दिन अन्य संवैधानिक मार्गहरू रहेको बताउनुभयो।

जाट नेता यशपाल मलिकले भन्नुभयो, मुख्यमन्त्रीद्वारा पाँच बूँदे माग पूरा गरिने आश्वासन पाएपछि आन्दोलन फिर्ता लिइएको हो।

अखिल भारत जाट आरक्षण संघर्ष समितिले शिक्षा र सरकारी रोजगारमा आरक्षणको माग गरिरहेको छ। उनीहरूले आज संसद घेराउ र धरना कार्यक्रमहरू गर्ने आह्वान गरेका थिए।