जैव-प्रौद्योगिकी उद्योग अनुसन्धान सहायता परिषदको 5औँ स्थापना दिवसको उद्घाटन आज नयाँ दिल्लीमा

केन्द्रीय विज्ञान एवं प्रौद्योगिकी मन्त्री हर्ष वर्धनले आज नयाँ दिल्लीमा जैव-प्रौद्योगिकी उद्योग अनुसन्धान सहायता परिषदको पाँचौँ स्थापना दिवसको उद्घाटन गर्नुहुनेछ।

तीनसय भन्दा धेरै वैज्ञानिकहरू, उद्यमीहरू, उद्योग विशेषज्ञहरू, र नीति निर्माताहरू लगायत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दुवै सरोकारवालाहरूले ठूलो संख्यामा भाग लिइरहेका छन्। विचार-विमर्शमा भारतीय अर्थव्यवस्थामाथि जैव-प्रौद्योगिकी पारिस्थिकीय प्रणालीका प्रभाव र एक वैश्विक भूमिकामा भारतीय जैव-प्रौद्योगिकी क्षेत्रका लागि विद्यमान अवसरहरू बारे ध्यान केन्द्रित गरिनेछ।