भारत र ओमानका सेनाहरूद्वारा हिमाचल प्रदेशमा अल-नगाह-II 2017 अभ्यास सम्पन्न

भारत र ओमान सेनाका सैनिकहरूले हिमाचल प्रदेशको बकलोह क्षेत्रमा ‘अल-नगाह-II 2017’ अभ्यास हिजो सम्पन्न गरे। यो अभ्यासको उद्देश्य दुइ मुलुकबीच सैन्य सम्बन्ध मजबूत पार्नु थियो।

14 दिनको संयुक्त अभ्यासको दौरान दुइ सेनाका सैनिकहरूले विद्रोह-विरोधी र हिमाच्छादित इलाकाहरू र बाक्लो जङ्गल जस्ता विविध इलाकामा अन्य अनेक कार्रवाईहरूमाथि विशेषज्ञहरूको आदान-प्रदान गरे।

भारतीय सेना र ओमान शाही सेना बीचको यो संयुक्त अभ्यासको समापनको घोषणा भारतीय सेनाका मेजर जनरल नवीन कुमार एर-ले गर्नुभयो।

भारत र ओमान बीच पहिलो संयुक्त अभ्यास सन् 2015-मा ओमानमा भएको थियो। यसको उद्देश्य विद्रोह विरोधी कार्रवाईहरूमा विशेषज्ञता साझा गर्नु हो जसले दुइ मुलुकहरूबीच बढ्दो सम्बन्धलाई दर्शाउँछ।