अरुणाचल प्रदेशमा हिउँ-तूफानमा बुल्गारियाकी एक महिलाको मृत्यु, अन्य 127 पर्यटकहरूलाई बचाइएको छ

अरुणाचल प्रदेशमा आएको भयङ्कर हिउँ-तूफानमा परेर बुल्गारियाकी एक महिलाको ज्यान गएको छ भने अन्य 127 जना पर्यटकहरूलाई तवाङ नजिकको ऐतिहासिक सेला घाटीबाट सेनाद्वारा बचाइएको छ जसमध्ये पाँचजना विदेशीहरू छन्।

यो हिउँ-तूफान विगत शनिबार अपराह्न आएको थियो र एकघण्टा भित्रैमा सेनाको स्थानीय एकांशले तुरुन्तै त्यहाँ पुगेर पर्यटकहरूलाई बचाउने काम गऱ्यो जसमा जापान, न्यूजिल्यान्ड र बुल्गारियाका पर्यटकहरू सामेल थिए।

सेनाका वरिष्ठ अधिकृतअनुसार बुल्गारियाकी नागरिक आफै त्यहाँबाट निस्कने प्रयास गरिरहेको बेलामा चिप्लिएर गहिरो खाडलमा लडिन्। पछि उनको शवलाई निकालियो।