भारत र पाकिस्तानबीच इस्लामाबादमा स्थायी सिन्धु आयोगको बैठक

भारत र पाकिस्तानलबीच आज इस्लामाबादमा स्थायी सिन्धु आयोगको बैठक बसिरहेको छ। दस सदस्यीय भारतीय शिष्टमण्डल यो दुइदिने बैठकमा भाग लिनका लागि त्यहाँ पुगेको छ।

भारतीय शिष्टमण्डलको नेतृत्व भारतको सिन्धु जल आयुक्त पी.के. सक्सेनाले गर्दै हुनुहुन्छ, र परराष्ट्र मामिला मन्त्रालयका अधिकृतहरू तथा प्राविधिक विशेषज्ञहरू यसमा सामेल छन्।

पाकिस्तानमा अड्डा भएका आतङ्की गुटहरूद्वारा ऊरीमा आतङ्की हमलापछि भारतले वार्तालाई स्थगित गर्ने निर्णय गरेको झण्डै छः महिनापछि यो बैठक भइरहेको छ।

यात्रामा रवाना हुनुभन्दा पहिलो एकजना सरकारी अधिकृतले भनेअनुसार भारत सिन्धु जल सन्धि अन्तर्गतका आफ्ना परियोजनाहरूबारे पाकिस्तानका चिन्ताहरूबारे द्विपक्षीय रूपमा चर्चा गर्न र समाधान गर्न सदैव खुल्ला छ। तर यो 57 वर्ष पुरानो सन्धि अन्तर्गत आफ्ना अधिकारहरूको भारतद्वारा उपयोग गरिने कुरामा कुनै सम्झौता गरिने छैन।