सरकारले भारतलाई एक अन्तर्राष्ट्रिय रत्न आभूषण कारोबार केन्द्र बनाउन ध्यानकेन्द्रित गरिरहेको छः प्रधान मन्त्री

 

प्रधान मन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, उहाँको सरकारले मुलुकलाई अन्तर्राष्ट्रिय रत्न आभूषण कारोबार केन्द्र बनाउनमा विशेष ध्यान दिइरहेको छ। हिजो मुम्बईमा आयोजित अन्तर्राष्ट्रिय रत्न आभूषण सम्मेलनलाई भीडियो कन्फ्रेन्सिङ्ग मार्फत सम्बोधित गर्दै प्रधानमन्त्रीले भन्नुभयो, मेक इन इण्डिया र स्किल इण्डिया जस्ता कार्यक्रम अन्तर्गत रत्न र आभूषण क्षेत्रको कारोबारमा विकासका अपार सम्भावनाहरू छन्। प्रधान मन्त्रीले भन्नुभयो, यी कार्यक्रमहरूको उद्देश्य कारोबारसित सम्बद्ध नयाँ मानिसहरूमा आवश्यक कौशल विकसित गर्नु हो जसले 21औं शताब्दीको अर्थव्यवस्थामा योगदान दिन सकोस्।

यसैबीच, रत्न एवम् आभूषण निर्यात् सम्बर्धन परिषदले स्वच्छ गंगा कोषका लागि 21 करोड रुपियाँ प्रदान गरेको छ।