नेपाल स्थित भारतीय दूतावासले बैशाखी र नयाँ वर्ष मनायो

काठमाडौं स्थित भारतीय दूतावासको भारतीय संस्कृति केन्द्रले बैशाखी र विक्रम सम्बत नयाँ वर्ष 2074 मनाएको छ। यस अवसरमा भारतका बाह्र सदस्यीय सांस्कृतिक समुहले ‘भारतका उत्तरी र दक्षिणी राज्यका सांस्कृतिक विविधताहरू’ थीमका साथ सांस्कृतिक कार्यक्रम प्रस्तुत गऱ्यो। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमको शुभारम्भ नेपालमा भारतीय राजदूत श्री मनजीव सिंह पुरीले गर्नुभयो। कानून निर्माता, शिक्षाविद्, संगीतकार, स्थानीय व्यक्तिहरू सहित नेपाली समाजका विभिन्न वर्गले यस कार्यक्रममा भाग लिए।

एक निकट छिमेकी मुलुकहरूको रूपमा भारत र नेपालले मित्रता र सहयोगको एक विशेष सम्बन्ध साझा गर्दै आएक छन्।