केन्द्र सरकारले टेलिभिजन र डिजिटल मिडियालाई श्रमजीवी पत्रकार अधिनियम अन्तर्गत ल्याउन पाइला सारेको छ

केन्द्रीय श्रम एवम् रोजगार मन्त्री बन्डारु दत्तात्रेयले भन्नुभएको छ, केन्द्र सरकारले इलेक्ट्रोनिक र डिजिटल मिडियाका पत्रकारहरूलाई पनि श्रमजीवी पत्रकार अधिनियम अन्तर्गत ल्याउनका लागि पाइलाहरू सारेको छ।

हिजो कोचीमा एउटा सम्बाददाता सम्मेलनमा रिपोर्टहरूका प्रश्नको जबाफ दिँदै श्री दत्तात्रेयले भन्नुभयो, इलेक्ट्रोनिक मिडियाका पत्रकारहरूलाई पनि यो अधिनियम अन्तर्गत ल्याउनका लागि नरेन्द्र मोदी सरकारले पाइलाहरू सारेको छ।

उहाँले भन्नुभयो, आवश्यक परेको खण्डमा भाजपा-को नेतृत्ववादी एन.डी.ए. सरकारले श्रमजीवी पत्रकार अधिनियममा संशोधन गर्नेछ।