मौसम विभागले 2017-को दक्षिण-पश्चिम मनसूनको पहिलो पूर्वानुमान आज जारी गर्दैछ

भारतीय मौसम विभागले आज नयाँ दिल्लीमा 2017-को दक्षिण-पश्चिम मनसूनको पहिलो पूर्वानुमान जारी गर्दैछ। यसले मुलुकको लगभग 70 प्रतिशत वर्षालाई ओगट्दछ।

यो एक वार्षिक घटना हुने गर्दछ जसले कृषिगत उत्पादनको लागि दिशा निर्धारित त गर्छ नै साथै अर्थव्यवस्था, स्टक बजार, मुद्रास्फिति र ब्याज दर वर्षमा कुन प्रकारले अगाडि बढ्छ भन्ने विषयको पनि निर्धारण गर्दछ। भारतको कृषि आधारित दुइ हजार अरब डलरको अर्थव्यवस्थाका लागि मनसून वर्षा जीवन-रेखा नै हो। जून महिनादेखि सेप्टेम्बर महिनासम्मको वर्षा कृषिका लागि जरूरी हुन्छ।

निजी मौसम अनुमानकर्ताहरू अनुसार अल निनो-ले एकपल्ट फेरि भूमिका खेल्ने सम्भावना छ जसको परिणामस्वरूप यो वर्ष वर्षा औसतभन्दा केही कम्तिनै हुनेछ।