तमिलनाडू: एआईएडीएमके अम्मा पार्टी मन्त्रीहरूले पन्नीरसेलवम गुटसित गाभिनेबारे चर्चा गरे

चेन्नईमा एआईएडीएमके अम्मा पार्टीका मन्त्रीहरूले बैठक गरेर मूल पार्टी एआईएडीएमके-का दुइ गुटहरूको एकीकरणमाथि चर्चा गरेका छन्।

यो अनायास बैठक हिजो राति राज्य बिजुली मन्त्री पी. थङ्गमनीको निवासमा भएको थियो। उनीहरूले पछि मिडियालाई बताएअनुसार उनीहरूले ओ. पन्नीरसेलवम गुटसित एकजूट भएर काम गर्नेबारे चर्चा गरे।

उनीहरूले के पनि भनेका छन् भने मूल पार्टीका जिल्ला सचिवहरूद्वारा एआईएडीएमके पार्टीको जफत गरिएको ‘दुइ पात’-को चिह्न पुनर्प्राप्त गर्नका लागि चुनाव आयोगमा निवेदनलाई स्वीकार गरिएको बारेमा पनि चर्चा गरियो।